जिवछ उदासी
लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन ।
नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादवले यस ठाँउमा हटिया लगाउदा कस्तो हुन्छ भने सामान्य छलफलपछि यसलाई नजिक रहेको जगतपुर सरहचिया र क्रमनियाँ गाँउका अगुवाहरुसँग छलफल बढाएर हटियाको सुरसारगरेको एक महिनापछि नै हटिया र चोकको रुप धारण गरयो पनि ।
हटियााको लागि अगुवाई राम नारायण यादवले गरेर नेपाली काँग्रेसका त्यस भेगका सबैको आदरणीय नेता सूर्य नारायण यादव , मधेशवादी दलका यदुनन्दन यादव लगायतका विभिन्न क्षेत्रका अगुवाहरुसँग छलफल गरेर थालेको प्रयासले योजना बनाएको एक महिनामा नै हटिया लाग्न थाले चोककको रुप धारण गरेको शिक्षक भोगेन्द्र यादव भन्नुहुन्छ ।
हटिकोको विकासको लागि यतिवेला स्थानीय समेत रहनु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादव, गाँउपालिका अध्यक्ष केदारनाथ यादव र वडाध्यक्ष महेन्द्र प्रसाद यादवले समेत सराहनीय भूमिका रहेको त्यस चोकमा औषधी पसल गरिरहनु भएको देवनन्दन यादवको भनाइ रहेको छ ।
हटिया व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको राम नारायण यादव यतिवेला धानको खरिद बिक्री गर्ने व्यसाय समेत गरेर नेकपाको राजनीतिमा सक्रिय रहनु भएको छ । उहाँसँग समृद्धिपथ अनलाइनले गरेको कुराकानीमा यादव भन्नुहुन्छ, आफू २०५४ साललमा तत्कालिन नेकपा एमालेबाट महदेवा पोर्ताहाको गाँउपालिका अध्यक्षमा निर्वाचित भएको वेलामा पनि अन्य दलहरुसँग समेत सहमति सहकार्य , सामाजिक सदभाव र एकता कायम गरेर जाने अभ्यासिलाई हटिया चोक स्थापनामा पनि प्रयोग गरे । नेपाली काँग्रेसको नेता सूर्य नारायण यादवको अभिभावकीय सहयोग रहयो । प्रदेशसभा सदस्य अशोक कुमार यादवले पीच सडक निर्माण गरिदिनुभयो । वडा र गापाबाट समेत केहि पूर्वाधार निर्माणको लागि सहयोग पाउने अश्वासन पाएका छौ ।
त्यस चोकमा हार्डवेयरका पसल गरिरहेका घुरन यादव भन्नुहुन्छ, चोक स्थापना २०७२ सालमा भएपछि पक्की घर बनाएर थालेको पसलको कमाइले मैले पनि प्रगति गरे । मेरो छोरा पनि रोजगारी पायो । चोक नलाग्दा सामान्य ५० हजारको कठा विक्री हुने जमीनको मूल्य ६० लाख कठा पुगिसकेको छ । यस भेगका मानिसहरु नूनदेखि सूनसम्म सबैथोक यहाँ पाउन थालेकोले गाँउ देहात शहरको रुप लिन थालेको छ ।
सखुवानन्कारकटि ३ मा पर्ने महदेवा खरियानी गाँउमा गाँउपालिका र प्रदेश सभाको बजेटबाट सडक निर्माण कृषि विद्युतीकरण , मठ मन्दिरको निर्माण, गाँउमा फूसको घर विस्थापित र पक्की घर निर्माण र त्रिमुर्ति र परिहारपुर चोकमा समेत शहरको जस्तो भवन निर्माण पसल संचालन , बैंक स्थापनाले यतिवेला महदेवा खरियानीको मुहार नै फेरिएकोमा स्थानीयहरु खुसी भएर अगुवा राम नारायण यादवको भूमिका सराहनीय रहेको अर्का स्थानीय शिक्षक बेचन प्रसाद यादवको बुझाइ छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A