नेकपालाई फुटबाट जोगाउन नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ

  • श्रावण २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी÷लहान
नेपाल कम्युनिष्ट पार्टी फुटको दिशामा अघि बढ्यो विश्लेषण भइरहेको छ । शीर्ष नेताहरुको मत विभाजित भइरहेको छ । कुनै वेला पार्टी फुट्न सक्ने शीर्ष नेताहरुको अभिव्यक्ति सुनेर जनतामा निराशा छाएको छ । सबैतिरका जनताले एउटै प्रश्न गरिरहेका छन् । नेकपा शीर्ष नेताहरुले नै पार्टी फुटाउनतिर किन लागेका छन् ? कम्युनिष्ट पार्टीलाई मतदिएका मतदाता जनताहरु मात्रै होइन, फरक विचार राख्नेहरु समेत फुटको पीडा पटक पटक भोगेका नेपालका राजनीतिक दलहरु जव जब मजबूत हुन्छ, अनि फुटको संघारमा पुग्ने गरेको ठूला पार्टीहरु नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीमा देखिनुले यसले लोकतन्त्र नै कमजोर हुने कोणबाट पनि स्वतन्त्र विश्लेषणहरु भइरहेको छ । स्थीर सरकार दिन्छु, समृद्धि विकास दिन्छु राष्ट्रियता र एकताको लागि सरकार प्रयत्नशील रहन्छ भनेर चुनावी घोषणापत्रमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षर रहेको घोषणापत्रलाई जनताले पत्याएर मतदान गरेको हो ।


सरकार र पार्टी हाकन नेकपाको जहाजमा दुई पाइलट हुनु अतयन्त वैज्ञानिक र सन्तुलित रहेको छ । दुईटा पाइलटको नजर रहर र मन सधैं एक भएर पार्टी र सरकारलाई सन्तुलित रुपमा राख्नु पर्दथ्यो । कमि कमजोरीहरुलाई दुबै अध्यक्षले दिनका दिन सल्लाह गरेर अघि वढ्नु पर्दथ्यो । पार्टी संचालन गरिसकेका दुई पूर्व प्रधानमन्त्रीहरुसँग पनि निरन्तर नेकपाको जहाज संचालनको लागि सरकार संचालनको लागि सल्लाह र सुझावहरु लिइरहनु पर्दथ्यो । तर त्यसो हुन नसक्नुमा अलि बढी कमजोरी जिम्मेबारीको हिसावले केपी ओली बढी दोषी देखिएपनि प्रचण्ड चाहि पटक्कै कमजोरी नै नगरेको तर्क सरासर गलत हो । यतिवेला पार्टीको एकतालाई अक्षुण राख्न दुबै अध्यक्षबाट आत्मआलोचनाको प्रस्ताव ल्याएर भएका कमि कमजोरीहरु सुधारेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा गुटको सुरवातले पार्टीको अवस्था नाजुक बन्दै गइरहेको छ । नेकपाका शीर्ष नेताहरुले चुनावमा जारी गरेको घोषणापत्र अनुसार कुन कुुन काम भइरहेको छ ? त्यतातर्फ निगरानी र अनुगमन गर्नुपर्नेमा बालुवाटारको कुर्सी कसरी ओलीबाट खोसेर हत्याउने दाउमा लाग्नुले परिस्थिति विग्रन थालेको छ ।


