संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड (फोटोफिचर)

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी

बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ३२औं जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्रमिक लिने गायिकामध्येकी एक हुन् ।

नेहाका भाइ टोनी कक्कडले मुम्बई मिररसँगको कुराकानीमा नेहा अहिले पनि आफ्नो जन्मदिनका लागि बच्चा झैं खुसी हुने बताएका थिए ।

maxresdefault

टोनीले भनेका थिए, ‘वाल्यकालदेखि अहिलेसम्म, हाम्रो जीवनमा थुप्रै कुरा परिवर्तन भएको छ नेहा उपहार र जन्मदिनका लागि सधैं उत्साहित हुने गर्छिन् ।’

टोनीका अनुसार वाल्यकालमा उनीहरु ऋषिकेशमा बस्दथे । त्यहाँ निकै जन्मदिनको निकै साधारण पार्टी हुने गर्दथ्यो । उनकी आमाले छोराछोरीको जन्मदिनमा कम्तीमा एउटा केक र पेस्ट्रीको व्यवस्था गर्ने गर्थिन्  ।

नेहा कक्कड र उनका भाइ बहिनीको संघर्षको कहानी थुप्रैपटक सार्वजनिक भइसकेको छ । भारतीय सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने नेहाका बुवाले स्कूल बाहिर समोसा बेच्दथे जसका कारण नेहालाई उनका साथीहरुले निकै जिस्काउने गर्दथे ।

neha-and-tony_qhQ0iAfrr7

नेहा र उनकी बहिनी मन्दिरमा आरतीका लागि हुने भजनमा गाउने गर्दथे । टोनीका अनुसार सोनू र नेहाले यो अवस्थासम्म आइपुग्नका लागि अत्यधिक मिहिनेत गरेका छन् ।

सन् २००८–०९ मा नेहा मुम्बई आएको र इन्डियन आइडलमा भाग लिएपछि उनको जीवनशैली अत्यधिक परिवर्तन भएको टोनीले बताए ।

neha-kakkar-and-famliy_lIg8DG136r

नेहाले राम्रो काम पाउन थालेपछि उनको परिवारले मुम्बईमा आफ्नो अपार्टमेन्ट खरिद गरेको थियो । केहि दिनअघि नेहाले ऋषिकेशमा आफ्नो घर खरिद गरेकी छिन् र भाडाको घरमा बस्दा कति समस्यामा सामना गर्नुपरेको बारे पनि उनी कुरा गर्छिन् ।

Dghn1GdWAAEB5XK

neha k

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A