‘यसकारण जनताले मत सूर्यमा हाल्ने र एमालेलाई जितउने मुडमा छ’

  • चैत्र २६, २०७८
  • समृद्धिपथ
alt


जीवछ उदासी
स्थानीय चुनवको बैशाख ३० गते एकै चरणमा हुन गइरहेको छ । चुनावी परिणाम आफनो पक्षमा ल्याउन दलहरु सबै शक्ति झोक्ने गरी तयारी गरिरहेको छ । यस पटकको स्थानीय चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनाव लडने गृहकार्य गरिँदैछ । यता नेकपा एमाले एक्लै गठबन्धनसँग लडन तयार रहेको ताल ठोकिरहेको छ । चुनावी परिणाम के हुने ?यसबारे विभिन्न अडकलहरु भइरहेको छ । चुनावमा जीतको दावी गरी चुनावी मैदानमा जानुलाई सुन्दर पक्ष नै मानिन्छ । पाँच वर्ष स्थानीय सरकार हाँकेका दलहरु उपलब्धिको सूची तयार गरेर जनतामा जानुपर्छ भने प्रतिपक्षमा रहेका दलहरुले पाँच वष्र्रमा मा कहाँ कहाँ चुक्यो भन कमजोरी खोज्दैछ । चुनावमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गरेका जनप्रतिनिधिहरुको मनोवल उच्च देखिन्छ । जनताको हीतभन्दा व्यक्तिगत स्वार्थलाई महत्व दिइनेहरुले कमाएको रकम खर्च गरेर फेरि जित्न सकिन्छ कि भने योजना अनुसार अघि बढिरहेको छ । हरेक विगतको निर्वाचनभन्दा आउने निर्वाचनमा जनतामा पनि चेतना स्तर वृद्धि भएको कारणले चुनावी परिणाममा फरक हुने गर्छ । तर, एउटा कुरा प्रष्ट छ जनहीतमा जनपक्षीय काम गर्ने दलका नेताहरु चुनावमा झनै फराकिलो मतको अन्तरले जित्ने गरेको विश्वकै रेकर्ड देखिन्छ ।

२०७४ सालको निर्वाचनमा नेकपा पहिलो पार्टी बन्न सफल भएको एमाले एक्लै पाँच दलीय गठबन्धनसँग भीडने चुनावी मैदानमा उत्रेको छ । पाँच दलीय गठबन्धनले कहि चुनावमा पछि परयो भने नेकपा एमालेको लागि आउने संघीय र प्रदेशको चुनाव पनि सहज हुनेछ । यहि संभावना प्रवल देखिएको छ । सातवटै प्रदेशमा एमालेमा प्रवेशको लहरले यहि संकेत गरेको छ । पाँच दलीय गठबन्धन बनाएर एमालेसँग चुनावमा जानुपर्ने बाध्यता नै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टीको सामुहिक मनोवैज्ञानिक हार भएको देखिन्छ । सेटिङ्गमा परमादेशको भरमा केपी ओलीको सरकार ढालेको प्रचण्ड र माधव नेपाल काँग्रेसको छायाँमा श्वास लिन पुगेकोले काँग्रेसभन्दा माओवादी र एकिकृत समाजवादीलाई गठबन्धनको बैशाखी आवश्यक भएको छ । भारतमा गठबन्धनको नाउँमा भारतीय काँग्रेसको हाल बेहाल भएकोले गठबन्धन किन गर्ने भने मत नेपाली काँग्रेसभित्र पनि बलियो रहेकोले प्रचण्ड र माधव नेपाललाई कुनैवेला अलपत्र छाडिदिने संभावनालाई पनि नकार्न मिल्दैन ।

नेपाली काँग्रेसको सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले गठबन्धन गरेर जानुपर्ने पक्षमा देखिएको छ भने शेखर कोइराला समूह गठबन्धन होइन, आवशयक परेको स्थानीय तहमा तालमेल गर्न सकिने बताइरहेका छन् । काँग्रेसभित्रै गठबन्धनको विषयमा दुई मत रहेकोले गठबन्धनको भविष्य छैन । गठबन्धन गर्नु भनेको प्रचण्ड र माधव नेपाललाई स्थानीय चुनावमा इज्जत जोगाई दिनु हो । कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाई दिएकोले गठबन्धन गरेर लैजानुपर्ने देउवा पक्ष सकारात्मक हुनु स्वभाविकै हो । तर, काँग्रेसको बैशाखीमा हिड्ने माओवादी र एकिकृत समाजवादीका अध्यक्ष प्रचण्ड र माधव नेपालको भाकल कहिलेसम्म काँग्रेसले पुरा गरि रहने आवाज नेपाली काँग्रेस भित्र कोइराला खेमाले उठाइ रहनुले देउवा पक्षको लागि टाउको दुखाइको विषय हो ।

छिमेकी मुलुक भारतमा गठबन्धन गरेर भारतीय जनता पार्टीलाई कमजोर गर्न गरेको प्रयास विफल भइरहेको छ । बिजेपीले जनताको साथ पाएर काँग्रेससँग गठबन्धन गरेको दलहरुलाई जसरी परास्त गरिरहेको छ । यहि अवस्था आउने स्थानीय चुनावमा काँग्रेस, माओवादी, जसपा र एकिकृत समाजवादीलाई हुने संभावना छ । घटनाक्रमले पुष्टि हुँदै आइरहेको छ । नेकपा एमालेको नौ महिनाको सरकारले गरेको जनपक्षीय कामबाट तर्सेर गठबन्धन बन्यो । त्यतिवेला गैर कम्युनिष्टहरुमा गठबन्धन भएको थियो । केपी ओलीको नेतृत्वमा गठित नेकपाको झण्डै दुई तिहाइको सरकारलाई कमजोर गर्न प्रचण्ड र माधव नेपालले बामपन्थी धार त्यागेर यथास्थितिबाद दक्षिणपन्थी धारसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार गठन गरेको कुरा जनताको अगाडि प्रष्ट छ । त्यसकारण बामपन्थीको मूलधार नेकपा एमाले र केपी ओलीको चटानी अडान नै रहेकोले एमालेको पक्षमा जन लहर छ । यो जनलहरको उभारले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनलाई परास्त गर्ने अवस्था सृजना हुँदैछ ।

