बालमैत्री वडा घोषणामा सुरुङ्गा नगरपालिका प्रथम

  • भदौ ३०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ ३० गते । 

बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी मूल नाराको साथ ५९ औ बालदिवसको अवसरमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर -३ बालमैत्री वडा घोषणा गरेर मधेश प्रदेशको पहिले नगरपालिका भएको छ । 

२०७५ सालमा वडा नम्बर -१ लाई बालमैत्री वडा घोषणा गरिएको यस नगरपालिकाले २०८१ मा बालमैत्री नगरपालिका घोषणाको लागि गृहकार्यमा जुटि सकेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले -३ नम्बर वडामा रहेको जनप्रभात माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जानकारी गराउनुभयो । 

बालविवाहमुक्त,पुर्ण साक्षर र पुर्ण खोप नारपालिका घोषणा भैसकेको सुरुङ्गा नगरपालिका बालमैत्री नगरपालिकाको तयारीमा जुटिसकेको उहाँले प्रष्टयाउनुभयो । 

मधेश प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले प्रमुख अतिथिको रुपमा बालमैत्री वडा घोषणा गर्दै बाल मैत्री वडा घोषणा गर्न ५३ वटा सुचकहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,' संविधानको धारा ३९ मा रहेको बाल अधिकार सम्बनधी धाराले बालबालिकाको विकासको लागि व्यवस्था भएअनुसार कार्य हुनु आवश्यक छ ।' पुस्तान्तरणको लागि बालबालिकाको सर्वाङगिन विकास नभए आजको बालबालिका भपलीको कर्णधार हुन नसक्ने भएकोले बालबालिकाको विकासको लागि मेरो गुह वडा सुरुङ्गाा नगरपालिका -३ बालमैत्री वडा घोषणा भएकोमा आफू गौरवान्वित भएको मन्त्री न्यौपानेले बताउनुभयो । 

IMG_20230915_154846

 

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको लागि प्रेरणाको स्रोत भएको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले भन्दै जिल्लाका १८ वटै पालिकाहरुलाई बालमैत्रीपालिका घोषणा गराउन सम्नवय गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । 

सवल नेपाल र सेभद चिल्ड्रेन स्वास्थ्य शाखा शिक्षा शाखा वडा कार्यालय महिला तथा बालवालिका शाखा र स्वयमसेविकाहरुले खेलेको भूमिकालाई कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

 सुरुङ्गा नगरपालिकाका कार्यवाहक नगरप्रमुख रुद्र बहादुर कार्की,वडा नम्बर -४ का वडाध्यक्ष देवेन्द्र चौधरी सवल नेपालका प्रमेश्वर झा र सेभ चिल्ड्रेनका दिपक बुढाथोकी,पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी र बाल सञ्जाल सप्तरीका अध्यक्ष सलमा खातुनले घोषणा गरेर मात्रै जिम्मेबारी पुरा पुरा नहुने भन्दै यसको ५३ वटै सुचकहरुलाई दीगो कार्यान्वयनको लागि सजग रहिरहनुपर्नेमा जोडदिनुभयो । 

IMG_20230915_152109

कार्यक्रममा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका विधार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत गीत नृत्य कला प्रस्तुत गरिएको थियो । कार्यक्रम वडा नम्बर -३ का वडाध्यक्ष किरण पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । वडा नम्बर -१ का वडाध्यक्ष राजकुमार राउतले बाँकी वडाहरुलाई बालमैत्री वडा घोषणा गराउन वडा नम्बर १र ३ ले सहयोग गरिने समृद्धिपथ अनलाइनलाई जानकारी गराउनुभयो । 

 

 

 

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A