छठको रौंनक घाटमा सरसफाइ र हाटबजारमा भीड

  • मंसिर ३, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,मंसि ३ गते ।
दिपावली लगतै छठ पर्वको तयारीमा लागेका श्रदालु भक्तजनहरु तराई मधेशका जिल्लाहरुमा रहेको पोखरी नदी तथा जलाशयहरुको सरसफाई र सौन्दर्यकरणमा जुटेका छन् । स्थानीय हाट बजारहरुमा कृषकहरुले उतपादन गरेका अन्न फलफूल मसाला उखु लगायतका पूजा सामग्रीहरुको लागि हाट बजारमा भीड दे्खिएका छन् ।

आइतबार ३ गते साँझको अर्घ दिई सोमबार विहान उदाउँदो सूर्यको अर्घ दिई सम्पन्न हुने छठ पर्वमा सिरहा जिल्लाको शहरी र ग्रामीण क्षेत्रको पोखरी र नदी किनारको सरसफाई सकिएर सौन्दर्यकरणको सजावटमा लागेका छन् । लहान नगरपालिका –३ रघुनाथपुर पोखरीको सजावट तीन दशकदेखि अति नै मनमोहक रहने गरेको लहान–३ का वडाध्यक्ष रामदयाल महतोले बताउनुभयो । उहाँको अनुसार यसवर्षको सजावट अन्तिम चरणमा पुगेको छ । पोखरीमा घाट सुरक्षितको लागि प्रतिस्पर्धा नै हुने गरेको छ । यस वर्ष झण्डै दुई सय घाट बनाएको छ । न्यूनतमा पाँच सय देखि अधिकतम हजार रुपैया तिरेर घाट सुरक्षित गरिएको हो ।

यसैगरी लहानको खुटी खोला, बलान नदी , गाागन र कमला नदीको सरसफाइ गरी सजावटमा निकै वृद्धि भएको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । उहाँले थप्नुभयो,‘दिपावलीमा घरको सरसफाई र छठमा जलाशयको सरसफाइलाई वर्षैभरी निरन्तरता दिइरहने संस्कृतिको आवश्यक छ ।’

दसैमा खासै उत्साहजनक बजारमा खरिद बिक्री नभएपनि दिपावली र छठमा सिरहाका ठूला देखि साना हाट बजारहरुमा ठूलो भीड देखिएको र सन्तोषजनक व्यापार व्यवसायच चलेको जिल्ला उद्योगा वाणिज्य सङघ सिरहा लहानका अध्यक्ष विकास शारडाले बताउनुभयो । उहाँको अनुसार कृषकले उत्पादन गरेको अन्न अन्नाज फलफूल नगदेवाली सवै छठ पर्वको प्रसादको रुपमा प्रयोग गरिने भएकोले शहरी र ग्रामीण भेगका बजारहरुमा भीडभाड देखियो ।

chhat ko news photocapsion 2

किसानले उत्पादन गरेको अन्न,फलफूल मसाला र नगदेवाली उखु समेत प्रसादको रुपमा प्रयोग गरेर सूर्य देउतालाई अर्घ दिई चढाएर प्रसादको रुपमा ग्रहण गर्दा वर्षैभरी स्वस्थ्य रहने धार्मिक मान्यता रहेकोले कृषकहरु छठ पर्वलाई विशेष आस्था र सामजिक सदभावको रुपमा मनाउँदै आइरहेको पुरोहित विद्यदानन्द झाको भनाई छ । गरीव धनि सबै वर्गले पोखरी नदी जलाश्यमा एउटै घाटमा मनाइने छठ पर्वले सामाजिक एकता र हार्दिकतालाई समेत जोडेको उहाँले बताउनुभयो ।

छठ पर्वमा प्रयोग गरिने माटोको पूजा सामग्री , डुम समुदायले बाँसबाट बनाइने कोनियाँ र विसुन्के र लामा समुदाले बनाइने नाङगलो र मलाह समुदायले वाँसबाट बनाइने ढकिया बेचेर लाखौका व्यापार गर्न भ्याउछन् ।

छठ पर्व मनाउने पोखरी जलाशयमा मुस्लिम समुदायहरु समेत उपस्थित हुने गरेकोले छठपर्वको महिमा विस्तारै बढ्दै गइरहेको भएपनि तराई मधेशका अति विपन्न दलित समुदायको रुपमा रहेको मुशहर समुदायले छठ पर्वमा हुने न्यूनतम पाँच हजार खर्च गर्न नसकिने आर्थिक अवस्था कमजोर रहेकोले इच्छा भएपनि छठ पर्व गर्न नसकिरहेको लहान–२ की गेना सदायले बताउनुभयो ।छठ पर्वको लागि मुसहर समुदायलाई पूजा सामग्री उपलब्ध गराई दिन राहत कार्यक्रम आउनुपर्ने मुसहर समुदायले माग गर्दै आइरहेको उहाँले बताउनुभयो ।

छठ पर्वको महिमा विस्तार भइरहेकोले यस पर्वलाई मनाउन मुसहर समुदायलाई पूजा सामग्री खरिद गर्न र छठमा सबभन्दा महँगो केरा उपलब्ध गराउन केरा उत्पादनको लागि लहान नगरपालिकालाई आत्मनिर्भर बनाउन ध्यान केन्द्रित भएको नगरप्रमुख महेश प्रसाद चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A