लहानका नगरप्रमुख-उपप्रमुखको टकराव, उपप्रमुख भन्छन्- अधिकार खोसियो

  • जेठ ५, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरउपप्रमुख राम चलितर महतोले नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्धमा आफू जनतासंगै उभिएको बताएको छ । लहान नगरपालिकामा विकास निमाणर्को काममा भैरहेको व्यापक भ्रष्टाचारको विरोध गर्दै उपप्रमुख महतोले प्रेस-विज्ञप्ती मार्फत जनाएको हो ।

लहान नगर प्रमुख महेश प्रसाद चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न आफ्नो आसेपासे र पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेका छन् ।

अहिले देशैभरी भ्रष्टाचार र वेथिति विरुद्ध जनता जागरुक भैरहेको बेला लहान नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्ध आफू जनतासँगै उभिएको उपप्रमुख महतोले बताउनु भएको छ ।

उहाँले भ्रष्टाचारी कमिसनखोर र कामचोर अयोग्य तथा कानून विपरित नियुक्त कर्मचारी तथा पदाधिकारीहरुको विरुद्धमा हदैसम्मको कारवाही गर्न प्रयत्न गर्ने बताउनु भयो ।

योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्ने कानुनी अधिकार उपप्रमुखको भएपनि उक्त अधिकारमा हस्तक्षेपगरी कानूनी व्यवस्थाको विपरित नगर प्रमुख चौधरीको उस्काहटमा कर्मचारीहरुलाई ज्ञापन-पत्र दिन लगाएको आरोप लगाउनु भयो ।

प्रचलित कानून विपरित नगरपालिकामा कर्मचारीहरु नियुक्त गरेको विज्ञप्तीमा उल्लेख छ । आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार, पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् ।

प्रेस-विज्ञप्तीमा मनोमानी ढंगमा राहत रकम वितरण गर्ने गरेको, पदिय हैसियत नभएका व्यक्तिहरुलाई ईन्धन वितरण गरी नगरपालिकालाई आर्थिक संकट पार्न खोजेको, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले पाउँदै नपाएको अधिकार प्रयोग गरी गैरकानूनी निणर्यहरु गर्दै आएको, नगर कार्यपालिका र नगरसभाको बैठकमा हुने निणर्यहरु आफूलाई थाहै नदिई निणर्य प्रमाणित गर्ने गरेको उल्लेख छ ।

नगरपालिकामा कानून विपरित आफू अनुकूल कानूनहरु निर्माण गर्ने गरेको, सार्वजनिक पोखरीहरु गैरकानूनी तरिकाले नगर प्रमुखले आफ्ना नजिकका मानिस तथा रकम दिने व्यक्तिहरुलाई ठेक्का दिएको, कवाडी समानहरु नियम विपरित कौडीको भाउँमा विक्री गरेकोमा विरोध जनाएका छन् ।

त्यस्तै नगरप्रमुख चौधरीले आफ्नो पत्नीको संगीता कर्माचार्य फाउन्डेसनमा रकम विनियोजन गरी गैरकानूनी रुपमा खर्च गर्ने गरेको र गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी र शिक्षकहरूलाई आफूविरूद्व परिचालन गरेको पनि उहाँको आरोप छ ।

लहानका प्रमुख प्रशासकिय अधिकृत लगायत विभिन्न कर्मचारीहरुले निकालिएको ज्ञापन-पत्रमा लेखिए जस्तो आफ्नो पदिय मार्याद विपरित हुने कुनैकाम नगरेको प्रष्ट पार्नु भयो ।

नगरप्रमुख चौधरी र उपप्रमुख महतोबीच नगरपालिकाको कामकाजका विषयलाई लिएर विवाद हुँदै आएको छ । नगरप्रमुखले एकलौटी गर्न खोज्ने र उपप्रमुखले त्यसको विरोध गर्दै आएपछि विवाद बढ्दै गएको छ ।

press upmeyar

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A