राजनीतिका चतुर खेलाड़ी प्रधानमन्त्री प्रचण्डको नयाँ गठवन्धन

  • फाल्गुन २१, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, २१ गते फागुन । राजनीतिका चतुर खेलारी प्रचंडले फेरी एक पटक पाशा आफ्नो पक्षमा पलटाएका छन् । कांग्रेससंगको गठबन्धन भत्काएर एमालेलगायतका पार्टीहरुसंग नयाँ गठवन्धन बनाएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा गएका छन् ।

गत पुस १० मा बालकोटलाई छिरकनी हाने र देउवा क्याम्पमा मिसिएका प्रचण्डले अंततः देउवालाई चकमा दिएर फेरी बालकोटसंग घाटी जोड़ेका छन् । फलतः पहिलो पार्टी कांग्रेस सत्ताबाट बाहिरिदा दोस्रो र तेस्रो तथा चौथो पार्टी सहितको समीकरणमा नयाँ सरकार बनेको छ ।

लामो समयको रसा कसी पछि अंततः गठबंधन फुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीसंग भित्र भित्र जोड गढ गरेर आफ्नो प्रधानमंत्री पद सुरक्षित गरेका प्रचंडले कांग्रेसको सपनामा पानी फेरेर अझै डेढ वर्ष प्रधानमंत्री बन्ने आफ्नो सपना साकार गरेका छन् ।

केही दिन अगाडी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबंधन खरानीको डलो भएको र जुन सुकै बेला फुट्न सकने संकेत पनि ओली प्रचण्ड मिलेको अर्थमा लिएको थियो । फलस्वरुप आइतबार दिनभर र राति सम्मको नेताहरुको दौडधुपले सत्ता उलट पटको अवस्थामा पुगे छ । नेकपा एमाले र नेकपा माओवादी केद्र सत्ता सहकार्य गर्ने सहमती जुटेसंगै नेपाली कांग्रेस नेतृत्वको गठबंधन भत्केको हो ।

आइतबार रातिसम्म चलेको बैठकले सत्ता समीकरण बदलने निणर्य गरेको हो । माओवादी उच्च स्रोतका अनुसार गत वर्ष १० पुसमा बनेको गठबंधनलाई आधार मानेर नयाँ समीकरण बनेको छ । गठबन्धनमा राष्ट्रिय स्वतंत्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातंत्र पार्टीलाई पनि समेटने सहमति भएको छ ।

नया सहमति अनुसार आज बिहान बसेको बैठकबाट रास्वपाले निणर्य लिने अधिकार सभापति रवि लामीछानेलाई दिएको थियो । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नया सत्ता समीकरण आज अगाडी बढाउने निणर्य गरेको छ । बैठकमा पदम गिरीलाई सरकारमा पठाने निणर्य समेत गरेको छ ।

माओवादी राष्ट्रिय सभामा अध्यक्षको दाबी न छोडे पछि सत्ता गठबंधन भत्किने अवस्थामा पुगेको हो । नेपाली काग्रेसका अध्यक्ष देउवाले कृष्ण प्रसाद सिटौलालाई अध्यक्षको लागि जमान दिदा माओवादी असंतुष्ट थियो । भद्र सहमति अनुसार अब प्रचंडले प्रधानमंत्री पद पनि छोडनु पर्ने र राष्ट्रीय सभा पनि गुमाउने हुदा अस्तित्व संकटमा पर्ने खतरा देखेका प्रचंडले यही मौकामा एमालेसंग मिले र आफ्नो सत्ताको आयु लम्ब्याएका छन् । भले प्रचण्ड राजनीतिमा अस्थिर देखिए पनि कूटनीतिमा सफल भएका छन् । गठबंधन फुटाउन सक्नु राजनीतिक रूपमा एमालेका लागि पनि उपलब्धि नै हो ।

प्रचण्डले सत्तामा कायदै दिमाग लगाए पछि संकटमा परेका देवाले आकस्मिक रुपमा पार्टीको बैठक बोलाएका छन् । सत्ता गठबंधन भत्किए पछि नया रणनीति तय गर्न देवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन । अबको राजनीतिक कोर्ष के हुन्छ भन्ने आम जनमानसमा कौतुहल्ता बढेको छ ।

पूष १० मा तत्कालीन पाच दलीय गठबंधनको साथ छोरेर माओवादी केंद्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचंड एमाले सहितको समर्थनमा प्रधानमंत्री भए पछि कांग्रेस सत्ता विमुख भएको थियो । एमाले नेतृत्वको सात दलीय गठबंधनको समर्थनमा प्रचंड प्रधानमंत्री बनेपछि कांग्रेस सात वटै प्रदेश र संघमा सरकारबाट बहिर रयो तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको कमबैक भएको थियो । कांग्रेस नेतृत्वको गठबंधन एक वर्ष नपुग्दै भत्किएको छ ।

कांग्रेसले कोशीमा राष्ट्रियसभा निर्वाचनमा अन्तरघात गरेको, हालै सम्पन्न महासमिति बैठकले जनयुद्धलाई अपमानित गर्ने ढंगको प्रतिवेदन ल्याउनुका साथै चुनाव अघि गठबन्धन नगर्ने प्रतिवेदन पास गरेपछि माओवादी असन्तुष्ट बनेको थियो । सोही असन्तुष्टिका बीच माओवादीले स्थायी कमिटी बैठकबाट कांग्रेसलाई राष्ट्रियसभा अध्यक्ष दिन नसकिने निष्कर्ष निकालेको थियो । कांग्रेससँग दुरी बढेसँगै माओवादीले एमालेसँग छलफललाई तिव्रता दिँदै नयाँ समझदारी बनेको हो।

नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A