‘नेकपा स्थायी कमिटिमा एकहोरो राजीनमाको रट पाटी हितमा छैन’

  • असार १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,असार १८ गते । नेकपा एमालेको स्थायी कमिटिको बैठक चलिरहेको छ । बैठकले पाटीमा देखिएका समस्याहरु र तिनका समाधान खोज्न उन्मुख हुनुपर्ने सबैले ध्यान पूर्व हेरिरहेको छ । बैठक सरकारले नयाँ नक्सा र नागरिका विधेयक ल्याएपछि सुरु भइरहेको छ । सत्ताधारी पाटीको बैठकमा सरकारको मूल्याङकन र पाटीको गतिविधि कसरी अगाडि बढिरहेको छ ? यसमा केन्द्रित हुनु अतिआवश्यक देखिएको छ । सरकारले काम गर्न सकेन भने अर्कोतर्फ दलले गति लिन सकिरहेको छैन ।यो पाटीमा दुई पाइलटको रुपमा रहेको दुबै अध्यक्षको जिम्मेबारी हो ।


दुबै अध्यक्षले यसबाट पन्छिने कुरा आँउदैन । नेकपाले जनतासँग गरेको प्रतिवद्धताहरु पुरा गरिरहेको छैन भने कहाँ समस्या देखियो ? त्यसलाई बैठकमा शालिन तरिकाले राखेर मसिनो र विश्लेषणात्मक ढङगले केलाउनु जरुरी पनि छ । स्थायी कमिटिका अन्य सदस्यहरुले राखि सकेपछि दुबै अध्यक्ष प्रचण्ड र केपी ओलीले जावाफ दिनु पर्नेमा अध्यक्ष प्रचण्ड आफू चोखिनको लागि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीमाथि थुपार्ने शैली बेठिक देखियो । दुबै पदबाट राजीनमा मागेको समाचारहरु चारैतिर फैलियो । गज्जबको तर्क दुईटा पाइलट भएको यान दुर्घटनामा परयो भने एउटा अध्यक्ष वहिष्कृत अर्को अध्यक्ष पुरस्कृत यो कहाँको न्याय हो ? पाटी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनमा मागेर अर्को अध्यक्ष प्रचण्डको शैली र आक्रोस ठिक देखिएन ।


जब शीर्ष नेताहरुमा नै पूर्वाग्रही देखिन्छ तब समर्थक शुभचिन्तकहरुले मिभिन्न माध्यमहरुबाट आफ्ना तर्कहरु पनि राख्न स्वभाविक हुन जान्छ । पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल समेत नेकपा एमाले हुँदा पाटी अध्यक्ष र महासचिव समेत रहि सक्नु भएको अनुभवी र इतिहास बोकेको नेताहरु पाटीमा गल्ती कमजोरी र समस्याहरु थुप्रिएपछि समस्याको समाधान दुबै पदबाट राजीनमा कतिको तर्कस.गत छ । उहाँहरु पनि पाटीको अभिभावक भएकोले सुरुमै आफ्ना सल्लाहरु सरकार र पाटीलाई निरन्तर दिइरहनु पर्दथ्यो तर त्यासे गरेको पाएको छैन । दुई चार महिना अघिसम्म सरकारका प्रशंसा गर्ने प्रमूख पात्रहरु नक्सा सार्वजनिक भएलगतै भारतले प्रम ओलीलाई हटान खोजेकै वेला पाटीका अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरु प्रधानमन्त्रीको राजीनमा माग्नु स्याल कराउनु र बाख्रा हराउनु संयोग हो कि यथार्थ नै हो भने कोणबाट नेपाली जनताले अर्थयाउन थालेको छ ।


यतिवेला त बैठकमा प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव राखेर हिम्मत बढाउनुपर्नेमा दुबै पदबाट राजीनमा दिनुपर्ने एकहोरो रटानले नेपाली जनता भलिभाती बुझ्न थालेको छ । यस देशमा राष्ट्रियताको जग मजबूत बनाउने नेतालाई भारतले देखि सहदैन । नेकपाको स्थायी कमिटिमा प्रधानमन्त्रीको राजीनमामा माग्नुमा यहि गन्ध आइरहेको छ । प्रधानमन्त्रीले गल्ती कमजोरी नै गर्नु भएन भने कोणबाट प्रस्तुत हुनु पनि हुँदैन । प्रधानमन्त्रीबाट भएका गल्ती कमजोरी र व्यवहारमा देखिएका फरकपनलाई पनि स्थायी कमिटिले सुधार गर्र्नेैपर्ने हो । तसर्थ पाटीमा आत्मआलोचित हुने प्रस्ताव आउनु पनि जरुरी छ । कम्युनिष्टहरु आत्मआलोचित भएर नजाने हो भने पाटी सहि ढङगबाट अगाडि बढ्न सकदैन । नेकपामा दुईटा विचारको उपस्थिति छ । एउटा विशूद्ध जनताको बहुदलीय जनवादको लाइन अर्को जनयुद्धबाट आएका माओवादीको जनवादी लाईन । यी दुबै लाइनलाई व्यवस्थापन गर्न देखिन सकिने चुनौतीहरुको सामना गर्न नै अर्को महाधिवेशन नहुञ्जेलसम्म दुई अध्यक्षनात्मक प्रणालीमा जानु परेको हो । महाधिवेशन हुनु अगावै प्रम ओलीलाई अध्यक्ष छोडन समेत माँग गर्नु न कुनै नीतिले दिन्छ , न कुनै नैतिकताले भन्छ । यो समान्य कूरा समेत विर्सेर प्रम ओलीलाई घेराबन्दीमा पार्नु ठिक होइन । नेकपा बनाउन पूर्व एमालेबाट देखाएको त्याग र पूर्व माओवादीले गरेको योगदानले जनताले जमेर मतदान गरेपछि नेकपा अहिले झण्डै दुई तिहाइको वरिपरिमा छ । प्रदेश र संघीय चुनावमा माओवादी काँग्रेस समिकरण हुँदा पनि तत्कालिन नेकपा एमाले स्थानीय चुनावमा जर्वजस्त उपस्थिति हासिल गरेकै थियो ।


