जीवछ उदासी लहान,चैत ११ नेपालमा सता समिकरण फेरिएको छ । बामपन्थीहरु सरकारमा सहभागी भएर बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यो गठबन्धन कतिदिन चल्ने ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । विगतमा पनि सबैबाम एक ठाम भएर फुटेको ताजा इतिहास छ । टुटफुट नेपालको राजनीतिमा संस्कृति नन्दै गइरहेको छ । सुशासन समृद्धि र विकासको लागि स्थीर सरकार चाहिएको
रुपन्देही, ५ चैत । सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउन लागिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहर
फिरोज सिद्दिकी लहान, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको तेस्रो जिल्ला अधिवेशन शनिबार सिरहाको लहानमा सम्पन्न भएको छ । अधिवेशनले मोहम्मद नसरुलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा मो. शमिम अख्तर, सचिवमा मो. मुस्तफा र उपसचिवमा मुन्ना खान, रहेका छन् । त्यस्तै सदस्यहरुमा मन्जर हसन (सितारे), तफेजुल रहमान, मो.रोजाई रहमान, मो.आलम, मो.कौसर, अहमद अली, अख्तर आलम, मुस्तफा नेपाली, ऐयुव राईन र मुम्ताज मिया रहेका छन् । कोषाध्यक्ष सहित सात जना सदस्यहरुको नाम पहिलो बैठकबाट चयन गरिने जन
फिरोज सिद्दिकी लहान, २१ गते फागुन । राजनीतिका चतुर खेलारी प्रचंडले फेरी एक पटक पाशा आफ्नो पक्षमा पलटाएका छन् । कांग्रेससंगको गठबन्धन भत्काएर एमालेलगायतका पार्टीहरुसंग नयाँ गठवन्धन बनाएका छन् । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा गएका छन् । गत पुस १० मा बालकोटलाई छिरकनी हाने र देउवा क्याम्पमा मिसिएका प्रचण्डले अंततः देउवालाई चकमा दिएर फेरी बाल
१५ फागुन २०८० काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’ संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीह
जीवछ उदासी लहान, फागुन ७ गते । ८४ वर्षिय लगानलाल चौधरीले फागु ७ गतेलाई प्रजातन्त्रको जननीको रुपमा मनाउन आवश्यक रहेको बताउनु भएको छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्तय भएपछि बल्ल प्रजातान्त्रिक माहोल बन्दै गएको हो । लहानको मटियर्वा डौरहीका लगनलाल चौधरी आफ्नो जीवनको महत्पूर्ण कालखण्ड पञ्चायतकालमै ब्यतित गरेपनि २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरी सिरहा –१ प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइ ज्येष्ठ सदस्यताको लागि सभामुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘पञ्चायतकालमा आवरणमा पञ्च देखिएपनि विचारले प्रजातन्त्र पक्षधर नै थिए ।’२०२२ सालमा सिरहा जिल्ला
जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो । आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको
मुकेश कुमार यादव सिरहा, १ फागुन। मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सशकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो। मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्
काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए ।
जीवछ उदासी माघ २८ गते । मिर्चैया नगरपालिकाको कार्यालयमा आइतवार दिनको १२ वजे कार्यालयमा प्रवेश गरी जथाभावी एकासी ढुङ्गामुढा प्रहार गरेर लाखौको क्षति पुरयाउने समूहरुमाथि मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले कानुनी कारबाहीको माग गर्नु भएको छ । मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री देवी यादवको पति खगेश्वर गोहिवार यादवको अगुवाइमा ३० जनाको समूहमा १२ बजे आतङककारीको शैलीमा ३० कार्यालयमा प्रवेश गरेपछि केहि बेरमै जथाभावी ढुङगामुढा प्रहार गर्न थालेको नगरप्रमुख यादवले प्रकाशित गरेको प्रेविज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख यादवको अनुसार कार्यालयका कर्मचारी सेवाग्राहीहरु आ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A