जितिया पर्व मनाउन प्रदेश स्तरीय विदाको माग थारु समुदाय र अन्य समुदायमा जितिया पर्व मनाउने विधिमा फरक

  • असोज २०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी

लहान,असोज २० गते ।

मधेश प्रदेशमा जितियापर्व मनाउन प्रदेश स्तरीय सार्वजानिक विदा हुनेपर्ने मधेशी समुदायका अगुवाहरुले माग गरेका छन् । मधेशका कुनै खास जातिको पर्वको रुपमा मात्रै सीमित नभएर साझा पर्वको रुपमा मनाउने गरेकोले सार्वजानिक विदा हुनुपर्ने माग उठिरहेको छ ।

आश्विन महिनाको कृष्ण अष्ठमीमा मनाउने जितिया पर्व तराई मधेशका जिल्लाहरुमा सन्तानको सुस्वास्थ्य र दीर्घ जीवनको लागि २४ घण्टा उपवास गरेर मनाउने यो पर्व मधेशमा रहेका थारु, दलित ब्रम्हण लगायत सबै समुदायको महिलाले कठोर उपवास बसेर मनाउँदै आइरहेका छन् ।

यस पर्वलाई मधेश प्रदेश सरकारले महत्व नदिइनु चिन्ताको विषय भएको पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पदम नारायण चौधरीले बताउनुभयो ।उहाँको अनुसार जितिया पर्व थारु समुदाय विशेष रुपले मनाएपनि अन्य समुदायमा पनि यो पर्व परापूर्वकालदेखि मनाउँदै आइरहेको छ ।

jitiya parbma pradesh stariya bida mag news.photo 2

मधेश प्रदेशसभाको सदनमा आफू आउने बैठकमा जितिया पर्वको अवसरमा किन मधेश प्रदेश सरकारले सार्वजानिक विदा नदिएको भने विषयमा जोडदार माग उठाउने प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘थारु समुदाय र मधेशका अन्य समुदायहरुले मनाइने जितिया पर्वका केहि भिन्ता भएपनि तराई मधेशको साझा पर्वलाई कम महत्व दिइनु उचित होइन ।'

 थारु समुदायका महिलाहरु विवाह भएपछि ‘सुइध’को साइत परेपछि जितिया पर्व गर्न थाल्छन भने थारु बाहेकका मधेशी समुदायका महिलाहरु सन्तान हुर्केर ठूलो भएपछि जितिया पर्व गर्न योग्य हुने चलन रहेको धनगढीमाइ नगरपालिका उपप्रमुख संगीता चौधरीले अनुभव साट्नुभयो । थारु समुदायमा सासुरा बसेकी दिदी बहिनीहरुलाई दुई चार दिन अघि गएर सासुराबाट माइती आउन निमन्त्रणा गर्नेपर्ने, माइतीमा जितिया पर्व मनाउन आएका सखी बहिनहरुसँग भेटघाट हुने भएकोले माइती मिलन पर्वको रुपमा पनि जितियापर्वलाई लिइने गर्दछ ।

उपवास बस्ने दिनभन्दा एकदिन अगाबै पोखरी नदी तथा तालमा स्नान गरेर स्नान गर्ने पोखरीमा नै घिरौलाको पातमा माटो खली मिसाएर राख्ने धानको च्युरा सखर दहि राखेर पूजा गरेर उपवास बस्ने दिनभन्दा अघिको राती तिन बजेदेखि पाँच बजेको समयमा माछा भात अनिवार्य रुपमा खाएर ओठघन मनाउँछ भने थारु बाहेकका मधेशी समुदायले माछा कोदोको रोटी भात दाल तरकारी विहान सूर्य उदय हुनुभन्दा अगाडि नै खाने गर्दछ । अठमीको दिन उपवास बसेर नमीको दिन जितिया पर्व विसर्जन गर्ने गर्दछ । त्यस दिनलाई जितियाको पारण भन्ने गर्दछ ।

थारु समुदायमा जितिया पर्वको उठान गर्न सुइधको साइत मिलेपछि भर्खरै विवाह भएका महिलाहरु जितिया पर्व गर्न पाउने साइत जुर्ने गर्दछ । सुइध साइतको लागि न्हा खाँ गर्ने दिन शनिबार र उपवास पर्ने दिन आइतबार परेको वर्षलाई सुइध साइतको वर्षको रुपमा लिने गर्दछ । थारु समुदाय बाहेकका मधेशी महिलाहरु छोरा छोरी पाँच दस वर्षको भएपछि जितिया पर्वको उठान गर्ने चलन रहेको छ । शङकर पार्वतीको सम्वादमा सन्तानको सुस्वास्थ्य, सङकट निवारण र दीर्घ जीवनको लागि महिलाहरुले के गर्नुपर्ने प्रश्नको जवाफमा शङकर भगवानले जितमहानको ब्रत गर्नाले सन्तानको दीर्घ आयु र सङकटबाट जोगिने सकिने कथा सुनाएपछि जितिया पर्व गर्न थालेको धार्मिक मान्यता रहँदै आएको छ ।

जितिया पर्व मधेशको साझा पर्व रहेकोले यसलाई धार्मिक विधि अनुसार मनाउन महिला पुरुष दुबैको सहभागिता अनिवार्य देखिएकोले यस पर्वमा अनिवार्य प्रदेश स्तरीय विदा दिनुपर्ने सिरहा जिल्लाबाट मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले माग गर्दै आउने वर्षदेखि जितिया पर्वको अवसरमा प्रदेश स्तरीय विदा दिनुपर्ने साझा धारणा व्यक्त गर्नुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A