‘लहानको फोहोर व्यस्थापनको लागि नेकपाले पहलकदमी लिनुपर्छ’

  • श्रावण ३१, २०७७
  • समृद्धिपथ
alt

लहान ११ पडरिया घर भएका नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य तथा पडरिया गाविस हुँदा गाविस अध्यक्षमा समेत निर्वाचित हुनुभएको मागैन कामैत वैचारिक र व्यवहारिक रुपमा एक इमानदार छवि भएको नेताको रुपमा परिचित हुनुहुन्छ । बोलीलाई व्यवहारमा नदेखाउने कम्युनिष्ट चरित्र हुँदै होइन, मान्यतामा विश्वास राख्नु हुने कामैत लहान नगरपालिकाको शहरी क्षेत्रमा देखिएको फोहोर व्यस्थापनको लागि लहान नगरपालिकामा रहेका नेकपाका नेताहरु अब पहलकदी लिनुपर्ने उहाँको तर्क रहेको छ । उहाँसँग समृद्धिपथ अनलाइनका पत्रकार जिवछ उदासीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१ तपाई २०३८ सालमा समाजवादी मुलुक रुसमा रहेर कम्युनिष्ट पार्टीले कसरी समाजवादको दिशामा अघि बढ्नुपर्छ भने अध्ययन पनि गर्नु भएको छ ? नेपााजवाद ल्याउन उन्मुख रहेको देख्नुहुन्छ ?लका कम्युनिष्ट पार्टीले समा 

–रुसमा रहेर समाजवादको अभयासहरु देखेर नेपालमा पनि समाजवाद ल्याउन आफ्नो स्तरबाट कम्युनिष्ट पार्टीमा अहिले सम्म सक्रिय रहँदै आएको छु । संगठन, प्रशिक्षण, संघर्ष र आन्दोलनबाट देशमा व्यवस्था परिवर्तन भयो । नयाँ गान्तान्त्रिक संविधान पनि आयो । कम्युनिष्ट पार्टीको सुविधा जनक बहुमत सहितको सरकार तीनै तहमा रहेको छ । अब समाजवादको बाटोमा जान पूर्वाधारहरु निर्माण गर्न अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ । समाजवाद ल्याउन शीर्ष नेताहरुले समय खर्च गर्नुपर्नेमा अनावश्यक विवाद सृजना गरेर समय नष्ट गर्नुले चिन्तित बनाएको छ ।

२ नेकपामा देखिएको विवाद सैद्यान्तिक हो कि पदीय व्यवस्थापन यसो प्रष्ट गरि दिनुस न ?

–नेकपामा देखिएको विवाद सैद्यान्तिक विवाद हुँदै होइन । केवल पदीय र कुर्सी प्राप्तीको लागि हो । तर जीवन्त पार्टीमा यस्ता आन्तरिक संघर्षहरु पनि हुन जरुरी भएपनि यत्रो लामो विवाद हुनुले जनातामा निरासा छाएको छ । यस्तो लामो वैठक त कोभिड १९ विरुद्धको लडाई जित्न, समाजवादको आधार तयार गर्न हुनुपर्दथ्यो । अब पार्टी एक ढिक्का भएर जनपीक्षीय काम गर्न अघि वढ्नुपर्छ । सरकार र पार्टीको बीचमा सन्तुलित सम्बन्ध हुन जरुरी छ ।

३ लहान नगरपालिकामा नेकपाको नेतृत्वमा स्थानीय सरकार छ तर शहरको फोहेर लगभग एक महिनादेखि उठ्न सकिरहेको छैन । यसबारे तपाइहरु किन सक्रिय भइरहनु भएको छैन ?

–लहान नगरपालिकाले नियमित रुपमा फोहोर संकलन गर्दै आइरहेको छ । तर १६ महिनादेखि लहान नगरपालिकालाई लहान ४ स्थित डम्पिङग साइटमा फोहोर फाल्न स्थानीयहरुले नदिएपछि यो समस्या उत्पन्न भएको हो । ३५ विगहाको बलान र खुटीको दोभानमा रहेको विशामल चटान मध्ये आठ विगहामा जनप्रतिनिधि नहुँदा राजनीतिक दलहरुको सर्वसमतिबाट एक करोडभन्दा बढीको लागतमा निर्माण भएको डम्पिंगसाइटमा फोहोर फाल्न अवरुद्ध गर्दा यो समस्या आएको हो । यस समस्यालाई निदान गर्न दीर्घकालिन रुपमा समाधान गर्न डम्पिङगसाइटको संचालन गर्नको लागि पहल हुन जरुरी छ । यसको पहल नेकपा लहानमा रहेको जिम्मेबार नेताहरु चुप लागेर हुँदैन ।

४ नेकपाले कस्तो पहलकदमी लिनुपर्ने हो ? प्रष्ट गरि दिनुस न ?