गएको स्थानीय संघीय र प्रदेशको निर्वाचनमा बढी स्थानमा जितेका तत्कालिन राजपा र संघीय समाजवादी अहिलेको जनता समाजवादी र लोसपाको पक्षमा लागेका जनमत फेरि एमालेतर्फ आकर्षित भइरहेको छ । यसकारण मधेस प्रदेशको सरकारले जनहीतमा काम गर्न सकेन । भ्रष्टाचारलाई संस्थागत रुप दिइएको मधेस प्रदेशको सरकारको काम काजबाट जनता निरास भयो । केपी ओलीको नेत्वको सरकारले हुलाकी सडक निर्माण , राष्ट्रिय राजमार्गलाई चारलेन र शहरी क्षेत्रमा छ लेन बनाउने कार्यको सुरु , मरिड सिंचाई डाइभर्सन, बृद्धबृद्धालाई दिइने भत्तामा बृद्धि लगायत सयौ योजनाहरु लिएपछि मधेसको समृद्धि र कल्याण केपी ओली नेतृत्वकै सरकारमा संभव रहेको ठम्याइ गरेर यस प्रदेशमा एमालेमा प्रवेशको लहर चलेको छ । स्थानीय चुनावमा समेत एमालेको बलियो पकड हुँदैछ । भ्रमको राजनीति खेति गरेर जाति, धर्म र समुदायलाई विभाजन गर्ने राजनीतिबाट मधेसका जनता टाढिनु राष्ट्रियता र समृद्धिको लागि एमाले बाहेक अर्को पार्टी नरहेको बुझिसकेका छन् । तसर्थ जतिदल गठबन्धन बनाएपनि एमाले कमजोर देखिएको मधेस प्रदेशमा पनि संगठित र मजबूत भइरहेको अवस्था छ ।

अर्को मूल्याङकनको आधार के छ भने जहाँ जहाँ एमाले स्थानीय तहमा जितेका छन् त्यस स्थानीय तहमा विकास भएको छ । समृद्धिको आधार तयार भएको छ । प्रगतिशील समाजवाद स्थापनाको लागि रेखा कोरेको छ । जहाँ काँग्रेस, जसपा, माओवादी जितेका हुन, त्यस स्थानीय तहमा भ्रष्टाचारको अखडाहा नै बनेको छ । यहि चरित्र मिलेको कारण अहिले पाँच दलीय गठबन्धन बनाएर एमालेलाई घेराबन्दीमा पार्न खोजिदैछ भने कुरा जनताले राम्ररी बुझ्न पाएको छ, चिन्न पाएको छ ।
गठबन्धनको सरकारले कुनै पनि जन हीतमा काम गर्न नसकेर आफन्तलाई पोस्ने र महँगी बढाएर जनतालाई दुख दिनु बाहेक के नै राम्रो काम गरेको हो ताकि जनमत गठबन्धनतर्फ आकर्षित होस् । चुनावको मुखमा एमालेका हरेक नेता कार्यकर्ताहरुले जसरी सक्रिय देखिएका छन् । आफ्ना एजेन्डाहरु जनताको माझमा चुस्त दुरुस्त संगठनको माध्यमबाट लैजाने कार्यमा सक्रिय रहेको छ । यहि गतिमा अघि बढिरहने हो भने एमाले कार्यकर्ताको सक्रियता र प्रतिवद्धताले पनि पाँच दलका गठबन्धनलाई परास्त गर्न सकिने निश्चित छ । राजनीतिमा एजेन्डा र एजेन्डालाई कार्यान्वयन गर्ने तरिकाले निकै महत्व राख्दछ ।

आज देशमा जे जति जनपक्षीय कामहरु भएका छन् सबै एमालेको सरकारको पालामा भएको जनतामा नमेटिने छाप परेको छ । देशैभरिमा सबैभन्दा बढी २४ वटा भएको वडा रहेको लहान नगरपालिकामा भएको विकासले पनि जनतामा चेत खुलिरहेको छ । लहानमा एमालेबाट निर्वाचित मेयर उपमेयर वडाध्यक्षहरु जुन शैलीमा नगरको विकास गरे अरु दलबाट संभव छैन । गठबन्धनमा रहेका दलहरुको स्थानीय सरकारमा वर्चश्व रहेको स्थानीय तहहरुमा किन त्यस प्रकारको विकास हुन सकेन ? लहान नगरपालिकाका जन प्रतिनिधिहरुले गरेका प्रतिवद्धताको ९० प्रतिशत काम गरेर जनतालाई हस्तान्तरण गरेको छ । लहानमा नयाँ बजार निर्माण,फोहोरबाट मोहर र आर्यघाट गरी ३२ करोडको योजना गठबन्धनको सरकार केन्द्रमा बनेपछि तगारो खडा गरेको हो । अब जाति , समुदाय र सम्प्रदायको नाराले जनताले पत्याउने छैन । नेकपा एमालेले तय गरेको सुखी नेपाली,समृद्ध नेपालको नारालाई कार्यान्वयन गराउन फेरि एमालेलाई नै रोज्ने मुड बनाइ सकेको अवस्था छ ।

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A