बलिउडका सात नयाँ फिल्म छिटै रिलिज हुँदै

  • मंसिर १७, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात वटा फिल्म यो डिसेम्बरमा रिलिज हुने भएका छन् ।

डिसेम्बरमा क्रिसमस, नयाँ वर्षलगायतका पर्व परेकाले पनि बलिउडका केही फिल्महरू यो महिना रिलिजको तयारी हुँदै छ । यसै क्रममा अभिनेता बरुण धवन र साराअली खानको निकै महत्वकाँक्षी फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई अमेजन प्राईमसँगै हलबाट पनि रिलिजको तयारी हुँदै छ ।

यस्तै ऋचा चड्डा, करिश्मा तन्नालगायतको मुख्य भूमिका रहेको नयाँ फिल्म लाहौर कन्फिडेन्सियल पनि यही डिसेम्बरमा सिनेमा हलमा रिलिज हुने भएको छ । यो फिल्मलाई सिनेमा हलसँगै जि पाँच डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिने भएको छ ।
यो पनि पढ्नुहोस ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

यस्तै भूमि पेडनेकरलगायतको मुख्य भूमिका रहेको फिल्म दुर्गामती पनि यही डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई सिनेमा हल र डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिएको छ ।

डिसेम्बरमै नयाँ फिल्म टोरबाज पनि रिलिज हुने भएको छ । यो फिल्ममा अभिनेता सँजय दत्त मुख्य भूमिकामा छन् । डिजिटल प्लेटफर्म नेटफ्लिक्सबाट रिलिज हुने यो फिल्मलाई हलबाट पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ । यी सहित अन्य केही नयाँ फिल्महरू यो डिसेम्बर महिनामा भारतीय सिनेमा हलसँगै डिजिटल प्लेटफर्ममा रिलिज हुने भएका छन् ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A