समाचार

    Showing १५१-१६० of ८८० items.
  • कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

    काठमाडौं, २६ असोज । कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।  शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।  सो बैठक पछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्बजनिक गर्दै प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले च

    • प्रकाशित मितिः आश्विन २६, २०८०
    • १४९ पटक पढिएको
    • समृद्धिपथ
  • इजरायलको चेतावनीः ११ लाख गाजाबासी बाहिर निस्क, राष्ट्र संघले भन्यो, ‘परिणाम भयावह हुने देखियो’

    तेल अभिभ, २६ असोज । इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सक्ने जनाएको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएकाे छ भने इजरायलकाे साे चेतावनी पछि संयुक्त राष्ट्र संघले भनेकाे छ, ‘परिणाम भयावह हुने देखियो, यसलाइ इजरायलले राेक्नु पर्छ ।’ यसैबिच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभ

    • प्रकाशित मितिः आश्विन २६, २०८०
    • १२९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

    काठमाडौं, २५ असोज। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ।  पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए।  ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीब

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

    पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।  दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।  तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।  

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • १८० पटक पढिएको
    • समृद्धिपथ
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • ३८६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

    धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्। घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • ३१६ पटक पढिएको
    • समृद्धिपथ
  • करिब सात किलो चाँदीसहित एक पक्राउ

    बनेपा, २५ असोज । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • १९८ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • २४६ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

    काठमाण्डौ, २५ असोज २०८० । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • ३८३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान -५ माओवादी अभियानमा उत्साहजनक सहभागिता

      जीवछ उदासी  लहान,असोज २४  'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-५ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ ।  अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो ।  नेता मण्डलले भन्नुभयो,'माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक छ ।

    • प्रकाशित मितिः आश्विन २४, २०८०
    • ५६० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A