लहान -५ माओवादी अभियानमा उत्साहजनक सहभागिता

  • आश्विन २४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज २४ 

'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-५ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ । 

अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो । 

नेता मण्डलले भन्नुभयो,'माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक छ । शोषित पीडित र उत्पीडित जनताको आवाज मात्रै होइन,युद्ध नै लडेको माओवादी कमजोर हुनुहुँदैन ।'

जिल्ला कमिटि पुर्व सदस्य विजय कुमार गुप्ताले संयोजन गर्नु भएको र नगर सचिव उमेश साहको पहलमा उत्साहजनक उपस्थितिको साराहना गर्दै नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले पार्टीभित्रको मतभेद यसवर्ष भदौमा आएको खुटीको बाढीमा बगाइ सकेको बताउनुभयो । उहाँले थप्नुभयो,'लहानको समृद्धि र विकासको लागि नेकपा माओवादी गाउँको किसान र शहरको मजदूर माओवादीको रीढ हो । माओवादीहरु जुर्मुराएर उठ्न जरुरी छ ।' 

कार्यक्रममा जिल्ला कमिटि सदस्य सुधा यादव,गणेश चौधरी ,प्रदेश कमिटि सदस्य सुरेन्द्र साह र स्थाFB_IMG_1697027185980 नीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A