स्वस्थ रहन मुस्कुराउने बानी बसालौं, तपाईँको एक मिठो मुस्कान धेरै रोगको औषधि बन्न सक्छ

  • जेठ २३, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । एक पटक सम्झनुस त तपाईँ पछिल्लो पटक कहिले मुस्कुराउनुभएको थियो ? सम्झनु भयो ? कन्फ्युज हुनु भयो होला । किनकी तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पराउदैनौँ ।

खैर केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस, मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ भनौ तपाईँको एक मिठो मुस्कान धेरै रोगको औषधि बन्न सक्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक जना प्रोफेसरले हालै गरेको आफ्नो एक खोजमा मुस्कान केवल मनलाई खुशी दिने मात्रै नभई स्वास्थ्य उपचारको अचुक माध्यम समेत रहेको पत्ता लगाएका छन् । खोजकर्ता प्रोफेसर जोन डाल्तनको तर्क छ, मुस्कुराउदा खेरी अनुहार देखि घाँटीसम्मको मांसपेशीको ब्यायम हुन्छ । अनि अनुहारको सबै मांसपेशी कस्सिएर छाला चाउरी पर्न समेत दिदैन ।

उता बोस्र्टन युनिभर्सिटीमा गरिएको अर्को खोजमा मुस्कुराएर गरिएको काम पुरा हुने सम्भावना ५० प्रतिशतले बढ्न जान्छ । यदी तपाईँ कोहीसंग पहिलोपटक भेट्दै हुनुहुन्छ भने मुस्कुराउने गर्नुस । यसले भेटघाटको माहोल नै रमाइलो र सुन्दर बनाउछ जसका कारण तपाईँ खुलेर कुराकानी गर्न सक्नुहुन्छ ।

अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन व्याबसायीक जीवनमा पनि धेरै महत्वपूर्ण हुन्छ । जब तपाईँ विहान देखी नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ । तपाईँको पुरा दिन नै खुशीसंग वित्छ ।

यति कुरा बुझेपछि ढिलो किन ? राम्रो स्वास्थ्यका लागि निशुल्क पाइने मुस्कान किन प्रयोग नगर्ने ?

हास्नुको फाईदा

एउटा भनाई छ, जो धेरै हास्छ उ धेरै बाच्छ । त्यसैले हाँस्दा खेरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र मस्तिष्कमा इन्ड्रोफिन नामको रसायन उत्पादन गर्छ । यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । रक्त प्रवाहमा सुधार ल्याएर यसले दिमागमा अक्सिजनको प्रभाव बढाउन सहयोग गर्नुका साथै रक्तचाप घटाई मुटुलाई स्वस्थ बनाउँछ । मुटु स्वस्थ्य हुनु नै हाम्रो आयु लम्बिनु हो । शायद त्यही भएर भनिएको होला जो धेरै हास्छ उ धेरै बाच्छ ।

वैज्ञानिकहरुका अनुसार हाँसोले तनाव न्यून गर्छ र साँघुरिएका मुटुका धमनीहरुलाई तन्काई रक्त प्रवाह सहज बनाइदिन्छ । हाँसोले राम्रो कोलेस्ट्रोलको मात्रालाई वृद्धि गरिदिन्छ । मासिक धर्म रोकिन थालेपछि महिलामा हुने मुटु रोगको खतरालाई समेत यसले घटाउने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् ।

युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका प्राध्यापक डा मिचेल मिलरका अनुसार एकाबिहानै उठेर हाँस्ने मानिसको स्नायुको कोष सकारात्मक हुने भएकाले बिहानै १५ मिनेट हाँस्दा दिनभरि सकारात्मक ऊर्जा आउँछ ।

त्यसैले मुहारमा दुःख हैन हासो र मुस्कान छर्नुस् अनी बाच्नुस् धेरै बर्ष ।

हास्नुको जस्तै रुनुको पनि फाइदा 

स्वास्थ्यको लागि जसरी दिनमा एक÷दुई पटक मन खोलेर हाँस्दा फाइदा हुन्छ, त्यसरी नै कहिलेकाहीँ मन हल्कामात्रै होइन स्वास्थ्यलाई पनि फाइदा नै गर्छ । मनोचिकित्सकहरूको भनाइअनुसार कहिलेकाहीँ रुनाले कुनै प्रकारको हानि–नोक्सानी हुँदैन । रुनाले व्यक्ति तनावरहित एवं आफूलाई हल्का महसुस गर्दछ । आँखाबाट झर्ने आँसु व्यक्ति मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो ।

