लहानमा चोरी नियणत्रण गर्न प्रहरी गस्ती बढाउनुपर्ने स्थानीयहरुको माग

  • असार २३, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहानको विभिन्न वडाहरुमा यतिवेला चोरी ह्वातै बढेको छ । चोरी गर्ने चोरहरुलाई प्रहरीले नियणत्रणमा लिन प्रहरी गस्ती बढाउनुपर्ने लहानका स्थाानीयहरुले माग गरेका छन् ।


लहान २ का अनिता साह भन्नुहुन्छ, मेरो मदिरा पसलमा एक महिना अघि लाखौ रुपयाँको मदिरा ,नगद, रिचार्ज कार्ड चोरी भयो । प्रहरीमा शंका लागेको व्यक्तिको बारेमका उजुरी पनि दियौ । प्रहरीले दुई चार दिन सोधपुछ पनि गरे । चोरी गर्नेले समान ल्याई दिनेछु स्वीकार पनि गरियो । गाँउमा पटक पटक पञ्चायत पनि बस्यौ । तर स्वीकार गरेको चोरले उल्टै धम्की दियो । केहि भएन । यस्तो समस्या पटक पटक यस चोकमा भइरहँदा पनि चोरलाई समातेर कुनै सजाय नभएकोले मनोवल बढिरहेको छ । यस मिलन चोकमा प्रहरी चौकीको नै आवश्यक्ता छ ।


मिलन चोक देखि पश्चिम ब्रम्हदेव यादवको घरमा दुई वटा भरेको सिलिण्डर नै चोरी गरियो । प्राविधिक शिक्षालयमा चोरी गर्ने चोर पनि समातियो तर पछि छोडि दिायो । लहान ७ नम्वरका दिउसै खसी बोरामा कसेर चोरी गर्ने चोर पनि समाजले ुमात्यो । असार २२ गते दिनको २ बजे नै लहान नगरपालिकामा कार्यरत शिव कुमारी दासको घरमा पसेर दराजबाट लाखौ मूल्यमा गर गहना चोरी भयो । लहानको कुनै वडा चोरीबाट अछूतो छैन । समाज र प्रहरीको अनुसन्धानबाट समेत लागु औषध दुवर्यसनीमा लागेका युवकहरु संलग्न भएको देखिन्छ ।


लहान मिलन चोकका स्थानीय संजय चौधरी, श्यामलाल याादव र मनोज कुमार यादव लगायतका स्थानीयहरु यस मिलन चोकमा प्रहरी गस्ती नआँउदा चोरी गर्नेहरुको मनोवल बढ्दै जान थालेकाले यस दक्षिणी भेगमा प्रहरी गस्तीको लागि चौकी नै स्थापना हुनुपर्ने आवश्यक्ता रहेको छ ।

milan chokma police gasti badhaunu parne.2 photo
लहान २ नम्बरका वडाधयक्ष सियाराम यादवले लहान २ बजार क्षेत्र प्रवेश गर्ने वडा रहेकोले यस वडामा प्रहरी निगरानीको आवश्यक्ता छ । पटम पटक भइरहेको चोरीले स्थानीयहरुमा देखिएको भय हटाउन प्रहरी गस्ती आवश्क रहेको बताउनुभयो ।


उहाँहरुको अनुसार भारतबाट आउने माल समानहरु समेत यहि बाटोबाट लहान बजारमा आउने गरेकोले लहान १,२,२०र २१ नम्वर वडालाई हेर्ने प्रहरी चौकी भएमात्रै नेपाल भारत अबैद्य माल समानहरुको ओहोर दोहोर रोकिनुको साथै चोरी र अपराधका घट्नाहरुमा कमि आउने देखिन्छ । बन्दाबन्दीमा लहान २० मा रहेको ब्रम्हान जंगलबाट दिनहुँ रुखहरु दाउराको लागि काटिने र युवाहरु लागु औषध सेवनको लागि सुरक्षित आश्रय स्थल बनाएकोले समस्या दिनानुदिन बढ्दै जान थालेको छ ।


इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीले प्रहरी कोरोना महामारीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु व्यवस्त रहने भएकोले भएको श्रोत साधनबाट चारैतिर भ्याउन समस्या नै भएपनि सूचना पाउनासाथ प्रहरीले घट्ना स्गथलमा पुगेर अपराध नियणत्रणमा लागि परेको छ । मास्क नलाउनेलाई कारबाही गर्नुपर्ने माथिको आदेश अनसार मंगलबार मात्रै लहान नगरपालिकाका विभिन्न वडाबाट मास्क नलगाउने १४ जनालाई पक्राउ गरी संक्रमण ऐन २०२० अनुसार कारवाही अगाडि बढाएको छ ।

milan chokma police gasti badhaunu parne.3 photo
लहान नगरप्रमुख मुनि साहले भन्नुभयो, चोरी अपराधको घट्नाहरु बढिरहेकोले लहान नगरपालिका यस विषयमा गम्भीर भएको छ । चोरी गर्न अर्को गाँउबाट पेशावर चोरहरु यतिवेला चोरी नगरी लागु औषध सेवन गर्नेहरुलाई लागु औषध सेवन गर्न रकमको खाँचो पर्दा चोरी गर्ने गरेको विभिन्न घटनाहरुबाट प्रष्ट भएकको छ । लागु औषधको कूलतबाट जोगिन रेडियो कार्यक्रम, विभिन्न चेतनामूलक कार्यक्रमहरु भइरहेको छ । चोरी अपारधबाट समाजलाई जोगाउन सामाजका अगुवाहरुले, स्थानीय व्यक्रिहरुले गलत क्रियाकलापमा लाग्नेहरुलाई सहिबाटोमा ल्याउन हामी सबैले उत्तिकै जिम्मेबारी वहन गर्नुपर्छ भने इलाका प्रहरी, नगरप्रहरी लगायत सुरक्षा संयन्त्रहरुसँग मिलेर चोरी र अपराधका घटनाहरु न्युनिकरण गर्न लागि परेका छौ ।

 

 

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A