समाजवाद हामीबाट नै संभव छ : पूर्व प्रधानमन्त्री नेपाल

  • आश्विन १६, २०८०
  • समृद्धिपथ
alt

 


जीवछ उदासी
लहान,असोज १६ गते ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललले नेपालमा समाजवाद ल्याउने काम हाम्रै पार्टीबाट हुने बताउनु भएको छ ।

मेची–महकाली समाजवादी जागरण अभियान लिएर सिरहा आइपुग्नु भएको उहाँले जागरण अभियानमा सहभागी समर्थक नेता तथा कार्यकर्ताहरुलाई खुलला सभामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

बलानपश्चिम कल्याणपुरमा सिरहा –१ का एकिकृत समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष तथा सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले अभियानमा सहभागी नेताहरुलाई स्वागत गर्नु भएको थियो ।

स्वागत ग्रहण गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष नेपालले अरुपछि आएर बनावटी र देखावटी गरेर जनतालाई झुक्याउने काम मात्रै गरिरहेको बताउनुभयो । ‘२००६ सालदेखिको पुरानो कम्युनिष्ट पनि हामी नै हौ, समाजवादपनि हामीबाट नै संभव छ । नेकपा एमाले हामीले बनाई दिएको घरमा नाच्नेहरुले घर भत्केपछि यहि नेकपा एसमा आउने हो’उहाँले भन्नुभयो ।

मेची–महाकाली साजवादी जागरण अभियान भ्रम चिर्न नया पुरानो कार्यकर्ताहरुलाई मूल घारमा फर्काउन र समाजवादको पक्षमा जनलहर सृजना गर्न आएको अध्यक्ष नेपालले प्रष्टयाँउदै भन्नुभयो,‘एमाले पार्टीमा केपी ओलीको तानाशाही प्रवृतिले एमाले भित्र रहेका इमानदार नेता कार्यकर्ताहरु नेकपा एसमा समाहित हुन थालिसकेको छ ।’

madhab nepal  news.photo 2

पूर्व प्रधानमन्त्री तथा वरिष्ट नेता झलनाथ खनालले मधेशमा किसानको समस्या समाधान गरेर कृषिलाई रोजगारीसँग जोडी मधेशका युवाहरुलाई स्वदेशमै रोजगारी दिन नेकपा एसले कृषि मन्त्रालयबाट कार्यक्रम ल्याउन लागेको बताउनुभयो । उहाँले थप्नुभयो,‘नेकपा एसमा इमानदार इतिहास बोकाका कम्युनिष्ट आन्दोलनबाट खारिएर आएका नेताहरुको सामूहिक नेतृत्वबाट चल्ने समाजवादी विचारधारा बोकेको पार्टी भएकाले भूल र भ्रममा एमालेतर्फ लागेको कार्यकर्ताहरुलाई पार्टीमा फकाउने अभियान हो ।’

समाजवाद स्थापना गर्नु संविधानको प्रस्तावनामा नै उल्लेख रहेको प्रसङग वरिष्ट नेता खनालले कोट्याउँदै समाजवादी विचारधारा राख्ने दलहरुसँग भएको मोर्चालाई मजबूत बनाएर २०८४ को चुनावमा जाने प्रष्टयाउन्ुभयो ।

आफू पार्टी क्षेत्रीय अध्यक्षको जिम्मेबारीमा रहेपनि सिरहा जिल्लाका एस पार्टीका नेताहरुले हुँदै नभएको आ्रोपहरु लगाएर समस्या खडा गर्न खोजेको सखुवानन्कारकटी गापा अध्यक्ष केदारनाथ यादवले गुनासो पोख्नुभयो । ‘जतिवेला नेकपा एस गठनभयो सबैभन्दा अघि एमाले मैले नै छाडेर एसतर्फ लागे अहिले म कसरी एमालेको समर्थक हुन सक्छु’,उहाँले पीडा सुनाउनुभयो ।पार्टीमा इमानदारीपूर्वक काम गर्न निर्देशन अध्यक्ष नेपालले दिँदै केहि समस्याहरु भए त्यसलाई मिलाएर जाने विश्वास दिलाउनुभयो ।

madhab nepal  news.photo 3

कल्याणपुरपछि भगवानपुर चोकमा आयोजित विशाल असभालाई सम्बोधन गदै नेताहरुले पार्टी प्रवेश भएकाहरुलाई अबीरमाला लगाई प्रवेश गराउनु भएको थियो ।नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरेर एसमा एकसयभन्दा बढी प्रवेश गरेका थिए ।

नेकपा एसका महासचिव घनश्याम भुसाल, उप महासचिव जगरनाथ खतिवाडा संघीय सांसद राजेन्द्र पाण्डे,मधेश प्रदेशका इन्चार्ज धर्मनाथ प्रसाद साह, मधेश प्रदेश अध्यक्ष रामचनद्र यादव, जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिमा सम्पन्न कार्यक्रममा स्थानीयवासीहरुको विशाल उपस्थिति रहेको थियो ।

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A