कमेडियन भारती सिंह र उनका श्रीमान् पक्राउ, घरमै भेटियो लागुऔषध गाँजा

  • मंसिर ८, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । प्रहरीले कमेडियन भारती सिंह र उनका श्रीमान्लाई पक्राउ गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ ।

भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई आइतबार गिरफ्तार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ ।

लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिनेत्री थपिएकी छन् । मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शनिरबार हास्य अभिनेत्री भारती सिंहलाई लागूऔषधको कारण गिरफ्तार ग¥यो ।

भारती र उनका श्रीमान् हर्ष घर र कार्यालयमा सो ब्युरोले शनिबार छापा मारेको थियो । सुराकीको आधारमा यसरी छापा मार्दा उनीहरूको घरबाट लागूऔषध र नसालु औषध भेटिएको सो ब्युरो र प्रहरीले जनाएको छ । लागूऔषधको बिक्रीवितरण गर्ने गिरोहलाई पक्राउपछि गरिएको अनुसन्धानमा भारती सिंह पनि उनीहरूको ग्रहक भएको पुष्टि भएपछि आफूहरूले छापा मारेको नार्कोटिक्स कन्ट्रोल ब्युरोका पदाधिकारीले बताएका छन् ।

छापापछि उनीहरूलाई प्रहरीले पत्र काटेर कब्जामा लिएको थियो । उनीहरूरू आफैं ब्युरोमा आउने भनेपछि प्रहरीले गिरफ्तारपछि कागज गराएको शनिबार छाडेको थियो । उनीहले ब्युरोमा पुगेर बयान दिएको र गल्ती स्विकारेको सो ब्युरोले जनाएको छ ।

सोधपुछको क्रममा आफूहरूबाट गल्ती भएको भारती र उनका श्रीमानले बताएको पनि ब्युरोका पदाधिकारीको कथन छ । छापाको क्रममा गाँजा र अन्य नसालु पदार्थ भेटिएपछि आफूहरूले ती पदार्थ सेवन गरेको यी दुईले स्विकारेको पनि ब्युरोले जनाएको छ । भारतको घरमा केही मात्रामा र उनको कार्यालय (प्रोडक्सन अफिस)मा ८६ ग्राम गाँजा भेटिएको पनि सो ब्युरोले सञ्चारकर्मीलाई जानकारी गराएको छ । गाँजा आफ्नो भएको स्विकारेपछि भारती सिंहलाई गिरफ्तार गरेर अहिले हिरासतमा राखिएको छ । उनको श्रीमान्को सोधपुछ चलिरहेको पनि सो ब्युरोले जनाएको छ ।

बलिउड अभिनेताहरू सुशान्तसिंह राजपूतको मृत्युपछि उनीसँग विभिन्न कलाकारहरू लागूऔषधको सेवनमा रहेको र अभिनेत्री कंगना रनौतसहित विभिन्न कलाकारले यो खुलासा गरेपछि मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरोले कलाकारमाथि लागूऔषधबारे निगरानी बढाएको छ ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A