शिक्षा ऐन चाँडै आउनेछ :शिक्षा मन्त्री यादव

  • पुष ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी
लहान,पुस ८ गते ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले मधेशका शिक्षा क्षेत्रको उन्नयनको लागि शिक्षा ऐन चाँडै आउने बताउनु भएको छ ।

लहान–८ स्थित स्कूल अफ स्कूलर्सको विधार्थीहरुले कराँटे प्रतियोगितामा दक्षिणी एशियाली राष्ट्रका खेलाडीहरुसँग प्रतियोगितामा प्रथम र द्वितीय स्थान ल्याएका विद्यार्थीहरुलाई सम्मानमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो ।

सामुदायिक र संस्थागत विद्यालयहरु एक अर्काको पुरक हुन नसकिरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न आवश्यक रहेको मन्त्री यादवले भन्दै मधेश प्रदेशको शिक्षा क्षेत्रका तमाम समस्याहरुलाई समाधान गर्न शिक्षा ऐ्न विनियम सहितको ड्राफ्ट एक महिनाभित्रै आउन लागेको विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो,‘पहिलो कार्यकालमा मधेश प्रदेशले शिक्षा ऐन ल्याउन नसक्दा सोचे अनुसारको काम हुन सकेन ।दोस्रो कार्यकालको सरकारको शिक्षा मन्त्रीको हैसियतले ए्ेन बनाउन आफू लागि परेका छौ ।’

संस्थागत विद्यालयहरु प्रत्येक वर्ष पाठयपुस्तक परिर्वतन गर्ने र मनपरी शुल्क लिन नहुने मन्त्री यादवले तर्क गर्दै भन्नुभयो,‘मधेशको शिक्षा पछि पर्नुमा सबैबाट चुक भएकोले आत्मसमीक्षा गरेर सहयोगीको भावनाल अघि बढे मात्रैे शिक्षा क्षेत्र सहि लीकमा आउने छ । संविधानमा नै शिक्षालाई मौलिक हकको रुपमा राखिएकोले आम नागरीकलाई गुणस्तरीय शिक्षा दिलाउन माटोले मागेको आम जनताको भावनालाई समेटेर शिक्षा ए्न ल्याइने छ ।’

जनताको बलिदानी र कडा संघर्षबाट आएको संघीयतालाई जनपक्षीय बनाउन शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा जनपक्षीय काम गर्न मधेश सरकारले गम्भीर रहेको उहाँले भन्दै मधेशको शिक्षासँगै खेलकुद समेत जोडिएकोले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न सामुदायिक र संस्थागत क्षेत्रको आवश्यक्तालाई समेत ध्यानमा राखेको बताउनुभयो ।

dhangadimai nagarpalika mahesh yadav education minister photo 2

५१ जनाको शेयरधनी रहेको स्कूल अफ स्कूलर्स विद्यालयले स्थापना भएको अढाई वर्षमै दक्षिण एशियाली कराँटे प्रतियोगितामा प्रथम द्वितीय स्थान ल्याउन सफल हाम्रो विद्यालय मधेश प्रदेशकै नमून ाविद्यालय बनाउन प्रदेश सरकारले साकारात्मक सहयोग गर्नुपर्ने विद्यालयका प्रिन्सिपल सुदिपराज कुशवाहले शिक्षा मन्त्री यादवको ध्यान केन्द्रित गराउनु भएको थियो ।

निजि तथा संस्थागत विद्यालयहरुको समस्या समाधानको लागि मधेश प्रदेशको शिक्षा मन्त्रालय अनुगमनको पाटोलाई प्राथमिकतामा राख्नुपर्ने एन प्यावसनका अध्यक्ष पाण्डव हमालले धारणा व्यक्त गर्नुभयो । सिरहा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलिप लामाले शिक्षा र खेलकुद ऐन नआउँदा काम गर्न समस्या भइरहेको शिक्षा मन्त्रीसँग आग्रह गर्नुभयो ।

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A