–सहि प्रश्न गर्नुभयो । नेकपाले पहलकदमी लिनु भनेको अन्य जिम्मेवार राजनीतिक दलहरुलाई समेत साथमा लिएर स्थानीयहरुले किन अवरुद्ध गरिरहेको छ ? यसको संचालनको लागि के के मागहरु रहेका छन् ? सबै कुरा आइसकेपछि लहान नगरपालिकासँग समेत छलफल गरेर निष्कर्ष निकाली यो समस्याको समाधान गर्न नेकपाको तर्फबाट पहल लिन अब ढिलाई गर्नु हुँदैन ।

५ तपाईहरुले पहल गर्दा अन्य दलहरुले मान्दै मानेन भने के गर्नु हुन्छ ?

–छलफललाई अगाडि बढाँउदै जाँदा दलहरुले पनि सहमतिमा आउने विश्वास हामीले लिएका छौ । किनभने फोहोरबाट निस्कने दुर्गन्धले सबै दलका नेता जनता सबै आजित भैसकको छन् । यसको निकास निस्कनुपर्छ भित्री मनसाय सबैको देखिन्छ । फोहोरमा फोहरी राजनीति हुनु हुँदैन । यदि भयो भने स्थानीय जनताहरुले नै राजनीतिक षडयन्त्रको विरुद्धमा सडका आउने छ । छिनोफानो हुनेछ । तर यसमा हामी आशावादी भएर अघि वढ्छौ । विश्वास छ फोहोर व्यवस्थापनको लागि डम्पिङगसाइट सुचारु हुनेछ ।

६ लहान नगरपालिकाले फोहोरबाट मोहोर बनाउने योजना सहित आठ करोडको परियोजना संचालन गर्न कति पटक गरेको आग्रहलाई समेत स्थानीयहरुले स्वीकार नगरेपछि तपाइहरुको पहल सफल होला त ?

–यहिा विषयलाई स्थानीयवासीहरुसँग छलफल गर्छौ । सुनिएको छ फोहोरका गाडीहरु जाँदा दुर्गन्ध निस्कने डम्पिङगसाइटको फोहोरले समेत रागको संक्रमण हुने समस्याले फोहोर फाल्न नदिएको हो । फोहोरका गाडी जाँदा दुर्गन्ध नआउने गरी, फोहोर फालिएको ठाँउमा व्यवस्थापन गर्दा त्यस ठाँउबाट समेत दुर्गन्ध नआउने गरी व्यवस्थापन नगरपालिका गर्छ । त्यस विषयमा पनि विश्वास मात्रै होइन, उचित प्रवन्ध नै हुन्छ । फोहोरबाट मोहर परियोजना लागु भैसकेपछि त्यसबाट दुर्गन्ध आउने कुरा नै हुँदैन । ठूला ठूला शहरहरुमा त बीच शहरमै डम्पिङगसाइट रहेको छ । लहानको डम्पिङगसाई त अति व्यस्थित ठाँउमा छ ।

७ लहान नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षकहरुको सरुवामा समेत नेकपाले समर्थन गरेको छ , यसबारे पनि प्रष्टयाइ दिनुस न ?

–साह्रै सान्दर्भिक प्रश्न गर्नुभयो । सामुदायिक विद्यालयको सुधार र स्तरोन्नति गर्नको लागि सुधारको विभिन्न उपायहरुमध्ये शिक्षक सरुवालाई पनि लिएर सरुवा प्रक्रिया थालेको छ । शिक्षकहरु सधै एउटै विद्यालयमा दशकौ काम गर्दा अल्छी निरासा महसुस भएकोले सरुवालाई सहर्ष रुपमा स्वीकार गरेर जानुपर्ने हो । नयाँ ठाँउमा नयाँ उमङगको साथ सामुदायिक विद्यालयहरुको सुधारमा लाग्न सरुवा प्रक्रिया सहि कदम नै हो । यसको विरोध गर्नुको कुनै तुक देखिदैन ।

८ महिला अपाङग अशक्तहरुलाई अपायक सरुवाले समस्या भयो भने शिक्षकहरुको माग छ नि ?

अपाङ र अशक्तहरुको हकमा समस्या हुने ठाँउमा सरुवा गरेको छ भने त्यसलाई सुधार गर्नुपर्छ । तर स्वस्थ्य महिलाहरुको लागि लहान नगरपालिका भित्रै पहिलेको तुलनामा दस वीस मिनेट बढी समय लाग्ने ठाँउमा नै सरुवा भएको छ भने आपत्ति मान्नु हुँदैन । सरुवालाई धेरै ठूलो विषय बनाएर तगारो खडा गनुर्् हुँदैन । लहान नगरपालिकाले गरेको सरुवालाई नेकपाले समर्थन गरेको छ र अरु दललले पनि समर्थन गरेर यसुलाई राजनीति रङग दिनु हुँदैन । लहानको फोहोर व्यवस्थापन र शिक्षामा सुधार सबैको साझा विषय हो ।

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A