एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु

  • असार १४, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ । जसकाकारण सुटिङ सुरु हुन थालेको छ ।

एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर निया शर्मासहितको टिमले सुटिङ सुरु गरेका थिए ।

लामो समयपछि सेटमा पुगेका लिड कलाकार निया शर्मा निकै खुसी भएकी थिइन् । केही कलाकारले इन्स्टाग्राम एकाउन्टमा सुटिङका केही तस्बिरहरू सेयरसमेत गरेका छन् । जसले कलाकारलाई उत्साहित बनाएको देखिन्छ । कतिपयले त्रास अझै कायम रहेको बताएका छन् । केहीले तीन महिनापछि सुटिङमा जान पाएकोमा खुसी व्यक्त गरेका छन् । सेटका केही तस्बिर तथा भिडियो सार्वजनिक भएको छ । जसमा सामाजिक दूरीसमेत कायम गरिएको देखिन्छ । डाइरेक्टर रञ्जनकुमार खुसी देखिएका छन् ।

नागिन–४ को पुरै टिमले फेस सिल्ड, मास्क र पीपीई किट्स प्रयोग गरेको रञ्जन कुमारले बताएका छन् । नियाका साथ रहेका सो लिड एक्टर वीजयेन्द्र कुमेरिया पनि सुटिङमा उपस्थित थिए ।

लकडाउनका कारण टेलिभिजन सोहरूमा लामो ग्याप भएको छ । कतिपय सो अफ एयर हुने चर्चासमेत चल्न थालेको छ । यसैबीच एकता कपुरले नागिन–४ को क्याइमेक्स एपिसोड सुट गरेर नयाँ सिजन सुरु गरेकी हुन् । एक अन्तर्वार्तामा एकताले भनेकी छन्, ‘सिजन–४ को अन्तिम एपिसोड समाप्त भएपछि सिजन–५ टेलिकास्ट गरिनेछ । जसमा दर्शकले धेरै नयाँ कुरा हेर्न पाउनेछन् ।’

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A