जब कसैले हामीलाई आघात पु¥याउँछ वा हामी अत्यधिक दुःखी हुन्छौं, त्यसबखत हामी रुन्छौं । आखाँबाट आँसु झर्न थाल्छ । आँखाबाट झरेको आँसुले तनावमुक्त बताउँछ । मनोवैज्ञानिकहरू भन्छन्, ‘विपत्ति, दुःख र अत्यधिक तनावका स्थितिमा पनि यदि कुनै व्यक्तिको आँखाबाट आँसु आउँदैन अथवा रुँदैन भने सम्झिनुपर्छ ऊ अस्वस्थ्य छ । यदि कुनै महिलालाई विपत्को घडीमा पनि आँसु आउँदैन भने सम्झिनुस्, त्यो महिला भित्रबाट नै सुकेको रूखजस्तै हो । उसमा आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रदर आदि हुन सक्छ ।’

भक्कानो छोडेर वा सुँक्क–सुँक्क गरेर रुनु शरीरका लागि स्वस्थ्यकर मानिन्छ । यस अवस्थामा व्यक्ति आफूलाई बालकजस्तो शारीरिक एवं मानसिक तनावप्रति खुला र खुकुलो छोडदिन्छ अनि रुन थाल्छ । जब मानसिक या शारीरिक दुःख, पीडासँग उसको साक्षात्कार हुन्छ, तब प्रतिक्रियास्वरूप हाम्रो शरीरको मांसपेशी संकुचित हुन थाल्छ ।

जुन शरीरको रक्षातन्त्र प्रक्रिया हो । जुन बेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौं, त्यसबेला अत्यधिक पीडाले हामी आफूलाई सन्तुलन गर्न सक्दैनौं । शरीरले आफ्नो क्षमताको कारण अत्यधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलनलाई गुमाउँदैन, जब कठिन परिस्थिति जान्छ तब मांसपेशीहरूमा जम्मा भएर रहेको तनाव आँसुको रूपमा आँखाबाट निस्किन थाल्छन् ।

एक स्वस्थ्य र सन्तुलित शरीर सहज तरिकाले दुःख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुद्वारा व्यक्त गर्ने बाटो बनाउँछ । सर्वेक्षणअनुसार महिला पुरुषको तुलनामा कम तनावग्रस्त हुन्छन् । उनीहरू भावनालाई सजिलैसित आँसुको माध्यमले व्यक्त गर्दछन् । यसै कारण होला पुरुषको अपेक्षा महिलामा हृदयरोग कमै हुन्छ ।

कुनै–कुनै परिवारमा वंशाणुगत रोग पाइन्छ । यसलाई फैमिलियल डिस्टोनिया भनिन्छ । यसमा जब बच्चा रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन । आँखा सुक्खा रहन्छ । यस्ता बालबालिकाहरू क्रूर, झनक्क रिसाउने र आक्रामक प्रवृत्तिका हुन्छन् । यस्ता बालबालिकाको पूर्ण रूपले मानसिक विकास हुन पाउँदैन ।

आँसुले दुःख, चिन्ता, तनाव, क्लेश तथा मानसिक पीडालाई फेस गर्नमा मद्दत गर्दछ । चिकित्सकको भनाइअनुसार रुनाले मानसिक तनावबाट मुक्ति मिल्नुका साथै उच्च रक्तचाप, फिस्टुला आदि रोगबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तनावबाट उत्पन्न हुने रोगहरू हुने सम्भावना हुँदैन । रुने बेलामा आँखाबाट झरेको आँसुले आँखामा रहेको विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ ।

