बर्दिवास मेडिकल कलेजको पक्षमा सर्वोच्चको फैसला, अब कलेज निर्माणको काम सुरु हुने

  • असार ३१, २०८०
  • समृद्धिपथ
alt

सिरहा । सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि बर्दिवास मेडिकल कलेज निर्माणको काम सुरु हुने भएको छ । बर्दिवासमा आयोजित सञ्चार समनवय तथा प्रेस भेटघाट कार्यक्रममा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले २०८० जेठ २९ गते सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि निर्माणको काम सुरु हुने जनाएको हो ।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले कलेज निर्माण गर्न लागेको स्थानमा वन क्षेत्र पर्छ। उक्त वन विनाश गर्न नहुने भन्दै वन अभियान्ताहरूले २०७८ फागुनमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए। पटक-पटक फैसला मिति सर्दै जेठ २९ मा भने मेडिकल कलेजको पक्षमा फैसला आएको आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

photo_2023-07-16_19-45-49 (2)

सर्वोच्च अदालतको फैसलामा मडिकल कलेज निर्माण गर्दा काटिने रुखहरुको सट्टामा नयाँ विरुवाहरु लगाउनु पर्ने र पाँच वर्षसम्म हेर विचार गर्नु पर्ने, आयोजना स्थल वरपर ससाना पसल र रेष्टुरेन्टहरु सञ्चालनमा आउन सक्ने भएकोले ती पसलहरुले वन क्षेत्र अतिक्रमण गर्न नहुने गरी योजना बनाई लागु गर्नु पर्ने, मेडिकल कलेजबाट उत्पन्न हुने फोहोरजन्य पदार्थको व्यवस्थापन र विसर्जनका लागि उपयुक्त व्यवस्था मिलाउनु पर्ने, दुलर्भ वन्यजन्तु र वनसम्पदाको संरक्षणको लागि वातावरण व्यवास्थापन योजना बनाई लागु गर्नु पर्ने, वातावरण व्यवस्थापन इकाई स्थापना गरी वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभवहरुको व्यवस्थापनका लागि आवश्यक उपाय अवलम्बन गर्नु पर्नेलगायतका शर्तहरुको पालना गर्नु पर्ने फैसलामा उल्लेख गरिएको छ ।

मेडिकल कलेज निर्माणका लागि ५४ हेक्टर जग्गा आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनले देखाएको थियो। ५४ हेक्टर जमिनमा १ हजार ९ सय ८७ वटा रुख काट्नुपर्ने हुन्छ। त्यसमा पनि अधिकांश स-साना छन् भने ठूला भनिएका सालका रुख करिब डेढ सयवटा काट्नुपर्ने हुन्छ।

डिपिआरअनुसार बर्दिवास नगरपालिकाको भब्सी खोला र अटावे खोल्सीबीचको माइस्थान सामुदायिक वनको जग्गामा कलेजको पूर्वाधार निर्माण हुने कार्यक्रममा जानकारी दिनुभयो ।

photo_2023-07-16_19-45-50

सरकारले सातवटै प्रदेशमा एक-एक मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा मधेस प्रदेशमा बर्दिवास मेडिकल कलेज निर्माण गर्ने योजना अघि सारेको थियो। त्यसबेला पाँच वर्षमा पूर्वाधार निर्माण सकेर कलेज सञ्चालन गर्ने लक्ष्य राखिए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन।

मधेश प्रदेशकै गौरवको योजना भनिएको बर्दिबास मेडिकल कलेजको डिपिआरअनुसार एक हजार बेडको मेडिकल कलेज बनाउन २८ अर्ब ५४ करोड़ ६० लाख लाग्नेछ। यद्यपि, बजेट अभाव र अन्य कारणले ६ सय बेड क्षमताको मात्रै मेडिकल कलेज निर्माण गरेमा २० अर्ब ४२ करोड़ १६ लाख रुपैयाँ खर्च हुने आयोजना प्रमुख सुवेदीले बताउनु भयो ।

photo_2023-07-16_19-45-49 (3)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A