हवाई मैदान र चिडियाखाना बाहेक सबै योजना पुरा गर्नेछु ः नगरप्रमुख साह

  • असार १४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी ÷ फिरोज सिद्धिकी
बर्षिकी नीति तथा बजेट सार्वजनिकीकरण कार्ययक्रमको लागि आयोजि पत्रकार सम्मेलनमा लहान नगरप्रमुख मुनि साहले चुनावमा नगरवासीसँग गरेको हवाई मैदान निर्माण र चिडियाखाना संचालन बाहेक सवै प्रतिवद्धता पूरा गर्ने गरी बजेट ल्याएको बताउनु भएको छ ।


लहान नगरपालिकाका वेलुकी पाँच बजे आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख साहले सविस्तार भन्नुभन्नुभयो,पूर्वाधार एवं शहरी विकास अन्तर्गत स्वच्छ सफा हरित सुन्दर लहान,हाम्रो राजमार्ग विकसित राजमार्ग ,नगर यातायात गुरुयोजना,‘पक्की नहर रमणीय नहर’ स्मार्ट सिटी,पूरानो बजारलाई कलर सिटी,दलित र घर विहिनलाई व्यवस्थित बसोवास लगायत १८ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ ।


शिक्षातर्फ यस नगरपालिका भित्र रहेका बालबालिकाहरु विद्यालय वाहिर नरहने,प्राविधिक , सीपमूलक तथा व्यवसामूखी शिक्षामा जोड दिइने,विना अनुमति कोचिङग,तालिम केन्द्र,टयुशन सेन्टर खोल्नेमाथि कारवाही ,लहान नगरपालिकामा भएका बाँकी सामुदायिक विद्यालयहरुमा बाल विकास केन्द्र कायम गरी एक विद्यालय एक वाल विकास केन्द्र पूर्ण रुपमा कार्यान्वयन गरिनेछ, लहान ७ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास लगायतका २६ बुँदे नीति नियमहरु परित भएको उल्लेख गर्नुभयो ।


स्वास्थ्यतर्फ कोभिड –१९ लगायत अन्य आपतकालिन अवस्थाको सामना गर्न आर्थिक कोष , मानवीय जनशक्ति तथा औषधी लगायतका सामग्रीको भण्डारणको व्यवस्था मिलाइनेछ , लहान नगरपालिका क्षेत्रभित्र १५ शैयाको सुविधा सम्पन्न आइसियु सेवा सुविधा भएको अस्पताल,सवै वडामा स्वास्थ्य चौकी स्थापना र भवन निर्माण,कोभिड–१९ कोरोना भाइरस नियणत्रण गर्न अभिमूखिकरण कार्यक्रम संचालनको साथै पिसिआर मेशिन तथा प्राविधिक व्यवस्थापन लगायत १९ बुँदे नीति तथा कार्यक्रम पारित गरिएको छ ।


सरसफाइ तथा स्वच्छता अन्तर्गत लहानको शान सरसफाइ कार्यक्रम हुनेछ पहिचान,दिशाजन्य देलोको उचित व्यवस्थापन २४ वटै वडामा दिगो खानेपानीको व्यवस्था गर्दै नगर क्षेत्रका विपन्न, गरीव, दलित एवं खनेपानीको पहुँच नपुगेको वस्ती तथा समुदायमा खानेपानी पहुँच वृद्धि गरिने लगायतका आठ बुादे नीति तथा कार्यक्रम पारित भएको प्रमुख साहले प्रष्टयाँउदै पशु विकास तर्फ पशुपालन पद्धतिलाई सुधार गर्न, पशु स्वास्थ्य,पशु आहार विकास,कृत्रिम गर्भाधान सेवा तथा निशुल्क घुम्ती शिविर लगायतका कार्यक्रम संचालन,छडा पशु नियणत्रण,पशु वधशालाको निर्माण,पशु स्वास्थ्यको लागि ल्याव स्थापना लगायका १४ बुँदे नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
कृषि तथा सिंचाई तथा भूमि अन्तर्गत नगरपालिका भित्रको कृषिको पकेट क्षेत्र तोकी व्यवसायिक कृषि खेतिलाई प्रोत्साहित गर्ने लहानको २४ वटै वडामका एक वडा एक उत्पादन कार्यक्रम,कृषिमा यान्त्रीकीकरण गर्न कस्टम हायरिङग सेनटर स्थापना,कृषि सडक निर्माण तथा विद्युतीकरण कार्य प्राथसमकताका साथ अघि वढाइने,किसान परिचय पत्र लागु २२ बुँदे नीति तथा कार्यक्रम ल्याएको प्रमुख साहले जानकारी दिनुभयो ।


अन्तयमा पत्रकारहरुलाई लहानमा भएको विकास निर्माणको काममा देखिएको कमिकमजोरी र प्रगतिबारे सल्लाह सुझाव समेत माग्दै प्रमुख साहले लहानको सौन्दर्यकरण , पूर्वाधार निर्माण ,कृषि , शिक्षा ,स्वास्थ्य र पयृटन क्षेत्रको विकासको लागि चुनावमा गरेका सवै प्रतिवद्धतामा हवाई मैदान निर्माण्को लागि अझैपनि आशा नत्यागेको भन्दै चिडियाखाना निर्माणको लागि बन ऐन बाधक भएको स्पष्ट गर्नुभयो ।


पत्रकारिता विकासको लागि गत वर्षको १५ लाख र यस वर्षको दस लाख बजेट गरी २५ लाख रकम विनियोजन गरि पत्रकारहरुको लागि वडा न २० मा ११ धुर जमीन समेत छेटयाएको थप्दै भन्नुभयो,पत्रकारमित्रहरुले लहान नगरपालिका नेपालकै २४ वटा वडा भएको सबैभन्दा ठूलो नगरपालिका भएपनि सिरहा नगरपालिकाभन्दा कम बजेट दिएर सतौली व्यवहार त गरेको नै छ साथै विगतको एक अर्व बजेट समेत नआएको प्रति चासो राखेर कलम चलाई दिन आग्रह गर्नुभयो ।


अगामी आर्थिक वर्ष २०७७÷७८ को लागि चालु खर्च ८७ करोड नौ लाख र पूँजीगत खर्च एक अर्व ४५ करोड ७६ लाख पाच हजार १९० गरी २ अर्व ३२ करोड ८५ लाख पाँच हजार १९० प्रस्तावित बजेट रहेको नगरप्रमुख साहले सार्वजनिक गर्नुभयो ।


पत्रकार सम्मेलनमा उपप्रमुख सरियार देवी चौधरी,नगरप्रवक्ता वडा नम्वर ११ का वडाध्यक्ष राज कुमार साह,लहान २१ नम्वरका वडाध्यक्ष हेमन्त कुमार यादव र लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता उपस्थित हुनु हुन्थ्यो ।

 

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A