नेकपामा बेमौषमी राजीनमाको रटान

  • श्रावण १३, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, नेपाल कम्युनिष्ट पाटी यतिवेला आपसी विवाद र आन्तरकि द्वन्द्वको उत्कर्ष अवस्थामा छ । हुन त माक्र्सवादी लेनिनवादी र माओवादी विचारको विरासत बोकेका नेकपामा यो विवादले कुन रुप लिनेछ भनेबारे शुभचिन्तक समर्थक जनतामा चिन्ता छाउनु र निरासा देखिनु स्वभाविक पनि हो । एक पक्षले सहमति गरौ, एकता गरौ सरकारलाई निरन्तरता दिऔ कमि कमजोरीलाई सुधेरर जानुपर्ने पक्षमा लागेको देखिन्छ भने अर्को पक्ष पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री असफल भयो भनेर राजीनमा दिन बहुमतको गणित लिएर पाटी र सरकारको नेतृत्व छोड्न दबाब दिइरहेको छ । एक महिनादेखि बसिरहेको स्थायी कमिटि निर्णयमा पुग्न नसकिरहेको अवस्था देखिएको छ । के जातीलाई घिउ पच्दैन, यो देशमा काँग्रेस र कम्युनिष्टलाई बहुमत काम लाग्दैन भने भनाई जनबोली भएको छ । नेपाली काँग्रेसको सुरक्षित बहुमतको सरकार आफ्नै दलको अविश्वास र विवादको कारण मध्यावधिमा जानु परयो ।

काँग्रेसको लागि मध्याबधि क्षति पुरयायो भने एमालेको लागि शक्ति आर्जन भएको देखियो । एमाले मालेको रुपमा विभाजन हुँदा २०५६ सालमा एमालेले फेरि बहुमतको सरकार बनाउन आएको अवसर फुत्कियो । यसरी आपसी फुट र विभाजनले काँग्रेस कम्युनिष्ट दुबै दलले घाटा नाफाको हरहिसाव थाहा पाएर पनि सत्ताको लागि गुटको राजनीतिलाई मलजल गरिरहेको देखिन्छ जुन दुर्भाग्य हो । लोकतन्त्रलाई बलियो बनाउनको लागि शक्तिशाली पार्टीहरु फुट्नु हुँदैन । आपसी एकता र संगठनलाई सुदृढ गरेर जनमनको भावनालाई पुरा नगरे लोकतन्त्र नै कमजोर हुने घाम जस्तो छर्लङ भएपनि गल्तीलाई पुर्नरावृति गरिहनु झनै गलत अभ्यास हो । सत्ता र शक्तिमा गएका दलका शीर्ष नेताहरुमा अहंकार पलाउनु, आफूलाई सर्वेसर्वा ठान्नु आचरण र व्यवहार सन्तुलित नहुँदा बढ्दै गइरहेको असन्तुष्टिले गुटको रुपमा विष्फोट भएर पार्टी र सरकार दुबैलाई लुडोको खेल जस्तै ९९ मा पुगेर जिरोमा झर्ने असक्षमताको निरन्तरता देखिएकै हो, भोगिएकै हो । एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारले ‘खुसी नेपाली र समृद्ध नेपाल’को सपना सकार गर्नको लागि समाजवादको पथबाट अघि बढ्ने आशा मुरलीधरले गाएको गीत उरायो सपना हुरीले जस्तै हुने हो कि चिन्ता आम जनतामा देखिएको छ । नेकपाका शीर्ष नेताहरु के उद्येश्यले दुबै पार्टीलाई एकता गरे र अहिले के गरिरहेका छन् । यतातर्फ नेताहहरुको ध्यान केन्द्रित हुनुपर्नेमा बेमौषको वाजा राजीनमाको रट लगाएर कोठे षडयन्त्र र ओठे वहसमा लागेको देखिन्छ ।

