राष्ट्रिय

    Showing १-१० of ९२२ items.
  • प्रहरी निरीक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, प्रेस चौतारीको विरोध

    सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखाले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ। हिमालय टेलिभिजन र रातोमसि डटकमका सिराहा संवाददाता राय आइतबार गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युसम्बन्धी घटनाको रिपोर्टिङ गर्न जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवले मोटरसाइकल रोकी हेल्मेट नलगाएको भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको हो। प्रत्यक्षदर्शीका अनुसार, निरीक्षक यादवले रायलाई "हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?" भनेर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • १३१ पटक पढिएको
    • समृद्धिपथ
  • श्रद्धालु भक्तजनलाई नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा निःशुल्क चिसो पानी वितरण

    फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर परिसरमा सोमबार लागेको मेलामा श्रद्धालु भक्तजनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठन, लहान नगर कमिटीले निःशुल्क चिसो पानी वितरण गरेको छ। मेलामा दर्शन तथा भाकल चढाउन आएका भक्तजनलाई लक्षित गरी संगठनले चिसो पानी वितरणको कार्यक्रम आयोजना गरेको हो। संगठनका अनुसार, नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता सुदृढ गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुनेछन्। नेपाल मुस्लिम इत्तेहाद संगठनका नव निर्वाचित केन्द्रीय अध्यक्ष हारुण हल्वाईद्वारा घोषित “हाम्रो संगठनले मुस्ल

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • १६९ पटक पढिएको
    • समृद्धिपथ
  • बजार अनुगमनका क्रममा दर्ता नभएका र बिलबिजक नराख्ने पसलहरूलाई जरिवाना

    लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा बिहीवार बजार अनुगमन गरिएका छन्। संयुक्त बजार अनुगमनका क्रममा लहान क्षेत्रमा सञ्चालित अधिकांश पसलहरू व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको, दर्ता भएका व्यवसायको नविकरण नगरेको, खरिदबिक्रीको बिलबिजक नराखेको तथा मूल्यसूची नराखेको अवस्थामा भेटिएका हुन्। अनुगमनका क्रममा अनियमितता भेटिएका पसलहरूमाथि जरिवाना तोकिएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • १४८ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

    फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ३२१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा वडा नं. ६ मा निजी शिक्षकमार्फत पठनपाठन सुचारु गर्ने तयारी

    फिरोज सिद्दिकी  सिरहा, वैशाख १५ गते । सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण उत्पन्न शैक्षिक संकट समाधान गर्न सिरहा नगरपालिका वडा नं. ६ ले महत्वपूर्ण कदम चालेको छ। वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा वडाले भोलि मिति वैशाख १६ गतेदेखि निजी शिक्षक नियुक्त गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।  वडाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनले गरिब, निमुखा र दलित समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। सूचनामा भनिएको छ, 'हामी शिक्षक आन्दोलनसँग ऐक्यबद्धता जनाउँछौं, तर आन्दोलनका कारण सर्वसाधारणका छोराछोरी शिक्षा पाउनब

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • २९७ पटक पढिएको
    • समृद्धिपथ
  • महाधिवेशनमा किसानको जोश: मुस्लिम इत्तेहादले गर्‍यो विशेष निमन्त्रणा

    फिरोज सिद्दिकी  सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ।   बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो। 'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ३५५ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहा प्रादेशिक अस्पतालमा तालाबन्दी खुल्यो, अस्पताल सुधारको मागबारे सोमबार पुनः छलफल हुने

    सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए। ८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो। सिरा

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • १७४ पटक पढिएको
    • समृद्धिपथ
  • चिकित्सक आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प

    लहान, १२ वैशाख । शिक्षक आन्दोलन अझै नसुल्झिँदै गर्दा चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएपछि देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त भएको छ। विगत २४ दिनदेखि विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरु सडकमा रहेका बेला अब चिकित्सकहरुले समेत सरकारविरुद्ध आवाज उठाएका छन्। सरकारले आवासीय चिकित्सकहरुलाई आठौँ तहसरहको सेवा सुविधा दिने निर्णय गरेको भए पनि देशभरका मेडिकल कलेजहरुले उक्त निर्णयको अवज्ञा गर्दै कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आक्रोशित बनेका छन्। यही असन्तुष्टिका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन्। बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग आन्दोलनरत चिकित्सकहरुको संव

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • १६१ पटक पढिएको
    • समृद्धिपथ
  • २५ लाखको मलामी विश्राम स्थलमा भ्रष्टाचारको आशंका: लहान-१६ मा स्थानीयको आक्रोश

    फिरोज सिद्दिकी  सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्। जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ।  “यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खा

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ३७७ पटक पढिएको
    • समृद्धिपथ
  • चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा छानबिन समिति गठन

    सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवासी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यका अनुसार घटनाको गम्भीरताका कारण विशेष समिति बनाइएको हो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा गठित छानबिन समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन्। डीआईजी आचार्यका अनुसार समितिलाई मृत्युअघिको घटनाक्रम, प्रहरी प्रशासनको भूमिका तथा मृत्युको कारणबारे विस्तृत अनुसन्धान गर्न कार्यादेश दिइएको छ। २५ वर्षीया आनन्दीदेवी सदाय वैशाख २ गते नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थि

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • २९७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A