जीवछ उदासी
लहान कातिक ११ गते ।
नेकपा एमालेका केन्द्रिय सदस्य सिरहा इन्चार्ज तथा संघीय सांसद गङ्गा प्रसाद यादवले सङ्गठनलाई मजबूत बनाउन बैचारिक र सैद्यान्तिक पक्ष मजबूत हुनुपर्ने बताउनु भएको छ ।
नेकपा एमाले सखुवानन्कारकटी गाउँपालिकाले मौवाही -१ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
नेकपा एमालेको संगठनलाई कुनै हुरी बतासले कमजोर गर्न नसक्नुको कारण बैचारिक र सैद्यान्तिक पक्षलाई नेता कार्यकर्ताले बुझेर व्यवहारमा ढाल्नु रहेको बताउनुभयो । एमाले पार्टीबाट चोइटिएर गएकाहरु फेरि एमालेमा नै फर्किरहेको छ र यो अभियान जारी रहेको नेता यादवले प्रष्टयाउनुभयो ।
'मधेश प्रदेशमा एमाले बलियो भइरहेको छ नै त्यसमा सिरहा जिल्ला एमालेको लाल किल्ला बनाउन इमानदार नेता कार्यकर्ताहरुको मेहनेत नै रहेको छ',उहाँले भन्नुभयो ।
बिशिष्ट अतिथि सिरहा- १ का संङीय सांसद राम शङकर यादवले शुभकामना दिँदै सखुवानन्कारकटी गाँउपालिकामा एमाले फेरि पहिलो शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,' सर्वोच्च आदालतले संघीय सांसदको बजेटमा रोक लगाएपछि प्रतिपक्षका सांसदहरु केहि गर्न नसकेको अवस्था रहेपनि यस्तै अवस्था रहने छैन । दसैतिहारपछि यो सरकार रहने कि नरहने अवस्था छ ।' यस क्षेत्रको जनताको शिक्षा स्वास्थ्य कृषि र बलान नदी कटान नियणत्रणको लागि संसदमा आवाज उठाइरहेको छु र उठाइ रहने विश्वास दिलाउनुभयो ।
शुभकामना कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,प्रदेश कमिटि सदस्य अशोक कुमार यादव,सागर चौधरी सुमेश यादव आशा यादब र जिल्ला अध्यक्ष हुनु भएको डा नबिन यादवलाई स्वागत सम्मान गरेको थियो । कार्यक्रम सखुवानन्कारकटि गाउँकमिटि अध्यक्ष अमिरी यादवको अध्यक्षतामा सम्पन्न भएकोथियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A