फोहोरमा राजनीति नगरौ भन्दै थर्ड आइ युवा क्लवद्वारा वृहत्त सरसफाइ

  • कार्तिक २५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान कातिक २५ गते ।

लहान नगरपालिका वडा नम्बर–८ दुइ नम्बर जाने सेल्फी सडकमा ‘फोहोरमा राजनीति नगरौ, व्यवस्थापनमा ध्यान दिऔ’ नारा लगाउँदै सरसफाइ गरेको छ । लहान नगरपालिकाको फोहोर व्वयस्थापनमा विगत देखि भइरहेको राजनीतिकरणले ठूलो समस्या निम्ताएकोले आज थर्डआई युवा क्लवले यस्तो नारा लगाउँदै सरसफाइ अभियानमा जुटेको हो ।

विहान माइकमा नारा लगाउँदै इलाका प्रहरी कार्यालयका प्रहरीहरुको सहयोग साथ लिएर गरेको सरसफाइले कतिको प्रभाव पार्छ यसको पछि मूल्याङकन हुने नै छ तर लहानमा विभिन्न गैर सरकारी संङघ संस्थाहरुले लिइरहेको पहलले राम्रै आसर हुने पत्रकार एम महतोले बताउनुभयो ।

लहान नगरपालिकाको सरसफाई संयोजकको जिम्मेबारी लहान–८ का वडाध्यक्ष श्याम सोनी भोरेभारेले पाएपछि उहाँको सक्रियता बढ्नुको साथै सरसफाइको लागि स्थानीय संघ संस्थाहरुसँग हातोमालो गर्न लाग्नु भएको छ ।

पूर्व नगरप्रमुख मुनि साहको समयमा लहान–४ खुटीको मैदानमा डम्पिङगसाइट निर्माण कार्यमा अवरुद्ध भएको असर अहिलेसम्म परिरहेको छ । कुनैपनि वडामा डम्पिङगसाइट निर्माण कार्य हुन नदिनु विडम्बना भइरहेको चर्चा लहानभरी नै चलिरहेको छ । सरसफाइको लागि लहानका युवाहरु विभिन्न संघ संस्थाहरुले फेरि देखाएको जागरुक्तालाई साकारात्मक रुपमा लिएर फोहोर व्वयस्थापनमा कुनै राजनीति हुनु विडम्बना भएको लायन्स क्लव अफ फूलवारीका महासचिव मनिष शारडाले बताउनुभयो ।

लहान–४ खुटी खोलामा श्मसानघाट समेत निर्माण हुन नदिनु राजनीति पूर्वाग्रह हो । यस्तो पूवाग्रह राखेर लहानको विकास संभव नरहेको अधिकांशले गुनासो गरिरहेका छन् । विगतलाई कोटयाएर लहानको विकास संभव नभएकोले लहान नगरपालिकालाई फोहोर व्यवस्थापनमा सहजता ल्याउन सहयोग गर्नुपर्ने युवाहरुको माग रहेको छ । सुन्दर लहान, हरित लहान बनाउन सरसफाईलाई व्यवस्थित गर्न गर्न जरुरी छ । 

जनप्रतिनिधि नरहेको बेला लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर आउनु भएको महेन्द्र खेम्याङगको समयमा प्लाष्टिकमुक्त लहान घोषणा गरेर कार्यविधि समेत बनाएको थियो । शहरी क्षेत्रमा आधुनिक फोहेर सङकलन गर्ने तीन किसिमको फोहेर घरबाटै वर्गिकरण गर्नुपर्ने अभियान सफल हुन सकेन । लहानमा सरसइको लागि एक १५१ हप्ता अभियान चलिसकेको इतिहास छ । लहानमा सरसफाइ चुनौती बन्दै गइरहेकोले एकातिर्फ अभियान अर्कोतर्फ दण्ड जरिवाना समेत गर्न आवश्यक रहेको चर्चा भइरहेको छ ।

लहान नगरपालिकाले १४ वटा फोहोर सङकलन गर्ने गाडी ल्याएर शहरी र ग्माीण क्षेत्रको फोहोर सङकलन गरिरहेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो,‘लहानको विकास गर्न हामी अब खुट्टातान्ने प्रवृत्ति छाडेर सहयोग गर्ने संस्कृति निर्माण गरौ ।’

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A