महिला हिंसा बढ्दै नवराजपुर गाउँपालिकामा
जीवछ उदासी
लहान,साउन ९ गते
हुलाकी मार्गमा पर्ने भारतीय सीमासँग जोडिएको मवराजपुर गाउँपालिका महिला हिंसाको चपेटामा परेको अधिकारकर्मीहरुले बताएका छन् ।
साउन ६ गते नवराजपुर -४ राम शङकर यादव र सुन्दर यादव दाजुभाइ मिलेर अमानीय तरिकाले रड तताएर संजना यादवलाई बेहोस हुनेगरी कुटपिट थिए । पीडित संजनालाई आधारभुत अस्पताल नवराजपुरमा भेटन पुगेका मानव अधिकारवादी राजकुमार राउत र महिला मानव अधिकारकर्मी रेणु कर्ण र गीता साहले यस्तो बताउनु भयो । हिजो शुक्रवार उहाँहरु पीडितलाई भेटेर आएपछि सञ्चारकर्मीहरुलाई यस्तो बताउनुभयो ।
दस वर्ष आगाडि एउटा महिलालाई आफ्नै नातेदारले वोक्सीको आरोपमा मलमुत्र खुवाएको,गत वर्ष नवराजपुर -१ की रिंकु सदायलाई बलात्कृत भइ मृत्यु वरण गर्नु परेको,नवराजपुर -२ की आनन्दी सदायलाई पनि हिंसा सहन नसकेर मृत्यु वरण गर्नु परेको घटनाले त महिला हिंसाको डरलाग्दो प्रकृतिको घटना घटिरहेको नवराजपुर गाउँपालिकामा गएको साउन ६ गते संजना यादवलाई पति राम शङकर यादव र देवर सुन्दर यादवले हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर रड तताएर जीउभरि नै डामेको अमानवीय ढङगले गरेको कुटपिटको घटनाले मानव अधिकार अन्तर्गत पर्ने महिला अधिकार सङ्कटमा परेको उहाँहरुले बताउनुभयो ।
माइती भारत बिहार मधुवनी जिल्ला भेलहा भएकी संजनाको पिता बुधन यादव आमा गीता देवी यादवले नेपाल र भारतबीच रहेको बेटी रोटीको सम्बन्धक रहेकोले छोरीको विवाह गरेको तीन वर्षमा तीन दर्जनभन्दा बढी हिंसाको घटना छोरी संजनाले सहेको पीडा पोख्नुभयो । आफूहरु भारतीय नागरिक भएकोले कसरी न्याय पाउने ? मानव अधिकारवादी र महिला अधिकारवादीहरुसँग गुहार माग्नुभयो ।
हिंसामा परेकी संजनाले बल्ल बल्ल छिमेकीहरुले ज्यान जोगाइ दिएको सुनाउनुभयो । मलाई ज्यानै मार्नेगरी सासु नागरिकता देवी पति र देवरले षडयन्त्र रचेको पीडा पोख्नुभयो ।" विवाह भएको तीन वर्षमा एउटा पनि गलती कमजोरी नगरी पारिवारिक अनुशासनलाई पालना गरेर घर व्यवहारको काम गर्न चुकेको छैन । मलाई हत्या गरेर नजिकै रहेको भारतीय माइतीतिर नै लास फालिदिने योजना थियो । मलाई दोस्रो विवाह गरेर ल्याएको पति राम शङकर यादवले पहिलो पत्नीलाई पनि हिंसा गरेर नै भगाएको थियो," पीडित संजनाले भन्नुभयो,अब सामाजिक मिलापत्र होइन कानुनी न्याय चाहियो ।"
संजनालाई न्याय दिलाउन सिरहा -२ का सांसद शिव यादव मधेश प्रदेश सभा सदस्य ललिता दास र नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवले संजनालाई भेटेर नै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरि सक्नु भएको छ ।
नवराजपुर आधारभुत अस्पतालमा उपचार भइरहेको संजना यादवको उपचारमा एक महिना लाग्न सक्ने अस्पतालका चिकित्सक धर्मेन्द्र यादवले बताउनुभयो । आगोमा तताएको डरले जीउभरि नै डामेकोले छालाको घाउ निको हुन समय लाग्न सक्ने उहाँले बताउनुभयो ।
संजनाको पति राम शङकर यादव सासु नागरिकता यादव प्रहरी हिरासतमा छन् भने देवर सुन्दर यादव फरार रहेका छन् ।
।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A