‘अखण्ड भारत’को नक्सामा नेपाली भूभाग समेटिएको प्रति एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको आपत्ति

  • जेठ १७, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको नवनिर्मित संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश गरिएको प्रति आपत्ति जनाएको छ । सिरहाको सखुवानन्कारकट्टी-३ मा नेकपा एमाले जिल्ला कमिटि सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो बताउनु भएको हो ।

भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुलाई पनि समावेश गरिएको सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको बताउनु भयो ।

उहाँले यस विषयमा आजै भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गम्भिरतापूर्वक कुरा उठाउनु पर्ने धारणा राख्दै यसबारे सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग समेत गर्नु भयो ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भू-भागको सम्वन्धमा पनि प्रधानमन्त्री प्रचण्डले भारतसंग कुरा गर्नु पर्ने बताउनु भयो ।

भारतले नेपालको भू-भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रहरुप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति आपत्ति जनाउदै यसबाट दुई देशबीच थप समस्या सिर्जना हुने बताउनु भयो ।

भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

photo_2023-05-31_22-12-10 photo_2023-05-31_22-08-12 (2)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A