स्थानीय चुनावमा एमाले मजबूत देखापर्नु ओलीले गरेको नेतृत्व ठीक थियो भने प्रमाणित गरेकै हो । यतिवेला ओलीमाथि एकाएका सबै शीर्ष नेताहरु खनिनुले के पनि प्रष्ट हुन्छ भने यो सरकारलाई पाटीका शीर्ष नेताहरुले सहयोगभन्दा असहयोग बढी नै गरयो । मिडियावाजी गराउन र भित्रैबाट खुटा तान्न लागि रहयो । अर्का अधयक्ष प्रचण्ड हरबराउनु पर्दैन्थ्यो । केपी ओली उमेरले स्वास्थ्यले आउने महाधिवेशनमा पाटी अध्यक्षको उम्मेदबार र भावी प्रधानमन्त्री समेत दाबी नगर्न पाटीर जनताले नै मुड बनाई सकेको छ । अध्यक्ष ओली समेत पाटी अध्यक्ष र प्रधानमन्त्रीमा अर्का अध्यक्ष प्रचण्डलाई छोडन तयार हुनुपर्ने मनसाय पनि वयक्त भइरहेकै छ । समिकरण प्रचण्डले आफै विगार्न लाग्नु भएको छ । प्रचण्डले जिम्मेबार ढङगबाट प्रस्तुत हुन र गुटको समूहको नेताको घेरा तोड्न सकनु भएन भने नेकपाभित्र पूर्व प्रधानमन्त्री र अधयक्ष भैसकेकाहरुलाई अभिभावक सभाबाट सल्लाहकारमा सीमित राखेर पेन्सनको व्यवस्था गरी नयाँ पुस्ताबाट पाटी अध्यक्ष र सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठ्ने निश्चित छ । तसर्थ ओली नेतृत्वको सरकारमा हेरफेर गरेर भएपनि यो सरकारलाई पूरै अबधी गतिका साथ कसरी चलाउने ? राष्ट्रियता र जनजीविकाको सवालमा कसरी दह्रो भएर काम गर्ने यतातर्फ स्थायी कमिटिको ध्यान केन्द्रित हुन जरुरी छ ।


नेकपाको सचिवालय र स्थायी कमिटिमा भद्दा प्रस्तावहरु आउनु उचित देखिदैन । नेताहरुलाई लाग्न सक्छ हामीले कोठामा गरेको गुटको बैठकबारे सिर्वसधारण समर्थक मतदाताहरुलाई के थाहा होला ? हामी केहि नेताहरु जे गरेपनि हुनेछ । यो सोच गलत छ । जनता समर्थक पाटीका प्रतिवद्ध नेता कार्यकर्ताहरु सबै छर्लङग बुझिरहेका छन् । सरकार र दल हाक्ने नेताहरुमा धेरै कमजोरी छन् । इमानदारहरु पाटीभित्र निरिह बन्दै गएको छ । नेकपाको संगठन सुदृढ छैन । पाटमिा अनुशासन र विधि विदानको पालना भइरहेको छैन । एकता अझै एकता र बलियो एकताको आवश्यक्ता रहेको छ । नेकपा एमाले र माओवादी मिलेर बनेकोले आँउदो महाधिवेशन र चुनावसम्म प्रचण्ड ओली एक भएर जानुको विकल्प छैन । यहि बैठकबाट अध्यक्षद्वयहरु कुनैपनि कोठे गुटको बैठकमा जान्नौ भने संकल्प लिन आवश्यक छ ।

 

बामदेव गौतमलाई उचाल्ने काम निन्दनीय छ । उहाँलाई पाटीको उपाधयक्ष र संगठन विभाग प्रमूखकको जिम्मेवारी वहन गरेर पाटलिाई लीकमा डोरयाउने काममा लगाउन आवश्यक छ । पाटीको प्रवक्ता गुटको योजनाकारको रुपमा देखा पर्नु पनि उचित देखिएन । उहाँ पाटीको दुवै अध्यक्षको वोली बोल्ने हो । अर्का स्थायी कमिटि सदस्य भीम रावलले ऋषि धमलासँग कुराकानीमा पाटीमाथि नै हमाला गर्ने काम बन्द हुनु आवश्यक छ । जहाँँ जहाँ कमजोरी देखिएको छ , ती सबै कमजोरीहरुलाई ठीक ट्राकमा ल्याउन स्थायी कमिटिको वैठक उन्मुख होस । दुवै अधयक्ष सीमित घेरालाई तोडेर पाटी र सरमारलाई सन्तुलित रुपमा अघि बढाउन यहि नै देशभरिका समर्थकहरुको सदिच्छा छ ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A