अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि लहानका सबै विद्यालय बन्द

  • जेठ १८, २०८०
  • समृद्धिपथ
alt

लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द उल्लेख गरेको छ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A