अनुशासनहीनता अहिलेको नेपाली समाजको प्रमुख चुनौतीः ओली

  • माघ ४, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन ।

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन । 

‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने ।

पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट पारेका छन । ‘पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन’, उनले भने ।

आफैलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको ओलीले भनाई छ । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाए राख्न नसक्ने उनले जनाएका छन ।

आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको ओलीको दाबी छ । त्यसैले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा उनको आग्रह छ ।  ‘अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सामाजिक अभ्यासको रूपमा अगाडि बढाउन पर्दछ’, ओलीले भने ।

अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसलाई अरूले बाध्य पार्ने होइन आफैँ अनुशासित हुने पर्नेमा ओलीको जोड छ । 

ओलीले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने संकल्प बोकेर हिँडेको राष्ट्रिय शक्ति भएको बताए । त्यसैले एमालेका जनसंगठनको क्षेत्र बृहत्तर र व्यापक भएको ओलीको भनाइ छ । एमालेका जनसंगठनको राजनीतिकसँगै सामाजिक जिम्मेवारी पनि त्यतिकै भएको ओलीले जनाएका छन् ।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरेका छन । 

राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उहाँहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यस कुरामा उहाँहरू सचेत हुनु पर्ने उनको भनाई छ ।

ओलीले खेलकुद खेलाडीको मात्र विषय नभएको पनि बताए । खेलाडीले प्रतिस्पर्धा, पदक र सम्मानको लागि खेल्ने तर हरेक मानिसको स्वास्थ्य रहन कुनै न कुनै खेल खेल्नु पर्ने बताएका छन  ।  ‘त्यसैले हामीले सबैको लागि खेल भनेको हो’, उनले भने ।

- न्यूजकारखाना

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A