कोरोना भाइरससँगै मौसमी रूघाखोकी, लक्षण एउटै रोग फरक

  • असार २२, २०७७
  • समृद्धिपथ
alt

कृष्णसिंह धामी

काठमाडौं। वर्षायाम लागेसँगै मौसमी खोकी (फ्लू भाइरस) को संक्रमण देखिन थालेको छ। यो वर्ष मौसमी खोकीसँगै कोभिड–१९ को महामारीको प्रकोप छ। दुवैका लक्षण एउटै हुँदा यसले थप जोखिम बढाउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए।

विगतका वर्षमा वर्षा याममा मौसमी रुघाखोकीको मात्र सामना गरिन्थ्यो। तर, यो वर्ष भने कोभिड–१९ महामारी पनि छ। जसले गर्दा चुनौती बढी हुने डा। पुनको भनाइ छ।

फ्लू र धूवाँधुलोसँगै वर्षात्को पानीका कारण रुघाखोकीको समस्या देखिन्छ। सामान्यतया एक हप्तामा निको भएर जान्छ। तर, अहिले भने रुघाखोकीजस्तै लक्षण देखिने कोभिड(१९ महामारी छ। जसले गर्दा बढी ख्याल गर्नुपर्ने डा। पुन बताउँछन्

रुघाखोकी कसरी चिन्नेः

रुघाखोकी र कोभिड–१९ भाइरसका लक्षण उस्ता-उस्तै हुँदा रुघाखोकी हो वा कोरोना हो छुट्याउन गाह्रो हुन्छ। त्यसका लागि सामान्यतया लक्षण देखिएको तीन दिनसम्म पर्खनुपर्ने हुन्छ।

यस्ता छन्, रुघाखोकीका लक्षणः

  • नाकबाट पातलो सिँगान बग्ने
  • घाँटीमा खसखस हुने
  • रुघाखोकी लाग्ने
  • रुघा लाग्दा नाक बन्द हुने
  • हाच्छ्यूँ आउने
  • नाके स्वर हुने
  • हल्का ज्वरो आउने
  • जीउ दुख्ने र टाउको दुख्ने
  • कसैकसैलाई डायरिया हुने

यी लक्षण कोरोना भाइसरसँग पनि मिल्छन्। कोरोना लाग्दा पनि रुघाखोकी लाग्ने, घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण देखिन्छन्। त्यसका लागि तीन दिनसम्म सजग भएर बस्नुपर्ने डा। पुन बताउँछन्।

कोभिड–१९ कसरी चिन्नेः

कोभिड-१९ को संक्रमणका लागि सामान्यतया कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आउनुपर्छ। नेपालमा अहिलेसम्म समुदायमा कोरोना संक्रमण नदेखिएकाले संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई मात्र कोरोना संक्रमण हुन सक्छ। त्यसका लागि कोही संक्रमितको सम्पर्कमा आए/नआएको यकिन गर्ने, त्यसपछि अन्य लक्षण पनि हेर्न उनी सुझाउँछन्।

  • खासगरी स्वास फेर्न गाह्रो हुने।
  • खोकी लाग्ने, ज्वरो आउने, सुँघ्ने शक्ति कम हुने।
  • १००.४ डिग्री सेल्सियस भन्दा बढी ज्वरो आउने।
  • स्वासप्रस्वासमा समस्या आउने।
  • छाती दुख्ने, शरीर कमजोर हुने।

यस्ता लक्षण देखिएको खण्डमा कोरोना संक्रमण भएको हुन सक्छ। कोरोना भाइरसको संक्रमितहरूमा पछिल्लो समय सुँघ्ने शक्ति कम हुने लक्षण पनि देखिएको डा। पुनको भनाइ छ।

अरू देशमा फ्लूको प्रकोप जाडोयाममा मात्र देखिने गरेको छ। तर, नेपालमा भने जाडोसँगै वर्षात्मा पनि यसको प्रकोप देखिन्छ। त्यसैले दुवैका लक्षण एउटै भएकाले सतर्कता अपनाएर बस्नुपर्ने उनको भनाइ छ।

यसबाट जोगिन घरमै बसेर तातोपानी पिउने, झोल पदार्थ बढी सेवन गर्ने, प्रशस्त आराम गर्ने, तीन दिनसम्म लक्षण हेर्ने र त्यसपछि पनि निको भएन, कुनै सुधार आएन वा झन च्याप्यो भने कोरोना भाइरसको परीक्षण गराउनुपर्ने डा। पुनको भनाइ छ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A