साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधमा तालाबन्दी

  • बैशाख २३, २०७८
  • समृद्धिपथ
alt

शम्भु चौधरी,

सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन् ।

सधारण सभा, बन्द सत्र र चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गर्दा दिन आलटाल गरेपछि तालाबन्दी गर्नु परेको सर्वसहम्तिबाट अध्यक्ष चयन भएका लक्ष्मी नारायण यादवले जानकारी दिएका हुन् ।

साना किसानको प्रक्रिया अनुसार साविक भवानीपुर प्रध को नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मागैन महतो मानेन अनतः सुर्य नारायण महतोले राजीनामा दिनु भयो । त्यस पछि वहाँको ठाउँमा राम अवतार महतो आयो अब अध्यक्षको दावेदार राम अवतार महतो र मागैन महतो भयो ।

तिनै जना गरी अध्यक्ष पदको लागी करीब ३ देखि ४ महिना सम्म घम्सा घम्सी भयो तर पनि चुनिएन अन्तः केन्द्रबाट खेम पाठक, जिल्लाबाट मागैन कामैत, सरोज कुमार यादव र जिल्लाका विभिन्न साना किसानबाट जस्तै सितापुरबाट नन्द किशोर चौधरी, बस्तीपुरबाट सुनिल कुमार साह, भगवानपुरबाट चन्देश्वर यादव लगायत चुनिएका नौ सदस्य २०७७ चैत्र २९ गते सवैको हस्ताक्षर र टिकाटालो सहित सर्वसहम्तिबाट अध्यक्ष बनेका लक्ष्मी नारायण यादवलाई अध्यक्ष पदमा चयन गरेका थिए ।

साधारण सभाको बन्द सत्रमा चयन भएको पदको अनुमोदन गर्ने प्रावधान छ तर त्यसमा अनुमोदन नगराई पुनः चुन्न लगाउने प्रक्रिया अगाडी बढाएकोमा यादवले आपती जनाएका थिए । म बन्द सत्रमा उपस्थित भए पनि कलोजिंगमा हस्ताक्षर नगरेको यादवले दावी गरेका छन ।

अता अर्का शेयर सदस्य श्रीदेव यादवको अनुसार कसैलाई खान दिएर अगाडीबाट थाल छिन्नु कतिको जायज हो । यस्तो कार्य हामीलाई मन्य नहुने बताए । यसका लागी हामीलाई जे गर्नु पर्छ त्यसको लागी तयार रहेको पनि बताए ।

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A