नेकपा दुई अध्यक्ष दुई भूमिकाको चालकको रुपमा रहेर देशलाई समृद्धि र पार्टीलाई सवल बनाउनु पर्नेमा आपसी किचलोमा लागनुले हितकार न रहेको प्रष्टै छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन,अर्को प्रधानमन्त्रीको छनौट नै हुनुपर्नेमा कुवेला प्रधानमन्त्री केपी ओलीको राजीनमा माग्नु स्थिर सरकार र सन्तुलित पार्टीको भावना र चाहना विपरितको गतिविधिमा शीर्ष र वरिष्ट नेताहरु लाग्नु भएको छ । सरकारबाट भएका कमजोरी र पार्टी संचालनमा भइरहेको त्रुटिलाई प्रमुख एजेन्डा बनाएर स्थायी कमिटि जानुपर्नेमा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , माधव नेपाल , झलनाथ खनाल , नारायणकाजी श्रेष्ठले अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि हटाइ छाड्ने रट अत्यन्तै गलत रहेको छ । आजसम्म कसैले पनि हिम्मत गर्न नसकेको राष्ट्रियताको सवालमा नक्सा साार्वजनिक गरेर विदेशी हस्तक्षेपलाई चुनौती दिने प्रधानमन्त्रीको हिम्मत सहास र निर्णय गर्न सक्ने प्रम ओलीलाई पाटीले पुष्टकर र स्वस्थ्य सललाह दिएर काम गर्न हौसयाउनु पर्नेमा राजीनमा माग गर्नुले सन्देस राम्रो प्रवाह भएन । व्यवस्थ परिवर्तन भयो अब जनाताको अवस्था परिवर्तनको लागि राष्ट्रियताको जग मजबूत गरेर जनजीविकाको सवालमा छलाङग हाल्नुपर्ने अवस्थामा राजीनमा माग्नु किमार्थ उचित देखिदैन । यसको अर्थ सरकार संचालन गर्दै गर्दा प्रधानमन्त्रीबाट भएका कमि कमजोरीलाई सुधार नै गर्नु हुँदैन भने हेइन ।

१३ गतेको स्थायी कमिटिको बैठक स्थगीत भयो । पार्टीको उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे सुझाव पत्र सामाजिक सञ्जालहरुमा भाइरल पनि भयो । सुझाव पत्रमा उल्लेख भएका हरेका बुँदा पार्टीको हितमा छ । यसैलाई टेकेर गयो भने निकास टाढा छैन । पूर्व एमाले र पूर्व माओवादीको संस्कृति जीवितै राखेर पार्टीको आन्तरिक एकता सुदृढ हुन सक्दैन । बामदेव गौतमलाई राष्ट्रियसभामा लैजान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सहमति जनाउनु पर्दथ्यो,त्यतिवेला त्रुटि भएकै हो । सरकार संचालनको लागि सचिवालका नेताहरु र अर्का पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गर्नुपर्दथ्यो,बजेट बनाँउदा पार्टीले जारी गरेको घोषणापत्र अनुसार भयो कि भएन यसमा शीर्ष नैताहरुसँग व्यापक छलफल हुनुपर्दथ्यो । उच्च तहमा भएका नियुक्तीहरुमा समेत साझा सोच बनाएर अघि वढ्नु पर्दथ्यो । यस्ता विषयहरुमा पार्टीभित्र छलफलको संस्कार र पद्धति नहुनु कमजोरी देखिएकै हो । सरकारले गरेका राम्रा कामहरुको प्रचार प्रसार पार्टी हाक्ने अर्का अध्यक्ष प्रचण्डबाट हुनुपर्नेमा त्यसो नहुनु पनि कमजोरी नै हो । कोरोना महामारीले जनजीवन अस्त व्यस्त भइरहेको वेलामा पार्टीको विवाद महिनौसम्म लम्काउनु भनेको नेताहरुमा निर्णय गर्ने क्षमताको अभाव रहेको प्रष्टै देखियो । पार्टी कुनै हालतमा फुट्नु हुँदैन, भएका कमिकमजोरीहरु सच्चयाउन सबै नेताले आफूबाट भएका कमिकमजोरीहरु सहज रुपमा स्वीकार गरेर आत्मआलोचनाको प्रस्तावलाई प्राथमिकतामा राख्नुपर्ने हो तर वेमौषमको राजीनमाको बाजा बजाएर जग हसाउने काम हुनु दुर्भाग्य हो ।

