लहान ९ मा व्यवसाय सचेतना तथा महिला उद्यमशीलता तालिम

  • चैत्र १०, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहान ९ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । ‘आर्थिक सृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने नाराका साथ मंगलबारदेखि तालिम सुरु भएको हो ।

गरिबी निवारणका लागि संचालित लघु उद्यम विकास अन्तर्ग व्यवसाय सचेतना तथा व्यवसाय शुरु एवं लैगिंकता तथा सामाजिक समावेशीकरण तालिमको लहान नगर प्रमुख मुनि साहले उद्घाटन् गर्नुभयो । उहाँले महिलाहरु उद्यमी भएर अघि बढ्न आग्रह गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताउनु भयो ।

लहान नगरपालिका समृद्ध लहानको परिकल्पनाका साथ अघि बढिरहेको बेला उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताउदै नगरप्रमुख साहले २४ वटै वडाका महिला उद्यमीहरुलाई समृद्ध बनाउन लहान नगरपालिका विभिन्न तालिमहरु दिदै आइरहेको जानकारी दिनुभयो ।

लहान नरपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा संचालित तालिमको उद्घाटन कार्यक्रममा लहान नगरपाकिलाका उपप्रमुख सरियार कुमारी चौधरीले महिला उद्यमीहरु आर्थिक रूपमा आत्मनिर्भर भएपछि घरपरिवार र श्रीमानले हेर्ने दृष्टिकोण नै फरक हुने गरेको बताउनु भयो ।

उहाँले महिलाले आयआर्जन गरी आत्मनिर्भर बन्न आवश्यक रहेकाले सिकेको सीप व्यवहारमा उतार्न सबैसंग आग्रह गर्नुभयो । उपप्रमुख चौधरीले यस तालिमले स्थानीय उत्पादन बढ्ने र उद्यमीहरु स्वरोजगार हुनलाई सहयोग पुग्ने धारणा राख्नु भयो ।

photo_2021-03-23_14-11-17

आफूसँग भएको श्रोत र साधनको पहिचान गर्नुको साथै बजारको माग र व्यवस्थापनलाई ख्याल गरि सिकेको सीप प्रयोग गरेमा प्रशस्त पैसा कमाउन सकिने लहान नगरापालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीको भनाई रहेको छ ।
२० जनाको सहभागितामा ८ दिनसम्म चल्ने यो तालिमले सीप पाएका महिलामा अब केही गरौँ भन्ने उत्साह थपिने विश्वास व्यक्त गर्नु भयो ।

५० जना भन्दा बढी महिला सहभागिता रहेको उद्घाटन कार्यक्रमको लहान नगरपाकिलाका समामाजिक विकास शाखा प्रमुख भानुराज शर्माले संचालन गरेका थिए ।

photo_2021-03-23_14-11-18 (2)

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A