सत्र खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

  • जेठ १५, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८००८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत  बजेट प्रस्तुत गर्नुभएको हो । 

बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ । 

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने  बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने लागिएको उहाँले बताउनुभयो । 

सार्वजनिक बजेटमा राजश्वबाट ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने छ । अपुग रकम  वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब  रुपैयाँ व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी गराउनुभएको छ । 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A