के सबै गल्ती कमजोरी प्रधानमन्त्रीले नै गरेको हो त ? पक्कै पनि होइन,प्रधानमन्त्रीबाट सरकार संचालनमा भएका त्रुटिहरु छ भने सच्चयाउन लाग्नुपरयो । पार्टी संगठन सवल नहुनु पार्टी संचालनका जिम्मेबारी लिएका अर्का अध्यक्ष प्रचण्डबाट भएको छ भने उहाँले आत्मआलोचना गर्नुपरयो । अहिलेसम्म देशभरिका कार्यकर्ता, शुभचिन्तक नेकपा फुट्दैन भनेमा नै आशावादी रहेको छ तर परिस्थितिले कोल्टे फेरयो भने तमाम शुभचिन्तक मतदाता पार्टीका हित चाहनेहरुले दबाब सृजना गरेर पार्टी र सरकार संचालनको लागि नयाँ पुस्ताबाट नेतृत्व खोज्न अभियान चलाउनुपर्छ । १५ वर्ष महासचिव र पटक पटक प्रधानमन्त्री भैसक्नु भएको माधव नेपाललाई के पुगेको छैन । ३२ वर्ष पार्टी अध्यक्ष र पटक पटक प्रधानमन्त्री हुनु भएको पुष्पकमल दाहाल प्रचण्डलाई कतिपटक नेतृत्व चाहिएको हो ? यस्तो प्रश्नको उठान गर्दै नयाँ पुस्ताको लागि एक पटक जन उभार उठ्न पनि जरुरी छ । नेकपामा यो विषयले प्रवेश पायो भने नेपाली काँग्रेसको हुन गइरहेको महाधिवेशनमा पनि नयाँ पुस्ताप्रति आकर्षण बढ्ने छ । तसर्थ पुराना अनुभवी पुस्ताका नेताहरु कि त पार्टी र सरकारलाई सहि दिशा दिएर अघि बढाउन गुटगत रबैयालाई हटाउनु परयो कि त अब हामी सकेनौ नयाँ पुस्ताहरु नेतृत्व लेउ भन्नुपरयो । तसर्थ नेकपा भित्रको आन्तरिक विवादलाई नतन्काई देशलाई निकास र जनातालाई विकास दिन निस्वार्थ भएर अघि आउनु परयो ।

जनताले नेकपालाई पाँच वर्षसम्म स्थीर सरकार चलाउन मत दिएकोले यो विचमा सरकार परिवर्तको चाल चल्नु कुनैपनि मानेमा सहि देखिदैन । काँग्रेस र कम्युनिष्टले सरकार संचालन गर्दा जनताले फरकपन महसुस गर्नुपरयो । गरीव दलित, शोषण् उत्पिडन र विभेदमा परेका जनताले कम्युनिष्टको सरकार भएको वेला उच्च मनोवलका साथ हसिलो अनुहार हुनुपर्नेमा त्यस्तो अभास हुन नसकेकोमा भ्रष्ट तश्कर र सामन्ती सोच र संस्कार हाभी रहि रहेको अनुभूति हुनु स्वभाविकै हो । जनतामा निरासा छ । कम्युनिष्ट चरित्र र आचरण अनुसार सरकार र दलका हाक्ने नेताहरुमा नहुँदा विश्वासका वाँधहरु भत्किन थालेको छ । सुधार थोर बहुत सबैमा हुनुपर्ने नीति लागु गर्न प्रचण्ड र ओली एउटै बोली बनाएर अघि बढ्न यो शतप्रतिशत समर्थक जनताको चाहनालाई पुरा गर्न सक्नु हुनेछ,यसैमा सबैको कल्याण छ ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A