जीवछ उदासी
लहान,कातिक २३ गते ।
लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको २०८०/०८१ को लागि अनुमानित १९ करोड १९ लाख ९८ हजार ७८९/३५ पैसाको अनुमानित बजेट पारित भएको छ ।
बिभिन्न सुझाव सहित बजेट पास भएको हो । ६१ वटा शिर्षकमा समेटिएको वार्षिक बजेटलाई पारित गर्दै समितिका सदस्यहरु र नात्मक सुझाव दिनु भएको थियो ।
सञ्चालक समितिका सदस्य राजकुमार साहले बजेट आउनुभन्दा पहिले नीति तथा कार्यक्रम ल्याउन गहन छलफल हुनुपर्ने सुझाव दिनु भएको थियो ।
हेमन्त कुमार यादवले प्रध्यापक र कर्मचारीहरुको बढुवा गर्दा यसको दुर्गामी आर्थिक व्ययको खाका नलियाई गर्ने बढुवाले भविष्यमा पर्न सक्ने प्रभावबारे जिज्ञासा राख्नुभयो । उहाँले राख्नु भएको विषयमा सञ्चालक समितिका सुदिप कुशवाहा राजकुमार साह लगायतका सदस्यहरुले यस विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
पाँच वर्षदेखि वढुवा प्रक्रिया रोकिएकोले समस्या समाधान गरेकोमा राम्रै सन्देस गएपनि क्याम्पसमा विधार्थी संख्या बढाउन गुणस्तरी पढाइमा जोड दिनुपर्ने सञ्चालक समितिका पूर्व अध्यक्ष रामसुन्दर चौधरीले सुझाव दिनुभयो ।
सञ्चालक समितिका अर्का सदस्य सञ्जय कुमार यादवले क्याम्पसको प्रगतिको लागि समयले माग गरेको प्राविधिकधारको पढाइ र बिबिए जनप्रशासन जस्ता संकाय थप्न सक्रिय पहलको आवश्यक्ता रहेको तर्क गर्नुभयो ।
स्वतन्त्र विधार्थी युनियनका सभापति रामकृष्ण यादवले खेलकुदमा बजेट कमभयो भन्दै बजेट बढाउन माग गर्नुभयो । उहाँले मागलाई ध्यानमा राखेर बजेट बढाउनुपर्ने माग सहि रहेको सुदिप कुशवाहाले समेत दह्रो समर्थन जनाएपछि खेलकुदको बजेट थपिएको हो ।
प्रदेशसभा सदस्य तथा सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद चौधरीले बजेटमा रहेको अनावश्यक शिर्षकको रकम कटौती गरेर आर्थिक मित व्यविता अपनाउनुपर्ने सुझाव दिनुभयो ।
संस्थापक सञ्चालक समितिका अध्यक्ष लग लाल चौधरीले क्याम्पसको आर्थिक अवस्था डमाडोल हुन नदिन क्याम्पस प्रशासन चनाखो रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सिरहा -१ का संघीत सांसद तथा सञ्चालक समितिको सदस्य राम शङकर यादवले यो क्याम्पस हाम्रो गौरव हो । यसको अवस्था सुदृढ बनाउन म आफ्नो पदीय जिम्मेबारी अनुसारको सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'गुणस्तरीय शिक्षा दिन यस क्याम्पसको शिक्षण कार्यमा कुनै त्रुटि रहन दिनु हुँदैन । यो क्याम्पस देशकै नमूना क्याम्पस बनाउन हामी दृढ संकल्प लिएर अघि बढ्नुपर्छ ।'
सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरप्रमुख महेश प्रसाद चौधरीले आएका सकारात्मक सुझावहरुलाई ध्यानमा राखेर यस क्याम्पसको भौतिक र शैक्षिक विकास गर्न सहमती संस्कृतिको अबलम्बन गरेर अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा संघीय सांसद राम शङकर यादव पहिलोपटक सहभागी हुनु भएकोले खादा ओढाएर अध्यक्ष चौधरीले सम्मान गर्नु भएको थियो ।
आजको बैठकले आँपको बगैंचा तथा पोखरी ठेक्का लगाउने कार्यविधि २०८० पारित गर्नुको साथै विभिन्न प्रस्तावहरु पारित गरेको थियो ।
आजको बैठकमा सञ्चालक समितिका सदस्यहरु जितेन्द्र प्रकाश महतो,लभ कुमार मण्डल,मन्टी कुमार मण्डल,कुमार कमलेन्द्रम,प्रमोदानन्द झा क्यामपस उप प्रमुख सज्न कुमार साह लगायतका सदस्यहरुले समेत सुझाव दिनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A