लहानमा चोरी बढ्यो,प्रहरी प्रशासन सक्रिय हुनुपर्ने स्थानीयहरुको माग

  • श्रावण १२, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिकाको शहरी क्षेत्रमा चोरी हवातै बढेपछि शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन सक्रिय हुनुपर्ने स्थानीयहरुले माग गर्न थालेका छन् । लगातार भइरहेको चोरीको घट्नाहरुमा संलग्न चोरहरुलाई प्रहरीले नियणत्रणमा लिई कारवाही गर्न नसक्दा चोरहरुको मनोवल उच्च भएको पीडितहरुले पीडा पोखेका हुन् ।

लहान ३ अस्पताल चोकमा असार १६ गते राती सबै कोठाको ताला तोडेर १२५ सिसीको स. ८ बा. ९९२० नम्बरको कोटरसायकल सहित सात लाख मूल्यका समानहरु चेरी गरेको पीडा उमेश कुमार साहले सुनाउदै असार २१ गते नै जाहेरी इलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएर दौड्दा दौड्दै थाकिसके न चोर समातियो न समान बरामद भयो अब कहाँ जाने पीडा पोख्नु भयो 

lahanma badhyo chori news.2 photo
पूर्व पश्चिम जाने लोकमार्ग देखि उत्तरपटि रहेको पाँच कोठा पक्की घरमा लागेको ताला सबै काटेर वेफिक्री रुपमा चोरी गरेको राती घरमा कोहि नभएको मौका छोपेर चोरी भएको थियो ।


यस्तै लहान २ मिलन चोकमा रहेको अमन कूल सेन्टरमा बैशाख १५ गते एक लाख मूल्य बराबरको कूल ड्रिङकसहरु , रिचार्ज कार्ड र नगद समेत चोरी भएको भोलिपल्ट नै नाम किटेरै जाहेरी दिएपनि अहिलेसम्म कुनै कारबाही नहुँदा शान्ती सुरक्षाको महसुस हुन नससिकरहेको त्यस पसलका संचालक श्याम साह र उहाँको श्रीमति अनिता साहले पीडा पोख्नुभयो । लहान नगरपालिकाका शहरी क्षेत्रमा यस्ता चोरीको घट्नाहरु दर्जनौ भएपनि कुनै चोर फेला नपर्नुले शान्ती सुृरक्षा महसुस नहुनु स्वभाविकै भएकोले यसतर्फ प्रहरी प्रशासनको ध्यान जानुपर्ने स्थानीयहरुको माग रहेका छन् ।

lahanma badhyo chori news.3 photo
लहान ५ की शिव कुमारी दास आफू नगरपालिकाको कर्मचारी रहेको भन्दै केहि दिन अघि दिन दहाडै घरको ताला तोडेर एक लाख भन्दा बढी मूल्यको सुन चाँदीको गहना चोरी गरिसकको लगतै प्रहरीमा जानकारी गराएपनि न चोर समातियो न गहना पीडा पोख्नुभयो ।


अबेर रातीसम्म मदिरा पसल संचालन हुनु,लागु औषध सेवन गर्ने युवाहरुको विगविगी बढ्नुले चोरीका घट्नाहरु हवातै लहानमा बढिरहेको महिला मानव अधिकारवादी रेणु कर्णको भनाइ रहेको छ । उहाँको अनुसार आफू पनि सचेत रहेने,चोरी भएको लगतै प्रहरीलाई जानकारी दिने र प्रहरीमा जाहेरी दर्ता भइसकेपछि प्रहरीले तदुरक्ताका साथ लागेमा मात्रै चोरहरुलाई नियणत्रणमा लिन सकिनेछ । टोल टोलमा प्रहरी गस्ती आवश्यक छ ।

lahanma badhyo chori news.4 photo
यता लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ, विभिन्न वडाहरुमा भएका चोरीका घटनाहरुले आफू गम्भीर भएर प्रहरी प्रशासनलाई अनुसन्धान गरी चोरीका घट्नामा संलग्न हुने जो कोहि भएपनि नियणत्रणमा लिई आवश्यक कानुनी कारवाही हुनुपर्ने छलफल इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक शरद थापा क्षेत्रीसँग एक चरणको छलफल गरी सकेको जानकारी दिनुभयो ।


यता इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक शरद थापा क्षेत्रीले आएको जाहेरी अनुसार अनुसन्धानको लागि प्रहरी आफ्नो काम गरिरहेको छ भने अबेर रातीसम्म संचालनमा रहने मदिरा पसलहरु बन्द गराउन प्रहरी सक्रिय भैसकेको छ भने चोरीका घट्नामा संलग्नहरुलाई समेत प्रहरीले नियणत्रणमा लिई छाडने बताउनुभयो ।

 

 

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A