एकताको संस्कृति देखाएर,गुटको विकृति हटाएर अघि बढे मात्रै नेकपा बलियो रहिरहने

  • असार १२, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार १२ गते ।
देशामा प्रदेशमा र स्थानीय तहमा जहाँ हेरयो त्यहि नेकपाको सरकार । जुन दलको तीनै तहमा वर्चश्व त्यो दल शक्तिशाली हुनु स्वभाविक पनि हो । दल बाहिर र भित्र दुबैतिर बलियो हुनु पर्दथ्यो तर सरकामा सहभागी भएपछि सरकारी दल बनेपछि एकले अर्कालाई सहयोग साथ र समर्थन गरेर कम्युनिष्ट सत्तालाई पटक पटक चुनावबाट अनुमोदन गराउन लाग्नुपर्नेमा पाँच वर्ष सरकार सफल रुपमा चल्छ कि चल्दैन भनेतर्फ गतिविधिहरु उन्मुख भइरहेको छ । एउटा प्रकरण सकिएपछि अर्को प्रकरणमा शीर्ष नेताहरु लगेर पाटीका अन्य गतिविधिहरु प्राय शुन्य हुँदै गएको छ ।


केहि दशकमै कम्युनिष्ट पार्टीहरु नेपालमा जिरोबाट हिरो बन्न सफल भएकै हो । सफलतालाई निरन्तरता दिने हो कि होइन भने कोणबाट वहसहरु हुन थालेको छ, ह्नुपनि जरुरी छ । नेपाल जस्तो म्ुलुकमा कम्युनिष्ट पाटीको नेतृत्वमा सरकार सफल रुपमा चलाउन जनमत पाउनु र सफल भएर चलाई दिनुले भविष्य पनि कम्युनिष्ट पाटीको लागि सुनौलो अवसर जुरेकै हो । नेपालमा कम्युनिष्ट सत्ता टिक्नु हुँदैन भने राष्ट्रिय अन्तराष्ट्रि शक्ति कृेन्द्रहरु न्वारन देखिकै बुत्ता लगाएर चल्न नदिने विगतका अनुभवहरु उदाहरणहरु नै प्रर्याप्त छ ।


नेकपाले यतिवेला जनमतमा आफ्नो बलियो पकड बनाउनको लागि तत्कालै भ्रष्टाचार नियणत्रण मात्रै होइन, निर्मूल गर्न तर्फ लाग्नुपर्दथ्यो । गरीव सुकुम्वासी दलित, महिला, मुस्लिम, मधेशी, जनजाति लगायतका समुदायहरुलाई आफ्नो पक्षमा लिन रणनीतिहरु बनाएर अघि वढ्नु पर्दथ्यो । क्रन्तिकोफल आम जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायको साथै समान अवसरप्राप्त गरेर समानताको अनुभूति गर्नुपर्दथ्यो । राष्ट्रियता र जनजीविका त कम्युनिष्टहरुको अन्तराष्ट्रिय धर्म पनि कर्म पनि दुबै हो । अहिले नेकपाको सरकारले आफ्नो चुनावी घोषणापत्र अनुसार तीनै तहको सरकारले वितेको समयमा कति प्रतिशत पुरा गरयो यो कोणबाट छलफल हुनु आवश्यक छ ।


पाटीको बैठकहरु गाँउ देखि केन्द्र सम्म बसेर यी विषयहरुमा केन्द्रित हुनुपर्दथ्यो तर यतातर्फ केन्द्रित भएको देखिदैन । को मन्त्री बन्नुपर्छ ?को मन्त्रीबाट हट्दै छ ? यो महत्पूर्ण विषय हुँदै होइन । कम्युनिष्टको सरकार व्यक्तिको भाकल पुरा गर्न बन्दैन , समाज देश र अन्तराष्ट्रिय रुपमा न्याय समानता र विभेदहरुको अन्तय गर्नको लागि जनताको संघर्षबाट गठन भएको हुन्छ । के नेपालमा विना संघर्ष र जनताको विना वलिदानी कम्युनिष्टको सरकार बनेको हो त ? के कम्युनिष्टको सरकार व्यक्ति मोटाउन आएको हो कि समाज परिवर्तन गर्नको लागि बनेको हो ? के कम्युनिष्टको सरकार आएपछि भ्रष्टाचार घटेको हो कि बढ्दै जान थालेको हो ? के कम्युनिष्टको सरकार प्रचण्ड–ओली जुहारी खेल्न आएको हो कि सरकार र पाटीलाई सन्तुलित रुपमा अघि बढाउनको लागि आएको हो ? एमाले र माओवादी मिलेर बनेको नेकपा जनताको चाहना र शहिदको सपना पूरा गर्नको लागि एक भएको हो कि ६० र ४० को भागभण्डा ठेक्कामा लिएको पोखरीको माछा जस्तो वाँडपाँड गर्नको लागि भएको हो ? एमसीसीको विषयमा किन त्यत्रो माथापैच्ची ? राष्ट्रियता नेपाली स्वभिमानकमा आँच पुरयाउनैको लागि अमेरिकाको सम्राज्यवादी नीति तहत आएको हो भने किन त्यस्ता बहसमा पाटी महिनौदेखि अल्झिरहने ? कोभिड –१९ को महामारीबाट देश र जनतालाई जोगााउन नेपकपाको सरकार र दलको भूमिका के रहयो ? यसको समीक्षा हुने कि नहुने ? यी विषयहरु अहिले जल्दा बल्दा विषयहरमा नेकपा पाटी र सरकार दुबै गहिरो छलफल गर्न आवश्यक छ ।


