पूर्व प्रदेशसाभा सदस्य अशोक यादव एमालेमा प्रवेश, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईशर पोखरेलले गरे स्वागत

  • जेठ १७, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३, परियारपुरमा नेकपा एमाले सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बुधबार भव्यताका साथ सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका नेता पूर्व प्रदेशसाभा सदस्य अशोक यादव एमालेमा प्रवेश गरेका छन् । नेता यादवलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईशर पोखरेलले गरे स्वागत गरेका हुन् ।

नेकपा (एकिकृत समाजवादी) र नेपाली कांग्रेसका पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको हो ।

नेकपा (एकिकृत समाजवादी) केन्द्रिय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव, एकिकृत समाजवादी सदस्य रामनारायण यादव, अमिरी यादवलगात जिल्ला स्तरका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा (एकिकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नव प्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री ईश्वर पोखरेल र सिरहा क्षेत्र नम्बर ३ का संघिय सासंद लिलानाथ श्रेष्ठले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले पार्टीका होनहार नेता कार्यकर्ताले केही समयको लागि बाटो विराएपनि अहिले सहि ठाउँमा आएको बताउनु भयो । उहाँले सवैको भविष्य नेकपा एमाले पार्टीमा भएकाले बाटो विराएकाहरुलाई मूलघरमै पुनः स्वागत रहेको बताउनु भयो ।

नेता पोखरेलले तराई मधेशको समृद्धि र विकासका लागि नेकपा एमाले मात्र रहेको बताउँदै हाम्रो सरकारको पालामा हुलाकी राजमार्गको काम अगाडी बढेको बताउनु भयो ।

photo_2023-05-31_22-08-10

कार्यक्रममा सिरहा क्षेत्र १ का सांसद रामशंकर यादवले नेकपा एमालेमा प्रवेश हुनेको लहर देशभरीनै चलेको छ । आगामी २०८४ को निर्वाचनमा नेकपा एमालेको वहुमतको सरकार बन्नेमा ठोकुवा गर्नु भयो । उहाँले गठबन्धन सरकारको वर्तमान अवस्था नाजुक रहेको बताउनु भयो ।

photo_2023-05-31_22-08-11

त्यस्तै कार्यक्रममा नव प्रवेशी पूर्व प्रदेश सभा सदस्य अशोक यादवले एकिकृत समाजवादी कम्यूनिष्ट पार्टी नभएर दलाल, पूजीपति, विदेशीहरुको पार्टी भैसकेको र नेपाली कांग्रेसको पिछलगु बनिरहेको अवस्थामा एकिकृत समाजवादी परित्याग गर्नु परेको बताउनु भयो । यस देशमा सच्चा कम्यूनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमाले मात्र रहेको उहाँको कथन थियो ।नेकपा एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण नेकपा एमालेका सचिव तथा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले गर्नु भएको थियो ।

आजै गोलबजार नगरपालिकामा पनि वृहत पार्टी प्रवेशको कार्यक्रम सम्पन्न भएको छ । जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका थिए ।

photo_2023-05-31_22-08-11 (5) photo_2023-05-31_22-08-11 (6) photo_2023-05-31_22-08-11 (4) photo_2023-05-31_22-08-12 (3) photo_2023-05-31_22-12-10

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A