विभिन्न बहानामा मनपरी शुल्क असुल्दै लहानका सामुदायिक विद्यालय

  • वैशाख २९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि लहानको नमुना मानिएको विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा विद्यार्थीसँग मनपरी शुल्क असुल्ने गरेको पाइएको छ ।

सिरहाको लहान नगरपालिका-३, रघुनाथपुर स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा मनमपरी शुल्क असुलदै आएको खुलासा भएको हो । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो रहेको छ ।

विद्यालयले माध्यमिक शिक्षा परीक्षाको रजिष्ट्रेसन शुल्क, प्रमाणपत्र शुल्क र इन्टरार्स शुल्क बोर्डले तोकेभन्दा बढी अविभावकलाई मार पर्ने गरी लिने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य सलाम अन्सारीले बतानु भयो । उहाँले हामीले गरीब विद्यार्थीहरुसंग मनपरी शुल्क नलिनुस भन्दा पनि विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले आफ्नो एकलौटी सासन चलाएको दुखेसो पोख्नु भयो ।

विद्यार्थीलाई भर्ना गराउँन लाग्दा प्रधानाध्यापक महतोले रु ५ हजार पहिलो किस्ता बापत अनिवार्य विद्यालयलाई बुझाउनुपर्ने नबुझाए भर्ना गर्न नमिल्ने सुचना समेत निकालेका छन् ।

यसैगरी, नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा वार्षिक कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीले ६ हजार ६ सय, कक्षा ६ का विद्यार्थीले ९ हजार ९ सय, कक्षा ७ का विद्यार्थीले ११ हजार एक सय र कक्षा १० का विद्यार्थीले १६ हजार ५ सय तिर्दै आएका छन् ।

यस विद्यालयमा एक हजार ८ सय विद्यार्थी भर्नाको लक्ष्य राखिएको पनि हालसम्म एक हजार ५ सयबढी विद्यार्थी भर्ना भैसकेको विद्यालयका लेखापाल श्याम सुन्दर महतोले जानकारी दिनुभयो ।

लहान नगर पालिकाले पनि अङ्ग्रेजी माध्यमका लािग गत वर्ष २० लाख रुपैया अनुदान दिएको लहान शिक्षा शाखा प्रमुख अमिरी यादवले जानकारी दिनुभयो ।

शिक्षा पालिका मातहतमा रहे पनि अङ्ग्रेजी माध्यम र चारित्रिक प्रमाणपत्रका नाममा मनपरी शुल्क लिइरहँदा स्थानीय सरकार र जिल्ला शिक्षा एकाइ मौन बसेका छन् ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना, परीक्षा, गयल, खेलकूद र विकास शुल्कका नाममा मात्र नभई अङ्ग्रेजी माध्यमको नाममा समेत रकम असुलिरहेका छन् ।

photo_2024-05-11_19-28-18 (2)

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A