‘नेकपा स्थायी कमिटिमा एकहोरो राजीनमाको रट पाटी हितमा छैन’

  • असार १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,असार १८ गते । नेकपा एमालेको स्थायी कमिटिको बैठक चलिरहेको छ । बैठकले पाटीमा देखिएका समस्याहरु र तिनका समाधान खोज्न उन्मुख हुनुपर्ने सबैले ध्यान पूर्व हेरिरहेको छ । बैठक सरकारले नयाँ नक्सा र नागरिका विधेयक ल्याएपछि सुरु भइरहेको छ । सत्ताधारी पाटीको बैठकमा सरकारको मूल्याङकन र पाटीको गतिविधि कसरी अगाडि बढिरहेको छ ? यसमा केन्द्रित हुनु अतिआवश्यक देखिएको छ । सरकारले काम गर्न सकेन भने अर्कोतर्फ दलले गति लिन सकिरहेको छैन ।यो पाटीमा दुई पाइलटको रुपमा रहेको दुबै अध्यक्षको जिम्मेबारी हो ।


दुबै अध्यक्षले यसबाट पन्छिने कुरा आँउदैन । नेकपाले जनतासँग गरेको प्रतिवद्धताहरु पुरा गरिरहेको छैन भने कहाँ समस्या देखियो ? त्यसलाई बैठकमा शालिन तरिकाले राखेर मसिनो र विश्लेषणात्मक ढङगले केलाउनु जरुरी पनि छ । स्थायी कमिटिका अन्य सदस्यहरुले राखि सकेपछि दुबै अध्यक्ष प्रचण्ड र केपी ओलीले जावाफ दिनु पर्नेमा अध्यक्ष प्रचण्ड आफू चोखिनको लागि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीमाथि थुपार्ने शैली बेठिक देखियो । दुबै पदबाट राजीनमा मागेको समाचारहरु चारैतिर फैलियो । गज्जबको तर्क दुईटा पाइलट भएको यान दुर्घटनामा परयो भने एउटा अध्यक्ष वहिष्कृत अर्को अध्यक्ष पुरस्कृत यो कहाँको न्याय हो ? पाटी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनमा मागेर अर्को अध्यक्ष प्रचण्डको शैली र आक्रोस ठिक देखिएन ।


जब शीर्ष नेताहरुमा नै पूर्वाग्रही देखिन्छ तब समर्थक शुभचिन्तकहरुले मिभिन्न माध्यमहरुबाट आफ्ना तर्कहरु पनि राख्न स्वभाविक हुन जान्छ । पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल समेत नेकपा एमाले हुँदा पाटी अध्यक्ष र महासचिव समेत रहि सक्नु भएको अनुभवी र इतिहास बोकेको नेताहरु पाटीमा गल्ती कमजोरी र समस्याहरु थुप्रिएपछि समस्याको समाधान दुबै पदबाट राजीनमा कतिको तर्कस.गत छ । उहाँहरु पनि पाटीको अभिभावक भएकोले सुरुमै आफ्ना सल्लाहरु सरकार र पाटीलाई निरन्तर दिइरहनु पर्दथ्यो तर त्यासे गरेको पाएको छैन । दुई चार महिना अघिसम्म सरकारका प्रशंसा गर्ने प्रमूख पात्रहरु नक्सा सार्वजनिक भएलगतै भारतले प्रम ओलीलाई हटान खोजेकै वेला पाटीका अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरु प्रधानमन्त्रीको राजीनमा माग्नु स्याल कराउनु र बाख्रा हराउनु संयोग हो कि यथार्थ नै हो भने कोणबाट नेपाली जनताले अर्थयाउन थालेको छ ।


यतिवेला त बैठकमा प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव राखेर हिम्मत बढाउनुपर्नेमा दुबै पदबाट राजीनमा दिनुपर्ने एकहोरो रटानले नेपाली जनता भलिभाती बुझ्न थालेको छ । यस देशमा राष्ट्रियताको जग मजबूत बनाउने नेतालाई भारतले देखि सहदैन । नेकपाको स्थायी कमिटिमा प्रधानमन्त्रीको राजीनमामा माग्नुमा यहि गन्ध आइरहेको छ । प्रधानमन्त्रीले गल्ती कमजोरी नै गर्नु भएन भने कोणबाट प्रस्तुत हुनु पनि हुँदैन । प्रधानमन्त्रीबाट भएका गल्ती कमजोरी र व्यवहारमा देखिएका फरकपनलाई पनि स्थायी कमिटिले सुधार गर्र्नेैपर्ने हो । तसर्थ पाटीमा आत्मआलोचित हुने प्रस्ताव आउनु पनि जरुरी छ । कम्युनिष्टहरु आत्मआलोचित भएर नजाने हो भने पाटी सहि ढङगबाट अगाडि बढ्न सकदैन । नेकपामा दुईटा विचारको उपस्थिति छ । एउटा विशूद्ध जनताको बहुदलीय जनवादको लाइन अर्को जनयुद्धबाट आएका माओवादीको जनवादी लाईन । यी दुबै लाइनलाई व्यवस्थापन गर्न देखिन सकिने चुनौतीहरुको सामना गर्न नै अर्को महाधिवेशन नहुञ्जेलसम्म दुई अध्यक्षनात्मक प्रणालीमा जानु परेको हो । महाधिवेशन हुनु अगावै प्रम ओलीलाई अध्यक्ष छोडन समेत माँग गर्नु न कुनै नीतिले दिन्छ , न कुनै नैतिकताले भन्छ । यो समान्य कूरा समेत विर्सेर प्रम ओलीलाई घेराबन्दीमा पार्नु ठिक होइन । नेकपा बनाउन पूर्व एमालेबाट देखाएको त्याग र पूर्व माओवादीले गरेको योगदानले जनताले जमेर मतदान गरेपछि नेकपा अहिले झण्डै दुई तिहाइको वरिपरिमा छ । प्रदेश र संघीय चुनावमा माओवादी काँग्रेस समिकरण हुँदा पनि तत्कालिन नेकपा एमाले स्थानीय चुनावमा जर्वजस्त उपस्थिति हासिल गरेकै थियो ।