परिवर्तन जादुको छडी होइन जुन रातारात भैहाल्छ । समय त लाग्छ नै । तर वितेका दुई वर्षमा नेकपाका तीनै तहका सरकारहरुले पूर्वाधार निर्माण जनताको मत जित्ने काम गरयो कि गरेन यसबारे नेकपाका नेताहरु गम्भीर नरहेको प्रष्टै देखिन थालेको छ । पाटी होइन् ग्ुुट बनाउन लागेको छ । यहि त मौका हो कमाइ हालौ भने सोचमा डुबेका छन् । चुनावमा दारु र भारु खर्च भएको रकमको व्याज सहित असूलीमा लागेको छ । विगतमा काँग्रेसले गरेको गल्ती नेकपाले पनि दोहोराउँदै छ । पाटी पद्धतिबाट होइन् रिमोट कन्ट्रोबाट चलेको छ । जम्बो जिल्ला कमिटि र प्रदेश कमिटको बैठक त पर जाओस् शपथ ग्रहण पनि भएको छैन । केन्द्रदेखि गाँउसम्मको नेताहरु पटीलाई होइन् गुटलाई बलियो बनाउन कम्मर कसेर लागेका छन् । सरकारमा मन्त्री हुँदा सन्तुलित अभिव्यक्ति मन्त्रीबाट हटेकै भोलिपल्टबाट विद्रोहीको स्वर । यहि गतिमतिमा नेकपा चलिरहेको छ ।
यहि गति रहिरहे आउने दिन नेकपाको लागि चुनौतीपूर्ण हुने गाँउका समर्थक शुभचिन्तक र मतदाताहरुको चिन्ता छ तर हाम्रा शीर्ष नेताहरु मन र मतलाई विभाजित गरेर वेफिक्री भएर हेलचक्राई गरिरहेका छन् । पूर्व एमाले र पूर्व माओवादी मिलेर नेकपा बनेकोले केहि वर्ष वा आगामी महाधिवेशनसम्म केहि न केहि लक्षणहरु पूर्व एमाले र पूर्व माओवादीको हुने भएकोले यसैको व्यवस्थापन गर्नको लागि पाटीभित्र दुई अध्यक्षको व्यवस्थापन स्वभाविक नै हो । दुबै अध्यक्षले दिनहुँ सम्बाद गरेर एउटाले सरकार र अर्कोले पाटी हाक्नुपर्नेमा पूर्व एमालेको एउटा समूह र माओवादी समूह मिलेर अर्कै अंकगणित केन्द्रदेखि गाँउसम्म बन्न थाल्नुले एकताको संस्कृतिभन्दा गुटको विकृत बढी मौलाएकै हो ।
पाटी भित्रको स्कूल विभाग, संगठन विभाग ,विभिन्न महत्पूर्ण विभाग विभागहरुको पनि नियणत्रण गर्ने सचिवालय, स्थायी कमिटि, केन्द्र कमिटि, प्रदेश कमिटि, जिलला कमिटिमा आफ्नो बहुमत कसरी पुरयाउने ढङगबाट भइरहेको हिसावले नेकपा आन्तरिक विवादमा परेर आफ्नै आधारभूमि कमजोर गर्न लागेको हो । सिङो पाटीको मनोविज्ञान एकताभन्दा गुटमा लागेकोले नेकपाका नेताहरु केन्द्रदेसिख गाँउ सम्म देखिएको तमाम विकृतिहरुको अन्तय गर्न लागौ ।


कम्युनिष्टहरुको चरित्रमा कमाउनिष्टको दाग नलागोस् । समर्थक जनताहरु रोगी नबुन,नेताहरु निर्वाचित जन प्रतिनिधिहरु सेवा सुविधा भोगी नबनुन र इमानदार नेताहरु जोगी बन्न नपरुन यसतर्फ कम्युनिष्ट पाटीका मूलभूत सिद्धान्तहरुमा टेकेर बोलीलाई व्यवहारमा उतारेर समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा समय खर्च गरौ आफ्नै नेतालाई आफनै दलले खुट्टा तान्ने काम नगरौ । नेपालको कम्युनिष्टहरुको कार्यशैलीबाट संसारले उर्जा प्रदान गर्र्ने शिक्षा नेपालबाट सिकुन । नेकपाका हरेक नेताले आफ्नो टेवुलमा पाटीको चुनावी घोषणापत्र र पाटीको घोषणापत्र राखेर अघि बढौ । आत्मआलोचित भएर पनि विश्वासको वातावरण बनाउन लागौ । बाहिर र आन्तरिक शक्ति सन्तुलित होस् ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A