प्यालेस्टाइनीलाई भुमी छाडन दिएको इजरायली आदेश प्रति कुबेतको आपत्ति

  • आश्विन २७, २०८०
  • समृद्धिपथ
alt

कुबेत, २७ असोज । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । 

गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ ।

गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू-आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो ।

पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुपरेको छ किनभने तिनीहरू नाकाबन्दी गरिएको इलाकाको दक्षिणतिर गईरहेका छन् । इजरायलले प्यालेस्टाइनी भुमीमा हवाई आक्रमणहरू जारी राखेको छ। 

यसअघि अलजजिराले समाचार प्रसारण गरेको थियो कि इजरायली हवाई आक्रमणमा दक्षिणतर्फ जाँदै गरेको आफ्नो काफिलेमा परी धेरै सर्वसाधारण मारिएका छन् ।

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A