शिक्षकहरुको माग पुराहोस् : माननीय राजेन्द्रप्रसाद चौधरी

  • आश्विन ४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान, असोज ४ गते । 

मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले शिक्षकहरुले उठाएका मागहरु सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ । 

दर्ता भएको शिक्षा विधेयकमा देशैभरीको शिक्षकहरुले असहमति जनाउँदै राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलन लम्बिरहयो भने यसले शिक्षा क्षेत्रमा राम्रो नहुने उहाँले बताउनु भएको छ । 

 शिक्षालाई स्थानीय तहमा राख्नु ठिक नभएको,शिक्षकहरुको सेवा सुबिधा कटौती गर्नु जायज नभएको, राहत शिक्षक,विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको स्थायी हुनुपर्ने मागहरुलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

वार्ता र सम्बादको माध्यमबाट शिक्षकहरुको माग पुरा गरेर विद्यालय सुचारु गराउन सरकारले चासो लिनुपर्ने उहाँले आग्रह गर्नुभयो । 

शिक्षक सरुवा वढुवा स्थानीय तहहरुले दलीय नजरले गरिरहेकोले ठूलो समस्याको रुपमा देखिएको भन्दै प्रदेशसभा सदस्य चौधरीले शिक्षक अभिभावक सबैको प्रतिनिधिहरु राखेर व्यापक छलफल गरेर विधेयक ल्याउनु पर्नेमा त्यसो नगर्नु कमजोरी भएको प्रष्टयाउनुभयो ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A