उपनिर्वाचन उपेन्द्र यादवको लागि कति सहज ?

  • बैशाख ६, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ -१,बारा-२ र चितवन -२ मा हुने निर्वाचन दलहरुको प्रतिष्ठा दाउमा लागेको अडकल भइरहेको छ । कुनै पनि निर्वाचन सहज र सरल हुँदैन । तीनवटा निर्वाचन क्षेत्रमा सीमित निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र चितवन -२ रवि लामिछाने जितेको क्षेत्र बारा -२ उपराष्ट्रपति राम सहाय यादव जितेको क्षेत्र हो । तीनै क्षेत्रमा आफ्नो आफ्नो विरासत कायम राख्न सारा शक्ति दलहरु झोकि रहेको छ । चितवन र तनहुँमा काँग्रेस एमालेको लागि रास्वपा भारी हुने देखिको छ भने बारा -२ उपेन्द्र यादवको लागि अग्नीपरीक्षाको रुपमा रहेको चर्चा चलिरहेको छ ।

बारा -२ मा उपेन्द्र यादव उम्मेदबारी  दर्ता गराउनुभन्दा आगाडि उहाँलाई  जति सहज लागेको थियो अहिले अवस्था  त्यति सहज छैन  !  यादवको अनुहारमा देखिएको निरासाले नै यो कुरा प्रष्टरुपमा  झल्किरहेको छ । राम सहाय यादवलाई उपराष्ट्रपतिमा जिताएपछि बाराका मतदाताहरु पुलकित भएर उपेन्द्र यादवलाई जिताउने चाहना जसपाका नेताहरुमा थियो । तर बाराका मतदाताहरु आउने दिनमा जसपा पार्टीको अध्यक्ष हुन सक्ने खुबि भएको नेतालाई उपराष्ट्रपतिमा सीमित गरेर बारावासीको लागि उचित निर्णय नगरेको तर्कपनि जसपाभित्रै उठिरहेको छ । बारावासीले राम सहाय यादवलाई उपराष्ट्रपतिमा मात्रै सीमित हुन मददान गरेको थिएन ।  सक्रिय राजनीतिमा राम सहाय यादव रहि रहनुपर्ने सारा संभावनालाई आफू सांसद हुन उपेन्द्र यादवले यस्तो गरेको रोसपनि मतदाताहरुमा देखिन्छ । यादव समुदायको मत उपेन्द्र यादवले  चुनाव जित्ने अनुमान भइरहेको छ भने   यादवको विरोधमा गैर यादव मतदाताहरु धुर्विकरण भइरहेको अर्को चुनौतीको सामाना उहाँलाई गर्नुपर्ने देखिन्छ । गठबन्धनका नेताहरु चुनावी मञ्चमा देखिएपनि मतदाताहरुको मनमा यादवप्रति सहानुभूति छ कि छैन त्यो कुरा महत्पूर्ण हो । मंसिर ४ को निर्वाचनमा गठबन्धन  मधेस प्रदेशमा विश्वसनीय नरहेको प्रमाणित भैसकेको छ । उपेन्द्र यादवको पद र कदले भोली  सदनमा समस्या हुनेहरुले मुखमा राम राम वगलीमा छुरी भन्ने उखान चरितार्थ भयो भने यादवलाई अर्को  चुनौती हुनेछ । 

सप्तरी-२ मा यादवले विकासको काम गरेर पनि फराकिलो मतले हारको सामना गर्नु परेको थियो । अहिले बारामा पनि त्यस्तै प्रकृतिको चुनावी वातावरण बारामा बन्न थाल्नु उपेन्द्र यादवको लागि अर्को चुनौती खडा भएको छ  । नेपाली काँग्रेस,नेकपा माओवादी लोसपा नेकपा एकिकृत समाजवादीको गठबन्धनको मत यताउता भएन दलका उर्दी कार्यकर्ताले पालना गरेको खण्डमा मात्रै उपेन्द्र यादवको लागि जित्ने बलियो  त आधार हो । तर गठबन्धन नामको लागि छ कि कामको लागि पनि हो त्यो त १० गतेपछि घामजस्तै छर्लङ्ग हुनेछ । त्यो भन्दा आगाडि उहाँको जीत हारबारे विभिन्न अडकलहरु हुन थालेको छ । उपेन्द्र यादव सप्तरी -२ बाट चुनावमा पराजित भएपछि उहाँले बाराको यात्रा गर्नुहुँदैन्थ्यो । पाँच वर्ष संगठन निर्माण र पार्टीको आन्तरिक जीवनमा समय दिँदा उचित हुने जसपाका अधिकांश नेताहरुको मनसाय पनि व्यक्त भइरहेको छ । यस्तो अवस्थामा उपेन्द्र यादवको लागि बारा -२ सोचेजस्तो सहज छैन् । 