आँखालाई रसिलो पार्ने तथा संक्रमणबाट बचाउने गर्दछ । मेडिकल युनिभर्सिटी अफ औहियो ९जापान० का शोधकर्ताले ‘आँसुबाट हुने फाइदा’ यस्ता फाइदा अध्ययनमा पाए । रिपोर्टमा भनेका छन्, ‘रोइ सकेपछि अधिकतर मानिसहरू आफूलाई हल्का र ताजा महसुस गर्दछन् । शोधमा ८८ दशमलव ८ प्रतिशत मानिसहरू रोएपछि हल्का महसुस गर्दछन् भने ८ दशमलव ४ प्रतिशत मानिसहरू मात्र रुँदा पनि दुःखी नै हुन्छन् ।

यदि तपाईं आफ्नो दुःखलाई भित्र गुम्स्याएर राख्नुहुन्छ भने कहिलेकाहीँ दिल खोलेर रुनबाट नचुक्नुस् । किन कि रुनाले मन हल्का त हुन्छ नै साथै स्वास्थ्यलाई यसले फाइदा नै पु¥याउँछ ।

आँखाको ज्योति बढ्छ ः 
आँखामा आँसु आउनाले आँखाको नानी र परेलीमा कचिलोपन बढ्छ । वैज्ञानिकहरूले यस कुरोलाई सिद्ध गरेका छन् कि रुनाले आँखाको सुन्दरता बढ्छ । यी वैज्ञनिकहरूको मतअनुसार आँखाको कोर्नियाको परत कन्जकटाइवालाई अश्रुगन्थीद्वारा निस्किने आँसुले ओसिलो बानाइदिन्छ । फलस्वरूप आँसुमा रहेक शारीरिक तत्ववहरूद्वारा सुन्दरता निखारेर ल्याउँछ ।

आँखाबाट आँसु निस्किने बेला हारडेरियन ग्रन्थीबाट एक प्रकारको तैलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया ओसिलो र रसिलो हुन्छ । महिलामा पुरुषको अपेक्षा बढी आँसुको उत्पादन हुन्छ । यही कारण हो कि महिलाको आँखा बढी सुन्दर हुन्छन् । अत्यधिक कुनै पनि चिज राम्रो होइन, त्यसैले अत्यधिक रुनाले भने आँखाको दृष्टि गुम्न सक्ने सम्भावना पनि हुन्छ ।

ब्याक्टेरिया समाप्तः 
आँसुमा यस्तो किसिमको एन्टिबायोटिक्स हुन्छ कि जसले कीटाणुबाट आँखाको रक्षा गर्दछ । आँसुमा एक प्रकारको लिसोजाइम नामक तरल पदार्थ हुन्छ, त्यसले पाँचदेखि १० मिनेटमा नै ९०(९५ प्रतिशत ब्याक्टेरिया नास गरिदिन्छ ।

शरीरबाट टक्सिन निकाल्दछः 
धेरैजसो अनुसन्धानमा के देखिए भने जब हामी बढी दुःखी वा अवसादमा हुन्छौं, यसबेला शरीर भित्र केही टक्सिन केमिकल्स बन्न थाल्छ । ती विषाक्त तत्ववहरू रुदाँ आँसुको बाटो भएर शरीरबाट बाहिर निस्किन्छ ।

मुड ठीकः 
कहिलेकाहीँ शरीरमा मेग्जिननामक तत्वव बढी भएर हडबडाहट, हैरानी, थकान, अनाहकमा रिस उठ्नेजस्ता समस्या देखिन्छन् । यस अवस्थामा रुनाले शरीरमा म्यागजिनको स्तर कम हुन्छ । फलस्वरूप व्यक्ति आफूलाई हल्का र फ्रेस अनुभव गर्छ ।

तनाव घट्छः 
अत्यधिक तनावको अवस्थामा रुनाले केही मात्रामा राहत मिल्छ । रुने प्रक्रियाको दौरान शरीरमा एन्डोफ्रिन ल्युकामाइन, एन्काफालिन तथा प्रोलेक्टिननामक तत्ववहरूको स्तर कम हुन्छ । जसले तनाव कम हुन्छ ।

तर अत्यधिक रुनाले उल्टो असर पनि हुन सक्छ । आँसुको रहस्यलाई अहिले पनि सुल्झाउन बाँकी छै छ । तर आँसु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्नेमा कुनै शंका छैन ।

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A