ओली नेतृत्वको सरकारले जनजीविकाको सवालमा आधारहरु निर्माण गर्दै गरेको, राष्ट्रियताको सवालमा ऐतिहासिक निर्णय लिएर अदम्य सहास प्रर्दंशन गरेको वेला सरकारलाई हौसयाउनु पर्नेमा ढाल्नतीर उद्यत हुनु कुनै पनि मानेमा सहि भन्न मिल्दैन । नेकपा माओवादी र नेकपा एमाले बीचको एकता गर्ने दुबै पार्टीका दुबै अध्यक्ष ओली र प्रचण्डले यति वेला पाँच वर्षं सरकारलाई समाजवाद र समृद्धिको लागि काम गरेर आउने चुनाव र महाधिवेशनमा निर्विकल्प अध्यक्ष कार्यकारी राष्ट्रपतिको उम्मेदबार प्रचण्ड हुनुपर्ने जनमनको चाहनालाई प्रचण्डले गुटमा लागेर आफ्नो मूल्य आफै घटाउनु भएको छ ।
अध्यक्षको हैसियतले प्रचण्डले माधव नेपाल र झलनाथ खनालको असन्तुष्टिलाई पाटीको बैठकमा राखेर दुबै अध्यक्षले मिलेर समाधान गर्नुपर्दथ्यो । तर त्यसो नगरेर ओलीलाई कमजोर पार्ने रणनीतिमा प्रचण्ड र पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ लाग्नुले अवस्था विग्रेकै हो । यस भ्रम जालबाट यतिवेला पार्टीको उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतम म कुनै गुटमा नलागी पार्टी एकता जोगाउन पहल गर्छु भनेर ६ बुँदे प्रष्ट धारणा अघि सारेर सहि काम गर्नुभएको छ । अहिलेको निकास पनि त्यहि ६ बुँदामा प्रष्ट झल्किरहेको छ । बामदेव गौतमको ६ बुँदालाई आधार बनाउन प्रचण्डले जोड दिनुपर्दथ्यो । सरकार प्रभावकारी नहुनुमा ओलीको कमजोरी देखिन्छ , त्यसको जिम्मेबारी पनि उहाँले लिनुपर्दछ तर पार्टी संगठनमा उर्जा नदेखिनु गुटमा विभाजित भएर फुटकै संघारमा पुग्नुमा प्रचण्ड शतप्रतिशत कमजोरी गरेकै हो ।


कुनै पनि ठाँउमा पार्टीको बैठक छैन, प्रशिक्षण छैन । जिल्ला दौडहा गर्दा आफ्नो गुटको नेताचहरुसित सुटुक्क भेटेर फर्किने गरेको छ । प्रदेश २ मा नेकपा कमजोर रहेकोले यस प्रदेशमा मेहनेत गरेर पार्टीमा उर्जा भर्नुपर्नेमा पार्टिको प्रदेश कमिटि र यस प्रदेशको आठवटै जिल्ला कमिटिहरु , त्यस मातहतमा गाँउपालिका र नगरपालिका कमिटिको बैठक बसिरहेको छैन । के बैठक बसाउन पार्टीलाई गति दिन प्रधानमन्त्री ओलीले रोक्नु भएको हो ? अध्यक्ष प्रचण्डले पार्टीभित्र सवैको मन जितेर अघि वढ्नुपर्ने अवस्था छ । आउने चुनावमा र महाधिवेशनमा उम्मेदबार नहुने प्रधानमनत्रीको घोषणाले प्रचण्डको लागि सबै ढोका खुला रहेको वेलामा गुटको झ्यालबाट प्रस्तुत हुन खोज्नु पार्टी विभाजनको कारक ततव नबनोस अहिले पनि समय छ । आउने दिनको पार्टी र सरकारको नेतृत्व गर्ने प्रचण्ड ओलीलाई गलाएर माधव कुमार नेपाल र झलनाथ खनालको गुटलाई साथमा लिएर अघि वढे किमार्थ उहाँलाई नेपाली जनताले पत्याउने छैन ।


