फगुन ७ प्रजातन्त्रको जननी : लगनलाल चौधरी

  • फाल्गुन ७, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, फागुन ७ गते ।
८४ वर्षिय लगानलाल चौधरीले फागु ७ गतेलाई प्रजातन्त्रको जननीको रुपमा मनाउन आवश्यक रहेको बताउनु भएको छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्तय भएपछि बल्ल प्रजातान्त्रिक माहोल बन्दै गएको हो ।

लहानको मटियर्वा डौरहीका लगनलाल चौधरी आफ्नो जीवनको महत्पूर्ण कालखण्ड पञ्चायतकालमै ब्यतित गरेपनि २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरी सिरहा –१ प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइ ज्येष्ठ सदस्यताको लागि सभामुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘पञ्चायतकालमा आवरणमा पञ्च देखिएपनि विचारले प्रजातन्त्र पक्षधर नै थिए ।’२०२२ सालमा सिरहा जिल्ला पञ्चायत सदस्य, २०२९ र २०३५ सालमा राष्ट्रिय पञ्चायत सदस्य २०३९ र २०४३ सालमा लहान नगरपञ्चायतका प्रधानपञ्च,२०४८ सालमा लहान नगरपालिकाको नगरप्रमुख र २०७४ सालमा मधेश प्रदेशका सदस्यमा निर्वाचित हुनु भएको लगनलाल चौधरी अहिले राजनीतिबाट विराम लिएपनि नेकपा एमाले समर्थक नेता कार्यकर्ताहरुको मात्रै होइन, अन्य दलहरुको लागि पनि त्यतिकै प्यारो नेताको रुपमा छवि बनाउनु भएको छ । ८४ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिएपनि जनताका काममा रतिभरपनि अल्छी नगरी सक्रियता देखाइ रहनुहुन्छ । उहाँ सुझाउनुहुन्छ,‘तन्त्र अनुसारको मन्त्र, मन्त्र अनुसारको आचरण र व्यवहार देखाए मात्रै प्रजातन्त्र मजबूत हुनेछ । प्रजातन्त्र र लोकतन्त्र शब्दमा फरक भएपनि सारमा कुनै भिन्ता छैन । २००७ सालदेखि प्रजातन्त्र शब्द प्रचलित रहयो । २०६३ सालपछि लोकतन्त्र जोडिदै गणतन्त्र नमाकरण भएपनि हरेक प्रजातान्त्रिक आन्दोलको जननी २००७ साल फागुन ७ नै हो ।’

२००७ सालमा प्रजातन्त्र आउँदा आफू दस वर्षका रहेको नेता चौधरीले बताउनुहुन्छ ।उहाँको अनुसार २००७ सालमा प्रजातन्त्रको पक्षमा लागेका नेताहरु प्रदिप गिरीका पिता मित्रलाल गिरी ,हाल नरहा गाउँपालिका पानवारीका माधव प्रसाद रेग्मी र राजदेव गोइत उहाँहरु राणा शासनको विरोधमा नेपाली काँग्रेसबाट अगुवाई गर्नेपहिलो पुस्ताको नेतामा गनिनुहुन्छ । २०१३ सालतिर किसान आन्दोलनका नेतृत्वगर्ने बामपन्थी नेताहरुमा सिरहाको पूर्वी भेगमा चन्द्रशेखरलाल कर्ण रपश्चिमी भेगमा जय गोबिन्द साह उदय हुनुभयो । पहिलो पुस्ताका काँग्रेस र कम्युनिट पार्टीका नेताहरु स्वर्गवास भैसक्नु भएको छ । सात सालमा प्रजातन्त्र बहाली भएको नेताहरु त छैन, अगुवा नेताहरुको समर्थकहरुपनि कोहि जीवित रहेको मेरो स्मरणमा देखिदैन । राणा शासनको विरोधमा प्रजातन्त्रको पक्षमा काँग्रेसका नेताहरु अघि देखिएका थिए भने किसान र मजदूर आन्दोलनको नेतृत्व गरेर कम्युनिष्टहरु अगुवाइ गरेका थिए ।

