लेकमार्गमै रहेको अरुण ट्रेडर्समा लाखौको चोरी

  • कार्तिक २४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान १ दरबार होटेलको पूर्वपटि रहेको अरुण ट्रेडर्समा आइतबार राती अगाडिको ढोकोको ताला र झ्यालको रड काटेर चाँदी , बियर र नगद सहित तीन लाख्य मूल्य बराबरको चोरी भएको छ ।

अरुण ट्रेडर्सका संचालक अरुण कुमार महतोको अनुसार सुखीपुर नगरपालिका १० पिताको कोरोना संङ्क्रमणले पिताको मृत्यु भएपछि मृत्यु संस्कारको लागि सुखीपुरको पुरानो घर गएको मौका छोपी चोरी गरिएको हो । एकातिर पिता मृत्युको शोक अर्कोतर्फ पसलमा लाखौ मूल्य बराबरको चोरी यो भन्दा विपत्ति के नै होला ?

rajmargma raheko arun tradersma  chori.2 photo

सोमबार विहान छिमेकीहरुले जानकारी गराएपछि घट्नाबारे इलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएको अरुण महतोले भन्दै लहानको लोकमार्गसाग जोडिएर रहेको पसलमा घण्टौ लगाएर चोरी हुँदा पनि चोरहरु नसमातिनु विडम्बना भएको दुख व्यक्त गर्नुभयो ।

लगभग तीन घण्टाभन्दा बढी समय लगाएर घरमा पसेर चोरी गरेको हुनुपर्छ महतोले भन्दै लोकमार्गकै छेउमा रहेको घरको ताला काटदा र झ्यालको चारवटा रड काटेर घरभित्र पसेर एक किलो चाँदी ३२ हजार नगद पसलमा भएका बियर लगायत किराना सामानहरु सबै चोरी गरेर घरको पछाडि वियर खाएर बोटलहरु फालि दिएको थियो ।

rajmargma raheko arun tradersma  chori.3 photo

लहान नगरपालिकाको लोकमार्गमा नै घण्टौ लगाएर चोरी हुँदा पनि कसैको आँखा नपर्नु र राती प्रहरीको नियमित गस्ती नहुनुले यसले लहानको सुरक्षमा चाुनौती थपिएको स्थानीयहरुले दुखेसो व्यक्त गरेका छन् ।

लहान नगरपालिका शहरी क्षेत्रमा लागु औषध सेवन गर्ने युवाहरुको झुण्डले राती गर्ने चोरी र अपराधी घट्नाहरु घटाइरहेपनि प्रहरीले नियणत्रणमा लिन नसक्नुले झन्ु असुरक्षा बढाएको स्थानीय शीक्षक बिरेन्द्र यादवको गुनासो रहेको छ ।

rajmargma raheko arun tradersma  chori.4 photo

केहि महिना अघि लहान ३ अस्पताल चोक लहान २ मिलन चोक लगायत अन्य ठाँउहरुमा समेत यस्तै प्रकृतिका चोरीका घट्नाहरु घटेपनि अहिलेसम्म प्रहरीले कसैलाई समात्न नसक्नुले लहानको सुरक्षमा चुनौती थप्दै गएको हो । राती प्रहरी गस्ती बढाउनुपर्ने , लागु औषधको सेवनमा लाग्नेहरुलाई नियणत्रणमा लिइनुपर्ने यसको लागि लहानको प्रहरीको सक्रियता बढ्नुपर्ने आवाज लहानमा चौतर्फी उठ्न थालेको छ ।

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A