समाचार

    Showing १६१-१७० of ८८४ items.
  • करिब सात किलो चाँदीसहित एक पक्राउ

    बनेपा, २५ असोज । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • १९८ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • २४६ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

    काठमाण्डौ, २५ असोज २०८० । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • ३८३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान -५ माओवादी अभियानमा उत्साहजनक सहभागिता

      जीवछ उदासी  लहान,असोज २४  'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-५ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ ।  अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो ।  नेता मण्डलले भन्नुभयो,'माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक छ ।

    • प्रकाशित मितिः आश्विन २४, २०८०
    • ५६० पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानन्त्री प्रचण्ड सरकार चलाउन सकेन, अब सरकार छोड्नु पर्‍यो : नेता कोईराला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् । उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरूले सम्हाल्न नसक्ने दाबी गरेका छन् । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उन

    • प्रकाशित मितिः आश्विन २०, २०८०
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • बझाङमा पुनः ५.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

    • प्रकाशित मितिः आश्विन २०, २०८०
    • २२३ पटक पढिएको
    • समृद्धिपथ
  • जितिया पर्व मनाउन प्रदेश स्तरीय विदाको माग

      जीवछ उदासी लहान,असोज २० गते । मधेश प्रदेशमा जितियापर्व मनाउन प्रदेश स्तरीय सार्वजानिक विदा हुनेपर्ने मधेशी समुदायका अगुवाहरुले माग गरेका छन् । मधेशका कुनै खास जातिको पर्वको रुपमा मात्रै सीमित नभएर साझा पर्वको रुपमा मनाउने गरेकोले सार्वजानिक विदा हुनुपर्ने माग उठिरहेको छ । आश्विन महिनाको कृष्ण अष्ठमीमा मनाउने जितिया पर्व तराई मधेशका जिल्लाहरुमा सन्तानको सुस्वास्थ्य र दीर्घ जीवनको लागि २४ घण्टा उपवास गरेर मनाउने यो पर्व मधेशमा रहेका थारु, दलित ब्रम्हण लगायत सबै समुदायको महिलाले कठोर उपवास बसेर मनाउँदै आइरहेका छन् । यस पर्वलाई मधेश प्रदेश सरकारले महत्व नदिइनु चिन्ताको विषय भएको पूर्वम

    • प्रकाशित मितिः आश्विन २०, २०८०
    • २६५ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार उद्योग ब्यापार संघद्वारा गल्ती स्विकार, अनुगमनकारी र व्यवसायी बीच सहमति

    सुरेश राय, सिरहा । सिरहाको गोलबजारमा हिजो बुधबार अनुगमनका क्रममा भएको विवाद सहमतिमा टुंगिएको छ । अनुगमनटोली र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा सहमती भएको हो । बजार अनुगमन गर्ने क्रम्मा अनुगमनकारी र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा दुई पक्षबिच बर्तामा सहमती भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पान्डेले जान्कारी दिनुभयो । यता, घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादबले भने, दुई पक्ष बिच भएको बर्तामा उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष बिजय साहले आफुहरुबाट गल्ती भएको भन्दै गल्ती स्विकार गरेपछी सहमती भएको जनाए । प्रमु

    • प्रकाशित मितिः आश्विन १८, २०८०
    • ४१४ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले ल्यायो चाडपर्वको अफर, आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट

    काठमाडौँ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भ

    • प्रकाशित मितिः आश्विन १८, २०८०
    • ३९७ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

    लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ। गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो । महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्र

    • प्रकाशित मितिः आश्विन १८, २०८०
    • ४६० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A