सिरहा जिल्लामा पञ्चायतकालमा मटियर्वा,औरही, नवराजपुर, माडर खिरौना डौरहीहरुले पञ्चका आरणमा बाहिरी रुपमा देखिएपनि प्रजातन्त्रलाई भित्रबाट असाध्य माया गरेको कारण २०३६ सालको जनमत संग्रहा सिरहा जिल्ला बहुदल निर्दलको चुनावमा पहिलो भएको नेता चौधरीले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका सदस्य चुनिएर मन्त्री समेत हुनु भएका श्रीकृष्ण चरण श्रेष्ठ र राजदेव गोइतको लोकप्रियता उहाँहरुको निधनपछि पनि जनमानसमा रहेकोले प्रजान्त्र वहाली भएपछिपनि उहाँहरु निर्वाचित भइरहनुभयो ।’

लहानमा जन्मिुनु भएको किसान नेताबाट उदयमान चन्द्रशेखरलाल कर्ण पञ्चायतकालमा पनि प्रजातन्त्र र गरीव मजदूर किसानको पक्षमा किसान आन्दोलनको नामबाट विगुल फूक्ने नेता कर्ण २०१५ सालमा दुई सय मतले २०४८ सालको निर्वाचनमा पाँच सयको फरकमा चुनावमा पराजित भएपछि मलाई नमिठो लागेको स्मरण गर्नुहुँदै नेता चौधरीले थप्नुभयो,‘परिवर्तको शृङखलाको सुरुवात २००७ सालमा प्रजातन्त्र आएपछि नै सुरु भएको थियो ।’

२०३६ सालपछिका विधार्थी आन्दोलनबाट संख्यात्मक रुपमा बढी संख्यामा युवाहरु प्रजातन्त्र बहालीको लागि सिरहामा महोल बनेको नेपाली काँग्रसका पुरानो नेता सूर्य नारायण यादव पुरानो पुस्ताको नेतामा जीवित रहेको नेता चाौधरीले बताउनुभयो । उहाँको अनुसार सिरहा जिल्लाको तार्किक नेता प्रदिप गिरी बामपन्थी नेता चन्द्रशेखरलाल कर्ण राजेन्द्र प्रसाद चौधरी गङगा प्रसाद यादव धर्मनाथ साह विश्वनाथ साह हेम नारायण यादव लगायतका पुस्ताहरु राजनीतिमा सक्रिय भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएका परिवर्तनकारी अनुहारहरु हुन् । आफू पञ्चको रुपमा लामो समयसम्म परिचित रहेपनि मेरो व्यवहार बोली शैली र दृष्टिकोण जहिलेपनि प्रजातन्त्रप्रति जोडिएकोले २०४६ सालमा प्रजातन्त्र बहाली भएपनि निर्वाचित भइ रहे ।

नयाँ पुस्ताको लागि २००७ सालको आन्दोलन इतिहास भएकोछ । पुरानो इतिहासलाई विर्सेर नयाँ इतिहास सृजना गर्न सक्दैन । २००७ साल यतापनि शिक्ष र चेतनाको स्तर विश्व परिवेशको तुलनामा बढ्न नसक्दा पटक पटक प्रजात्नत्रमाथि प्रहार भइरहयो । २०४६ सालपछि शिक्षा र चेतनाको रफतार बढ्दै गएपछि प्राप्तउपलब्धीको रक्षा गर्दै विकासको गति बढाउन सके प्रजातन्त्रको जग बलियो हुने नेता चौधरीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘पञ्चायतकालमा वैदेशिक सहयोग थिएन । बजेट पनि जनमुखी हुँदैन्थ्यो । राणातन्त्र र राजतन्त्रले नेपाललाई निकै पछि धकेलेकै हो । भ्रष्टाचार लोकतन्त्रको दुश्मनको रुपमा देखिएको छ । सुशासन, विकास र सामाजिक न्यायको प्रत्याभूति दिलाउन दलहरुले ध्यान दिन आवश्यक रहेको छ ।’

 

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A