खेलकुद प्राथमिकतामा : नगरप्रमुख चौधरी

  • फागुन १६, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १६ गते । 

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भएको छ । 

नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता आयोजना भएको छ ।'सामुदायिक विद्यालयको सुधार गरेर समाजमा देखिएको शैक्षिक विभेद न्युनिकरण गरिने उहाँले प्रष्टयाउनुभयो । 

प्रतियोगिता निष्पक्ष रुपमा हुने र खेलकुदलाई बढावा दिन लहान नगरपालिकाले प्रशंसनीय कार्य गरिरहेको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले भन्दै संस्थागत विद्यालयहरुको शौचालय र खेल मैदान भएको नभए अनुगमन आवश्यक रहेको तर्क गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा पाँच दर्जन विद्यालयहरुको सहभागिता रहेको छ । 

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A