मंसिरको निर्वाचनमा शिवचन्द्र कुशवाहा ३५४ मतले मात्रै पराजित हुनु भएको थियो । कुशवाहा यतिवेला जनमत पार्टीबाट उम्मेदबार भएर सारा तागत झोक्दै धर्तीपुत्रको नारा दिएर चुनावमा होमिएको छ । निर्वाचन नजिकिँदै गएपछि उपेन्द्र यादव र कुशवाहाको बीचमा कडा प्रतिस्पर्धा हुने सङ्केत देखिन थालेको छ । एमालेको उम्मेदबार पुरुषोत्तम पौडेल,आजपाका अरुण ज्ञावाली रास्वपाका रमेश खरेलको पक्षमा पनि जनलहर अहिलेसम्म देखिएकोले बारा -२ मा थोरै मतले जो पनि बाजी मार्न सक्ने चर्चाले पनि त्यतिकै गति लिएको छ । बारा -२ मा अरुको जीतहारभन्दा उपेन्द्र यादवको जीतहारले निकै महत्व राख्नेछ । यादवको लागि उप निर्वाचन अग्नीपरीक्षा त हो नै । राजनीतिक जीवनपनि दाउमा लागेको छ । जित्नुभयो पनि उहाँको लागि पार्टीभित्र हैसियत र शक्ति सन्तुलन कायम रहला । पराजित भयो भने पार्टीको अध्यक्ष पदमा पनि प्रश्न उठने खतरापनि त्यतिकै छ । तसर्थ,उपेन्द्र यादवलाई बारा-२ जित्नैपर्ने बाध्यता भएपनि मतदाताको निर्णय सर्वोपरि हुनेछ । चितवन-२ र तनहुँ -१ मा नेपाली काँग्रेसका उम्मेदबार जीत नारायण श्रेष्ठ र गोबिन्द भट्टराइको लागि रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्ले चुनावी नतिजा हात पार्न सक्ने संभावना बढ्दै जान थालेको छ । चितवन -२ मा रवि लामिछानेको लोकप्रियतामा कमि आएको छैन् । यहि अवस्था देखेर नेपाली काँग्रेस र नेकपा एमाले रवि लामिछानेलाई हराउन हिसाव किताबमा लागेको कुरा बाहिरिएको छ । यस्तो भयो भने लामिछानेको लोकप्रियता झनै बढ्ने चर्चा भइरहेको छ । तनहुँमा स्वर्णिम वाग्ले दिनानुदिन मजबुत हुनुले उपनिर्वाचनको परिणाम पहाडमा घण्टी र मधेशमा होरन बज्ने संकेत २०८४ को लागि नहोला भन्न सकिन्न । पुरानो  पार्टीहरु चुनावी गठबन्धन गरेर जनतालाई आफ्नो पक्षमा पार्ने मनोविज्ञानबाट अलग भएर जनताको सेवामा समर्पित हुन जरुरी छ ।सुशासन समृद्धि शान्ति र विकासको लागि नयाँ शिराबाट अघि बढ्नुपर्छ भने पाठ पुरानो पार्टीको लागि सन्देस हुनेछ उपनिर्वाचनको परिणाम । सधैं इतिहास र शहिदहरुको नाम भजाएर दशकौ जनता मतदाताहरुलाई भ्रममा राख्न नसक्ने परिस्थिति देखापरिसकेको छ । पुरानो दलको रवैयाको विकल्पमा घण्टी र होरन बज्ने अवस्था १० गते हुने निर्वाचनमा मतदाताहरु मत खसाल्ने अवस्था आउन सक्छ ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A