एमाले प्रदेश अध्यक्षमा सिरहाका मण्डल सर्वसम्मत चयन

  • आश्विन २६, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, असोज २६ गते । धेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा असोज (२४-२५) गते सम्पन्न प्रदेश अधिवेशनबाट मण्डल चयन हुनु भएको हो । 

उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), उपसचिवमा आरती भण्डरी (रौटहट) र उपसचिवमा मो. कैस (धनुषा) सर्वसम्मतबाट चयन हुनु भएको हो । 

जनप्रतिनिधिको रुपमा मेयर, उपमेयर, प्रतिनिधिसभा सांसद, प्रदेशसभा सदस्यमा निर्वाचितहरुले प्रदेश अध्यक्ष नहुने विधानमा व्यवस्था भएपछि प्रदेश अध्यक्ष समेत रहनु भएको सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादव अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्नु परेको छ ।

सिरहा अर्नमा गाउँपालिका अध्यक्षमा पराजित मण्डल सिरहा जिल्ला कमिटि अध्यक्ष समेत रहनु भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य सिरहा-३ का सांसद लिलानाथ श्रेष्ठको अनुयायी मण्डलले प्रदेश अध्यक्षको बाजी मार्न सफल हुनुमा नेता श्रेष्ठकै श्रेय रहेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले बताउनुभयो । 

स्नातकसम्म अध्यनरत मण्डल गौरीपुर गाविस अध्यक्ष हुनु भएको थियो । शान्त स्वभावका मण्डल पार्टीले दिएको जिम्मेबारी कुसलतापूर्वक निर्वाह गर्ने नेताहरुको श्रेणीमा एमाले जनहरुले बताएका छन् । 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A