७० जना सांसदहरु जे जनतासँग प्रत्यक्ष रुपमा जोडिनु भएको छ । उहाँहरुले दुबै अध्यक्षलाई मिलाउन र एकतालाई अझै मजबूत बनाउन हस्ताक्षर अभियानमा जुटनु भएको छ । साह्रै नै सराहनीय कदम उहाँहरुको रहेको छ । फुटको पीडा कस्तो हुन्छ ? यो प्रश्न यसतवेला डा. बाबुराम भट्टराइलाई सोधेपछि थाहा हुन्छ । डा. भट्टराइपनि नेकपाको पक्षमा नै हुनुहुन्थ्यो । तर उहाँलाई त्यतिवेला इन्ट्री हुन नदिन प्रचण्डले पनि प्रयास नगरेकै हो । नारायणकाजीलाई गोर्खामा चुनाव लडाएर लडाउने बाबुरामलाई नेकपमा आउन नदिने रणनीतिकार खोज्ने हो भने यसको डिजाइनर पनि प्रचण्ड नै हो । एउटै नेकपाको जेट विमानको पाइलट कोठामा बसेर ओलीको कार्य क्षमता, अडान र दृष्टिकोण बुझिसकेपछि एक्लैले धाका दिएर १ नम्बरको पाइलटबाट हटान नसकिने ठम्याएर माधव कुमार नेपाल झलनाथ खनाललाई समेत साथमा लिएर ऐना देखाउने काममा उहाँ लाग्नु भएको सहजै घटनाक्रमले पुष्टि गरिरहेको छ ।
अस्थिरता द्वन्द्वमा खेल्ने सबैलाई धाका दिएर तीन दशक अध्यक्ष हुँदै आइरहनु भएको प्रचण्ड चतुर्य राजनीति खेलाडी त हो नै यसपटक उहाँलाई महाचतुर्य खेलाडीसँग संघर्ष गर्दा पसीना पसीना हुनु भएकै हो । उहाँ चतुर्य राजनीतिक खेलाडी र नेतृत्वकर्ता भएकोमा हामी गर्व नै गर्छौ तर आफ्नै घरभित्र यति चतुर्यताले घर विग्रिन्छ, स्वभिमान ढलिन्छ भने हेक्का राख्न पनि जरुरी छ । नेपालको इतिहासमा भारतीय हस्तक्षेपको विरुद्धमा कुनै प्रधानमन्त्रीले यसरी फेस टु फेस सामना गरेको थिएन । प्रधानमन्त्री ओलीले पदमा रहेर त्यो सहास देखाउनुभयो ।


कम्युनिष्टहरु राष्ट्रियता र जनजीविकाका पक्षमा काम गर्ने पार्टी हो । उहाँले राष्ट्रियताको पक्षमा चटानी अडान लिइरहेकै समयमा स्थायी कमिटिको बैठकमा शिर्ष नेताहरुले राजीनमा माग्नु भारतलाई खुसी पार्नु र नेपालको सव्भिमानलाई गिराउनु हो । तसर्थ राजीनमा यहलेको माग हुँदै होइन, अहिले त एकता गरेर राष्ट्रियता ,कोरोना संकटबाट निकास र जनजीविकाको पक्षमा काम गर्न पार्टी र सरकार एक भएर अघि वढनुपर्ने हो । हुँदै नभएको गाइजात्रा पार्टी भित्र चलाएर विचारको लडाइको हावाला दिएर बालुवाटारतिर नजर गाडेको हरेक नेपाली जनतालाई थाहा छ । पार्टीका उच्च तहका नेताहरुबाट सार्वजसनक भइरहेको अभिव्यक्तिमा पार्टी जुनसुकै वेला पनि फुट्न सक्ने कडा र गैर जिम्मेवार अभिव्यक्तिलाई समर्थक जनताले कुनै पनि हालतमा साथ दिइने छैन । फुटको चक्रव्युह गुटको बैठकबाट सुरु भएको तथ्य सबैले बुझिरहेका छन् । अवस्था यहि रहयो भने युवा पुस्ताले हस्तक्षेपकिारी भूमिका खेलेर नेतृत्व लिन तयार हुनुपर्छ । उमेरले डाडा काटिसकेको नेताहरुलाई सम्मान सहित वृद्धा भत्ता दिएर आराम गर्न व्यवस्था मिलाउनु पर्छ । तर फुटको संघारबाट पार्टीलाई जोगाई छाड्न हरेक तह तप्काका नेताहरु ग्ुटमा नगई मूल रुटमा रहेर अघि आउन जरुरी छ ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A