स्थानीय चुनावमा एमाले मजबूत देखापर्नु ओलीले गरेको नेतृत्व ठीक थियो भने प्रमाणित गरेकै हो । यतिवेला ओलीमाथि एकाएका सबै शीर्ष नेताहरु खनिनुले के पनि प्रष्ट हुन्छ भने यो सरकारलाई पाटीका शीर्ष नेताहरुले सहयोगभन्दा असहयोग बढी नै गरयो । मिडियावाजी गराउन र भित्रैबाट खुटा तान्न लागि रहयो । अर्का अधयक्ष प्रचण्ड हरबराउनु पर्दैन्थ्यो । केपी ओली उमेरले स्वास्थ्यले आउने महाधिवेशनमा पाटी अध्यक्षको उम्मेदबार र भावी प्रधानमन्त्री समेत दाबी नगर्न पाटीर जनताले नै मुड बनाई सकेको छ । अध्यक्ष ओली समेत पाटी अध्यक्ष र प्रधानमन्त्रीमा अर्का अध्यक्ष प्रचण्डलाई छोडन तयार हुनुपर्ने मनसाय पनि वयक्त भइरहेकै छ । समिकरण प्रचण्डले आफै विगार्न लाग्नु भएको छ । प्रचण्डले जिम्मेबार ढङगबाट प्रस्तुत हुन र गुटको समूहको नेताको घेरा तोड्न सकनु भएन भने नेकपाभित्र पूर्व प्रधानमन्त्री र अधयक्ष भैसकेकाहरुलाई अभिभावक सभाबाट सल्लाहकारमा सीमित राखेर पेन्सनको व्यवस्था गरी नयाँ पुस्ताबाट पाटी अध्यक्ष र सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठ्ने निश्चित छ । तसर्थ ओली नेतृत्वको सरकारमा हेरफेर गरेर भएपनि यो सरकारलाई पूरै अबधी गतिका साथ कसरी चलाउने ? राष्ट्रियता र जनजीविकाको सवालमा कसरी दह्रो भएर काम गर्ने यतातर्फ स्थायी कमिटिको ध्यान केन्द्रित हुन जरुरी छ ।


नेकपाको सचिवालय र स्थायी कमिटिमा भद्दा प्रस्तावहरु आउनु उचित देखिदैन । नेताहरुलाई लाग्न सक्छ हामीले कोठामा गरेको गुटको बैठकबारे सिर्वसधारण समर्थक मतदाताहरुलाई के थाहा होला ? हामी केहि नेताहरु जे गरेपनि हुनेछ । यो सोच गलत छ । जनता समर्थक पाटीका प्रतिवद्ध नेता कार्यकर्ताहरु सबै छर्लङग बुझिरहेका छन् । सरकार र दल हाक्ने नेताहरुमा धेरै कमजोरी छन् । इमानदारहरु पाटीभित्र निरिह बन्दै गएको छ । नेकपाको संगठन सुदृढ छैन । पाटमिा अनुशासन र विधि विदानको पालना भइरहेको छैन । एकता अझै एकता र बलियो एकताको आवश्यक्ता रहेको छ । नेकपा एमाले र माओवादी मिलेर बनेकोले आँउदो महाधिवेशन र चुनावसम्म प्रचण्ड ओली एक भएर जानुको विकल्प छैन । यहि बैठकबाट अध्यक्षद्वयहरु कुनैपनि कोठे गुटको बैठकमा जान्नौ भने संकल्प लिन आवश्यक छ ।

 

बामदेव गौतमलाई उचाल्ने काम निन्दनीय छ । उहाँलाई पाटीको उपाधयक्ष र संगठन विभाग प्रमूखकको जिम्मेवारी वहन गरेर पाटलिाई लीकमा डोरयाउने काममा लगाउन आवश्यक छ । पाटीको प्रवक्ता गुटको योजनाकारको रुपमा देखा पर्नु पनि उचित देखिएन । उहाँ पाटीको दुवै अध्यक्षको वोली बोल्ने हो । अर्का स्थायी कमिटि सदस्य भीम रावलले ऋषि धमलासँग कुराकानीमा पाटीमाथि नै हमाला गर्ने काम बन्द हुनु आवश्यक छ । जहाँँ जहाँ कमजोरी देखिएको छ , ती सबै कमजोरीहरुलाई ठीक ट्राकमा ल्याउन स्थायी कमिटिको वैठक उन्मुख होस । दुवै अधयक्ष सीमित घेरालाई तोडेर पाटी र सरमारलाई सन्तुलित रुपमा अघि बढाउन यहि नै देशभरिका समर्थकहरुको सदिच्छा छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A