पैगम्बर मोहम्मदको जन्मजयन्ती हर्षोल्लास पूर्वक मनाइँदै

  • आश्विन ११, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहे वसल्लम (रसुल) को १४९८ औँ जन्मजयन्ती (मोहम्मद डे) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।

लहानका मुस्लिम समुदायका अगुवाहरुको अगुवाईमा लहानस्थित बाख्रा बजारमा भेला भई पैगम्बर माहम्मदको जन्मोत्सव मनाइरहेका हुन् ।

यस अवसरमा सबै धर्मावलम्बीबीच एकआपसमा सद्भाव काय राख्न लहान बजारमा बिहान सद्भाव र्‍यालीसमेत आयोजना गरिएको थियो । उक्त र्‍यालीको नेतृत्व मुस्लिम वेलफेयर सोसाईटी लहानले गरेका थिए ।

सद्भाव र्‍याली पश्चात भएको कोण सभालाई सम्वोधन गर्दै लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा सम्पूणर्ा लहान नगरवासीलाई शुभकामना दिदै आपसी भाई चारा र सद्भाव कायम राखी सबै धर्मावलम्वीहरुले आ-आफ्नो पर्व मनाउनु पर्ने धारण रााख्नु भयो ।

photo_2023-09-28_16-00-16

मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । हरेक वर्ष हिजरी संवत् १० दिन पर सर्ने गरेको लहान २ का मौलाना मुस्ताक अहमदले बताए ।

जगतको सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरु धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

इस्लाम धर्मममा महत्वपूणर् योगदान गर्नुभएकाले आज उहाँको उपदेशलाई सम्झने कार्यक्रम छ । यस अवसरमा आज र्‍याली, सभालगायत कार्यक्रम गरिने जनाइएको छ । नूरी जामे मस्जिद लहान लगायत जिल्लाका विभिन्न स्थानमा आज कार्यक्रम गरिँदै छ।

photo_2023-09-28_16-08-03 (4)

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना मुफ्ती अहमद रजा सकाफीले बताए । उनको अनुसार आज लहानसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो”, धर्मगुरु सकाफीले भने, “उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।” मोहम्मदको जन्मदिनमा विभिन्न नात शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

यसै अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदासमेत दिएको छ ।

photo_2023-09-28_16-08-02 photo_2023-09-28_16-08-03 (3) photo_2023-09-28_16-08-03 (2) photo_2023-09-28_16-08-03

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A