पानी निकास र स्मार्ट सिटी परियोजनाको डिपीआर तयार ः नगरप्रमुख यादव

  • श्रावण १४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी ÷ फिरोज सिद्दिकी
लहान, मिचैैया नगरपालिकाको शहरी क्षेत्रमा वर्षातको समयमा पानी निकस हुन नसक्नु ठूलो समस्या दिर्घकालिन रुपमा समाधानको लागि र स्मार्ट सिटी निर्माण परियोजनाको डिपीआर तयार भएर यस वर्षदेखि कार्य संचालनमा आउने नगरप्रमुख श्रवण यादवले बताउनु भएको छ ।

८ करोड मिर्चैया नगरपालिका र ४२ एडीबी को सहयोग गरी ५० करोडको आकर्षक परियोजनाको डिपीआर तयार भएर काम संचालनमा आउने उहाँले भन्दै सतही ढल निर्माण गरी दिर्घकालिन रुपमा समस्या समाधान हुने जानकारी दिनुभयो ।
प्रत्येक वर्ष वर्षा याममा मिर्चैया बजारमा पानीको निकास सहजरुपमा हुन नसक्दा पक्की सडक समेत कटान गरी क्षति भइरहेको छ । डिपीआर तयार भएर यस कार्यको संचालन कार्य यसै आर्थिक वर्षमा सुरु हुन गइरहेको नगरप्रमुख यादवले प्रष्टयाउनुभयो । लोकमार्गदेखि उत्तर ७,८ र ९ वडा र वडाहरु लेकमार्गदेखि उत्तरी भेगमा रहेकोले गएको तीन वर्षमा सडक सञ्जाल खानेपानी र कृषि सिंचाईमा काम भएको उहाँले भन्दै य। वर्ष २ किलोमिटर पीच सडम,५ किलोमिटर ढलान र ५ किलोमिटर कृषि सडक निर्माण भएको जानकारी गराउनुभयो ।


यस वर्ष सामुदायिक भवन ५,स्वास्थ्य चौकी ३ र विद्यालय भवन ३ निर्माण भएको छ भने मिर्चैया नगरपालिलाई स्मार्ट सिटी निर्माणको लागि समेत डिपीआर तयार भएर काम सुरु हुने जानकारी प्रमुख यादवले गराँउदै मिर्चैयाको २५ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय रहेको मिर्चैया नगरपालिका शिक्षाको हब बन्ने गरी शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि यहि साउन देखि सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको सरुवा गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो ।
नगरप्रमुख यादवले भन्नुभयो, स्मार्ट सिटीमा सुविधा सम्पन्न सडक,सडकमा बत्ती जडान र बृक्षारोपण कार्य समेत गरी स्मार्ट सिटीको लागि क्रमिक रुपमा १३ अर्बको परियोजना यस नगरपालिकामा आउनै लागेको छ, यस वर्ष ५० लाखको विनियोजित बजेटबाट प्रोफाइल नक्साङकन समेत सम्पन्न भैसकेको छ । कमलदह र मलहनीया खोरीको पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने गरी योजना अघि बढाएको छ । ५ वटा ठूलो डिप बोर्डिङगबाट ५०० विगहामा सिंचाइ हुने काम पनि यसै वर्ष सम्पन्न भएको छ । एकिकृत दलित बस्ती निर्माणको लागि समेत नगरपालिकाबाट काम अगाडि बढाएको छ । यसैवर्ष एकिकृत वस्ती निर्माणको लागि ७० लाखको काम सम्मपन्न भएको हो । लकडाउनले धेरै योजनाहरु सम्पन्न हुन सकेन । अहिलेसम्म मिर्चैया नगरपालिकामा एक जना पनि कोरोना संक्रमित भेटेको छैन । क्वाराइटाइन वयवस्थापनमा समेत नगरपालिकाले राम्रो काम गरेको छ ।


मिर्चैया नगरपालिकामा विकासको लागि चुनौतीहरु के के छन ? भन्ने जिज्ञासामा राजनीतिक प्रतिशोध साध्ने नीयतले विकासको काममा बाधा दिन हरेक आकर्षक योजनाहरुलाई समयमा सम्पन्न हुन नदिनको लागि आदालतमा गएर मुद्दा दिने काम रोक्का गरराई दिने ठूलो चुनौतीको सामना गर्नु परिहेको प्रमुख यादवले स्पष्ट गर्नुभयो ।
डिपीआर तयार भएका परियोजना सम्पन्न भएपछि सिरहा जिल्लाकै नमूना नगरपालिकाको रुपमा मिर्चैयालाई बनाउन आफू तत्पर भएर काम गरिरहँदा पनि समस्या खाडा हुनु विडम्बना भएको प्रखुख यादवले भन्दै विकासको लागि समस्याहरुको निकासको लागि सहमति सहकार्य र एकताको माहोल बनाउन आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A